मेगिटारमा नव वर्ष आरम्भ उत्सव कार्यक्रम सप्पन्न 

Share this news

बिजनबारी, 3 जवरी(निसं): ग्रामीण पर्यटनहरुलाई आकार्षित गराउँदै मेगिटारलाई पर्यटन मानचित्रमा अधि लैजाने प्रमुख उदेश्यको साथमा नयाँनोर अनि कैजले ग्रामको शिरमा अवस्थित दार्जीलिङको एक प्रतिष्ठित पर्यटक स्थल मेगिटारमा विगत वर्ष झैँ यस वर्ष पनि नयाँ वर्ष २०२६ लाई स्वागत गर्दै नव वर्ष आरम्भ उत्सव-को नाममा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरियो। स्थानीय मेगिटार परिसरमा बिहीबार सम्पन्न कार्यक्रममा भागोप्रमो पुल- बिजनबारी गोक समष्टि महासचिव विनय सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने कार्यक्रममा क्षेत्रका गन्यमान्य व्यक्तिसँगै सर्वसाधारणहरूको विशेष रूपमा उपस्थिति रहेको थियो। दुई चरणमा भएको कार्यक्रमको मुख्य आकर्षक नेपालबाट ल्याइएका अतिथि कलाकारहरूको प्रस्तुति थियो भने कार्यक्रमको पहिलो चरणमा विभिन्न जातीय झाँकीहरूसँगैं नवोदित कलाकारहरूको प्रस्तुति रहेको थियोे जसमा राई, लिम्बू, गुरूङ, मगर, खस, थामी, लेप्चा लगायतको जातीय नाच प्रमुख रूपमा रहेको थियो, यसका साथमा विभिन्न जातीय झाँकीहरूलाई पनि मञ्च प्रदान गरिएको थियो।पर्यटन क्षेत्रलाई अझ सुदृड बनाउँदै उक्त पर्यटकीय क्षेत्रमा नयाँ वर्ष आरम्भ उत्सव लगातार पाँच सालसम्म उक्त समितिले गर्दै आइरहेको पनि विशेष ज्ञात गरिन्छ। स्थानीय मानिसहरूको भीडसँगै कार्यक्रममा विभिन्न कलाकारहरूले आ-आफ्नो  प्रस्तुत गरेका थिए। साथै कलाकारहरूलाई आयोजक समितिको पक्षबाट सम्मान गरियो।हाम्रो प्रमुख उदेश्य केवल मनोरञ्जन मात्रै नभएर मेगीटारलाई दार्जीलिङ पहाडकै उत्कृष्ट पर्यटक स्थलको सुचीमा सामेल गराउने हो, यसैले आफ्नै बलबुतामा तथा क्षेत्रवासीको सहयोगमा कार्यक्रम गर्दै आएको आयोजक कमिटीको सभापति राजु चाम्लिङले बताए। साथमा यस प्राकृतिक रूपमा सुन्दर रहेको मेगिटारलाई माया गरिदिने सर्वसाधारणलाई अपील उनले गरे। यद्यपि आफुहरूको कोशिस मात्रै यथेष्ट नभएकोले सरकारी निकायहरूले पनि ध्यान गरिदिने अनुरोध समेत उनले गरे। यसरीनै मेगिटारको माध्यमबाट स्थानीय नवोदित कलाकारहरू सगैं जातीय संस्कार तथा संस्कृतिको संरक्षण गर्न सकिएको कमिटीका प्रमुख सल्लाहकार शिव शेरमा सुब्बाले बताए साथमा आफुहरू मेगिटारमा एक दिन पहाडको मात्रै नभएर देशकै एक उत्कृष्ट पर्यटन स्थल बनाउनेतर्फ कम्बर कसेको उनले बताए। अर्कोतिर, आफुहरूले क्षेत्रीय सरकारलाई यस पर्यटन स्थलबारेमा पुर्णत जानकारी गराईसकेको तथा रहल पुर्वाधार बिकासको कामहरूमा आफुहरुले काम गर्ने भएकोले मेगिटारको भविष्य भोलिको दिनमा साँच्चै उज्ज्वल रहेको प्रमुख अतिथि विनय सुब्बाले बताए। याद रहोस्, दार्जीलिङ शहरदेखि लगभग पचास किलोमिटर दुरी तथा कैजले तथा नयाँ नोर ग्रामको शिरमा स्थिति मेगिटार प्राकृतिक रूपमा सुन्दर तथा एक रमणीय पर्यटन स्थल हो भने यहाँबाट वरिपरिनै सिक्किम दार्जीलिङ लगायतको क्षेत्रहरू सगैं हिमालयको सुन्दर अवलोकन गर्न सकिन्छ। यस्तै बिजनबारी भेगको होमस्टेहरुमा आएका पर्यटनहरु घुम्ने प्रमुख स्थानहरुमा एक हो। यसैले यस क्षेत्रलाई थप विकसित बनाउने उदेश्यले विगत केहि सालदेखि मेगिटार इको टुरिज्म कमिटीको आयोजनामा नव वर्ष आरम्भ उत्सवको नाममा बृहत सास्कृतिक कार्यक्रम हुने गर्दछ।यस्तै क्षेत्रलाई सगरक्षण गर्नहेतु मेगिटार इको टुरिज्म कमिटी तथा लेण्डलुजर कमिटीको नाममा एक संस्थाको निर्माण गरिएको छ भने यसलाई सरकारद्वारा मान्यता प्राप्त भइसकेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ