ज्ञानेन्द्र खतिवड़ालाई बद्रीनारायण प्रधान पुरस्कारले अलङ्करण गरिने 

Share this news

वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ालाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार-२०२६ अर्पण गरिने निर्णय लिइएको छ। बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा बिहीवार बाग्राकोटमा बसेको बैठकमा सर्वसम्मतिले खतिवड़ाको नामलाई अनुमोदित गरेको हो। आगामी १८ जनवरी, २०२६ का दिन बाग्राकोट, डुवर्समा आयोजन हुने ९८ औँ बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोहमा सालबारी निवासी वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवड़ालाई पुरस्कारद्वारा अलङ्कृत गरिनेछ। प्रसिद्ध साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा सन् २०१० मा गठित बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले सन् २०१२ देखि नेपाली साहित्यका समर्पित साधकलाई प्रत्येक वर्ष यो पुरस्कार अर्पण गर्दै आएको छ। पुरस्कारमा स्मृति-चिन्ह, अङ्ग-वस्त्र र नगद राशि सम्मिलित रहनेछन्। २५ दिसम्बर, १९५४ मा सुकना नजिक सालबारीमा माता यशोधा घिमिरे अनि पिता जयप्रसाद खतिवड़ाको कोखमा जन्म लिएका ज्ञानेन्द्र खतिवड़ाले आफ्नो प्राथमिक शिक्षा दार्जीलिङस्थित स्कट मिशन स्कूल (सिङमारी फाटक स्कूल)-मा पूरा गरी म्युनिसिपल बोयज हाई स्कूलबाट स्कूल फाइनल गरेका हुन्।

त्यसपछि उनले प्राइभेटबाट पी.यू. (प्रि युनिभर्सिटी) र बी.ए. पास गरे। सन् १९८७-८८ मा उनले दार्जीलिङस्थित रामकृष्ण बी.एड. कलेजबाट बी.एड. गरी शिक्षकका लागि आवश्यक तालिम पूरा गरे। उनले सन् १९८४ मा उत्तर बङ्गाल विश्वविद्यालयबाट नेपालीमा रेगुलर एम.ए. पनि गरे। दुई वर्ष नेपालको इलाममा छँदा सन् १९७३ मा उनको पहिलो कविता ‘देवकोटा’ शीर्षकमा ‘सौगात’ पत्रिकामा छापिएको थियो। इलाममा छँदा नै उनले ‘थुँगा’ पत्रिकाको पनि सम्पादन गरे। त्यसपछि सिलगढ़ीमा शिक्षण पेशा अप्नाएपछि लगभग ३७ वर्ष यसै पेशामा आफूलाई समर्पित गरे। प्रसिद्ध साहित्यकार, चिन्तक एवं अध्येता दान खालिङद्वारा सिलगढ़ीको प्रधाननगरमा स्थापित डा. आइबी थापा उच्चतर माध्यमिक विद्यालयमा उनले सन् १९७८ देखि २०१५ सम्म शिक्षणकार्य गरे। दान खालिङको सान्निध्यले उनको लेखनलाई प्रोत्साहन प्राप्त भयो।

गहन अध्ययन, चिन्तनसँगै सिर्जनालाई सार्विकता र गुणात्मकताको मार्गमा डोहोऱ्याउन सधैँ प्रयासरत रहने कवि खतिवड़ाका दुइवटा काव्यकृति प्रकाशित छन्- ‘खस्नै लागेको उज्यालोमा’ (सन् १९९५) र ‘ऐना अघिल्तिर’ (सन् २०२३)। पहिलो कृति नृहार प्रकाशन गृह, काठमाडौँले प्रकाशित गरेको हो भने दोस्रो कृति बुक आन्ट, सिलगढ़ीबाट प्रकाशित छ। पछिल्ला पाँच दशकदेखि लेखन र अध्ययनमा सक्रिय खतिवड़ाका कथाहरू ‘समकालीन’, ‘कादम्बरी’ सहित थुप्रै स्तरीय पत्रिकाहरूमा प्रकाशित छन्। उनको कथा सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ। एक निबन्धकारका रूपमा पनि उनको परिचय छ।

उनी एक चिन्तनशील सर्जकका रूपमा नेपाली साहित्यमा परिचित छन्। समवयसी र युवा सर्जकहरूलाई सिर्जनात्मक काममा हातेमालो र प्रोत्साहित गर्दै अघि बढ्नमा उनी विशेष रूपले तल्लीन रहन्छन्। सालबारी क्षेत्रमा विशिष्ट साहित्यकारहरूको स्तरीय मञ्च ‘शब्द समय’ गठनमा खतिवड़ाको नेतृत्वदायी भूमिका रहेको छ, जुन मञ्चले २०१३ देखि मासिक रूपमा साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कोरोनाकालमा समेत यो मञ्चले आफ्नो कार्यक्रम जारी राखेको थियो। ‘शब्द समय’-ले जनवरी २०२६ मा आफ्नो १५० औँ प्रकरण आयोजन गर्दैछ। नेपाली साहित्यका एक विशिष्ट साधकलाई १५औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गर्न पाउँदा बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान गौरवबोध गर्दछ। यस सुखद् अवसरमा सर्जक ज्ञानेन्द्र खतिवड़ाप्रति हार्दिक वधाइ अर्पण गर्दै बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, डुवर्सका सचिव, रूपेश शर्माले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ