रेलिङ, 28 दिसम्बर (निसं): रेलिङ पाखा गाउँमा हाम्रो गाउँ, हाम्रो समाधान,आपास कार्यको आधार शिला राखियो। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको पहलमा राज्यव्यापी रूपमा हाम्रो गाउँ , हाम्रो समाधान (आपास)-को कार्य युद्धस्तरमा चलिरहेको छ। यसै क्रममा दार्जीलिङ- पुलबजार खण्डको रेलिङ ग्राम पञ्चायत अधिनस्त पाखा गाउँमा हाम्रो गाउँ , हाम्रो समाधान( आपास) कार्यको आधारशिला राखिएको छ। उक्त आधार शिला पाखा गाउँ वार्ड नम्बर 5 मा निज वार्ड सदस्य तथा ग्राम पञ्चायतका उपप्रधान एनडी राईको वार्डमा मिलन समाजको समाज घरको आधारशिला ग्राम पञ्चायतका प्रधान सारिका राईको बहुलीबाट राखिएको छ।
आजको आधार शिला कार्यक्रममा ग्राम पञ्चायतका प्रधान सारिका राई , उपप्रधान एनडी राई , ग्राम सचिव मणिइजम सुब्बा आदिको विशेष उपस्थिति रहेको थियोे । आधार शिलापछि पत्रकारहरूलाई सम्बोधन गर्दै ग्राम पञ्चायतका उपप्रधान एनडी राईले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी , जीटीए अध्यक्ष अनित थापा अनि क्षेत्रीय सभासद सतिश पोखरेल प्रति आभार प्रकट गरेका छन्।












