सडक निर्माणको प्रतिक्षामा साकार हुने संकेत 

Share this news

 मजुवा, 28 दिसम्बर(निसं): सडकको सर्वेक्षण भएपछि गाउँले पक्का सडक निर्माणको प्रतिक्षामा रहेकोछ। विभागीय सहअभियान्त बवित छेत्री, ठेकेदार ढेन्डुप एण्डसन्स कम्पनीका ढेण्डुप भोटिया, इञ्जिनियर विबेश दाहालको विषेश उपस्थितिमा डब्ल्यूबीएसआरडीए अन्तर्गत पीएमजीएसवाई विभागबाट गरिएको यस सर्वेक्षणमा मजुवा ग्रामको आरूबोटेदेखि अप्पर आरूबोटे, कालोपानी भएर भीरगाउँ कालीखोला थुम्केसम्मको यो सर्वे लगभग साँढे 7 किलोमिटर रहेको छ छ भनी विभागको जानकारी छ। जानकारी अनुसार, आरूबोटे क्लस्टर भवनदेखि सिङ्गबुङ्ग डेरा प्राथमिक पाठशाला हुदै भीरगाउँ निम्नोच्च विद्यालय नजिक भएर कालीखोला थुम्के प्राथमिक पाठशालादेखि केही अघि जिरोसम्मको उक्त सडक पीएमजीएसवाई-द्वारा निर्माण हुने निश्चित भएको स्थानीय दिनेस राईको टोलीले जनाएका छन्।
 दार्जीलिङ-पुलबजार खण्ड विकास अधीनस्थ तथा सुके-मानेभञ्ज्याङ समष्टि अन्तर्गत मजुवा ग्रामको माथिल्लो क्षेत्र अप्पर आरूबोटे, बतासे,भीरगाउँ, थुम्के वासीहरू विगत लामो समयदेखि सडकको प्रतिक्षामा रहेको यी अभेग क्षेत्रवासी भुक्तभोगी जनताहरूले विभिन्न समस्याहरूको सामना गर्दै आइरहेको यस क्षेत्रमा बाटोघाटोको उचित व्यवस्था नहुनु नै विकासदेखि पछाडिएको स्थानीय वासीहरूको तितो अनुभव छ। तथापि यो बाटो सर्वेक्षण भएपछि पक्का सडक निर्माण हुने कुरामा क्षेत्रका जनताहरूले भरोसा गरेको बताएको छ। मजुवा ग्राम क्षेत्रका यी सबै ग्रामीण इलाकाहरूमा उत्पादन हुने खेतिपाती, साग-सब्जी,आपत-विपत्त आदिको बजार व्यवस्था तथा यातायात आदि सुधार्न सकिने पूर्ण भरोसा गरेका छन्। यसैगरी उक्त सडक निर्माणले स्थानीय वासीहरूलाई ग्राम पञ्चायत कार्यालय, खण्ड विकास कार्यालय पुल-बिजनबारी संगै नेपाल, सिक्किमसम्मको यातायातमा सहज सुविधा हुनसक्ने यस अभेग क्षेत्रकाे निम्ति नितान्त जरूरी उक्त बाटोलाई सम्बन्धित विभाग तथा सरकार पक्षबाट चाँडै स्विकृत गरिदिए भुक्तभोगी जनताहरूको कल्याण हुने क्षेत्र वासीहरूले आग्रह गरेका छन्।गत 25 दिसम्बरदेखि लगातार 2 दिनसम्म भएको सर्वेक्षणमा ठेकेदार भोटिया, विभागिय सहअभियान्त छेत्री लगायत इञ्जिनियर बिबेस दाहाल, दिग्विजय सरकार अनि अविजित कविराज सँगै स्थानीयहरू दिपक खालिङ, मानधोज राई, दिनेस राई लगायत स्थानीय जनसाधरण धेरैको सहभागी रहेको जानकारी इशाक राईले दिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ