मिस्टर नर्थ ईस्ट इण्डिया बेञ्जामिन घर आइपुगे

Share this news

पेशोक, 4 जनवरी(निसं): रङ्गली-रङ्गलीयट खण्ड् अधीनस्थ रहेको लामाहट्टा ग्राम पञ्चायतको लामाहट्टा निवासी बेञ्जामिन सुब्बा असमको गुवाहाटीमा सम्पन्न भएको मिस्टर नर्थ-ईस्ट इंडिया-2025  सिजन-8  को ग्राण्ड् फिनालेमा फर्स्ट रनर अप बनेका छन्।  उक्त जानकारी तक्दाह-ग्लेनबर्न समष्टि  अंतर्गत लामाहट्टा खण्ड समितिका सचिव शील कुमार प्रधानले गराएका छन्। फर्स्ट रनर अप सुब्बा शुक्रबार लामाहट्टा आइपुगेका छन भने हिजो नै सुब्बालाई लामाहट्टा खण्ड समितिका पदाधिकारीवर्गको साथमा सुब्बाका आमा नीतू सुब्बा आदिले स्वागत गर्दै गृह प्रवेश गराएका थिए भने गृह प्रवेशको अघि सुब्बालाई स्थानीय एक रिसोर्टमा केही वेर विश्राम गराइएको थियो जहांँ खण्ड समितिको पक्षबाट एक प्रेस बयान जारी गर्दै दार्जीलिग पहाडको प्रतिनिधिको रुपमा सहभागी बन्न पुगेका बेञ्जामिन सुब्बालाई बधाई एवं शुभकामना व्यक्त गरिएको बताएका छन भने रनर अप सुब्बालाई जीटीए प्रमुख कार्यपाल अनित थापाले हरसम्भव सहयोग दिने वचन दिएको खण्ड समितिका सचिव शील कुमार प्रधानले जानकारी गराएका छन्। गत 29 दिसम्बरको दिन असमको गुवाहाटीमा स्पार्क इभेन्ट ग्रुपका सिइओ रिजु मिल्लरको पहलमा आयोजना गरिएको मिस्टर नर्थ-ईस्ट इंडिया- 2025 को ग्राण्ड् फिनाले सम्पन्न भएको थियो।  उक्त ग्राण्ड फिनॉलेमा 19 जाना पुरुष प्रतियोगीहरु मध्ये बेञ्जामिन सुब्बा पहिलो रनर अप बने भने खरसाङका कुनसाङ्ग लेप्चा प्रथम बनेको प्रथम रनर अप बेजामिन सुब्बाले हिमालय दर्पणलाई जनाएका छन् ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ