घरिघरि जुवारी खेल्नु नपरोस निस्कासित वार्ड सदस्यको प्रतिक्रिया

Share this news

दार्जीलिङ,28 दिसम्बर(निसं):बिख र बिखुमा छुटाउने जनमानस सचेत भइसकेको छ भनी बताउँदै पार्टीबाट निस्कासन भएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(भागोप्रमो) नेता तथा रेलिङ-कैजले समष्टिको कैजले ग्राम पञ्चायतको वार्ड नम्बर 3 – निवासी वार्ड सदस्य दोर्जी तामाङ उर्फ रूपक चन्द्र तामाङले बताउदै भनेका छन्, रेलिङ- कैंजले समष्टिमा किंगकोब्रा बसेको ठाउँमा गन्याउलाले छोएको जस्तै हो।पार्टी विरोधी  काम गरेको भन्दै प्रजातान्त्रिक मोर्चा पार्टीबाट निस्कासित गरेकोबारे दोर्जी तामाङले आफ्नो स्पष्टिकरण दिएका छन्। भनेका छन्, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा विरोधी काम गरेकोमा निष्कासित गरिएको कैंजले ग्राम पञ्चायत वार्ड नम्बर 3 का सदस्य दोर्जी तामाङ भने, ठेकेदारहरूबाट कमिशन मागेको आरोप लगाएर पार्टीबाट 3 महिनाको निम्ति निस्कासित गरेको भन्दै, आग्रह गर्छु, रेलिङ-कैंजले समष्टिमा किंगकोब्रा बसेको ठाउँमा गन्याउलाले छोएको जस्तै हो यो कुरा। समष्टिभरि नै मुना र मदन ठेकेदारहरू भएपछि उनीहरूको अगाडी पर्सन्टेज माँग्नु भनेको अजिङ्गरको अघाडी खैनि माड्दै बस्नु बराबर हो। यो एउटा कुरा सत्य हो, मेरो पञ्चायती व्यवस्थामा अनुसार हाम्रो हाउसको सबै मेम्बरहरू राखेर हामीलाई दिइएको अधिकार अनुसार यहाँ निर्माण हुँदै गरेको सडकको देखरेख गर्नेहरूलाई भाईहरू काम राम्रो हुनुपर्छ। घरिघरि भइरहने कुरा होइन यसैले बाटोको निर्माण स्तरिय गर्नुपर्छ भन्ने कुरा मैले राखेको थिएँ। तर मैले कमिशन मागेको छुइन। यदि मागेको हो भने ति भाईहरूले गवाही दिनु पर्छ। बिख र बिखुमा छुटाउने जनमानसमा  सचेत भइसकेको छ। रेलिङ-कैजले समष्टिको कैँजले ग्राम पञ्चायत अधिनस्त वार्ड नम्बर 3 निवासी वार्ड सदस्य दोर्जी तामाङ  (रूपक चन्द्र तामाङ)-लाई पार्टी विरोधी काम गरिएको भन्दै पार्टीबाट निष्कासित गरिएको खबरहरू प्रचारप्रसार भएको 24 घण्टा नबित्दै दोर्जी तामाङले आफ्नो गुनासो राख्दै सभासद सतिश पोख्रेलले दुईपटक सभासद भइसकेका छन् तर वार्ड नम्बर 3 मा केही विकास नभएको र म सदस्य भएर मैले धेरै विकासको काम गरेको छु। मेरो गाउँलाई नसम्झेर कैजले ग्राम पञ्चायत कार्यालयलाई केही गर्नु पर्छ भन्ने सोचेर काम गरिरहेको बताउदै उनी मेरो दाज्यु, एकजना परिपक्क राजनितिज्ञ म साधारण मान्छे तर यो सोसियल मिडियामा घरिघरि जुवारी खेल्नु नपरोस भन्ने अपिल गरेको छ।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

आजको रोजाइ