मालीधुरामा शुकराज छेत्रीलाई निर्माणधिन घर हस्तान्तरण एवं गृह प्रवेश 

Share this news

दार्जीलिङ,1 जनवरी(निसं): तक्दाह-ग्लेनबर्ण समष्टि अन्तर्गत रहेको सिंग्रीताम खण्ड्को मालीधुरा निवासी शुअराज छेत्रीलाई उनको घर निर्माण समाप्त पश्चात् गृह हस्तान्तरण गरिनुका साथै सपरिवारलाई गृह प्रवेश गराइएको जानकारी समष्टि महासचिव सुशोभित गुरुङ अनि सिंग्रीताम ग्राम पञ्चायत सदष्य धिरज राईले दिएका छन् । भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका संस्थापक अध्यक्ष अनित थापाको निर्देशमा भागोप्रमो तक्दाह-ग्लेनबर्ण समष्टिको सहयोग अनि खण्ड समितिको श्रमदान मार्फत निर्माण गरिएको जानकारी गराउदै विगतमा पनि उपेन्द्र गुरुङ, टेकबहादुर बि० के०, अनि कौशल्या गुरुङ आदिको पनि घर निर्माण पछि गृह हस्तान्तरण पछि हिजो उक्त शुकराज राईको चौथो गृह प्रवेश रहेको बताएका छन् ।
 उक्त गृह प्रवेश वा गृह हस्तान्तरणको अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय  महासचिव एवं जीटीए मुख्य सल्लाहकार अमर लामा, एमओडी सभासद प्रणाम रसाईली, समष्टि पर्यवेक्षक विज्ञान मिश्र, समष्टि महासचिव सुशोभित गुरुङ, उपाध्यक्ष एस पाल्जर, प्रभाकर गुरुङको साथमा सल्लाहकार पदम गुरुङ, मानेडाँडा ग्राम पञ्चायत प्रधान, वार्ड सदष्य/सदष्याहरु, मानेडाँडा खण्ड समिति अध्यक्ष विजय थुलुङ, जीटीए अल्पसंख्यक मुख्य सल्लाहकार रमेश गुरुङ, लगायत अन्यान्य व्यक्ति विशेषको उपस्थिति रहेको थियो। घर निर्माण गरिएको बारे शुकराज छेत्रीले जीटीए प्रमुख कार्यपाल अनित थापा प्रति आभार व्यक्त गरेका छन् भनी महासचिव गुरुङले जनाएका छन् ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ