खरसाङको आदिम नाम कुरसोङ- दवामित लेप्चा

Share this news

खरसाङ,  (निसं)ः इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशन (इल्टा) खरसाङ महकुमा कार्यकारिणी समिति सदस्य दावामित लेप्चाले खरसाङ्को आदिम र असली नाम कुरसोङ हो भनी बताएका छन्‌‍। तिनले एक विज्ञप्तिमा दावी गर्दै भनेकी छन्‌‍, यस स्थानमा सेतो सुनाखरी प्रसस्त पाइने र पर्याप्त फुल्ने भएको कारण लेप्चाहरूले यस स्थानको नाम कुरसोङ राखेका हुन्‌‍, यसको शब्दार्थ सुनखरी हो। खरसाङलाई कतिपयले कर्सेओंङ, कुर्सियोङ, कर्सियाङ्को नामले उच्चारण गर्छन्‌‍।

जब ब्रिटिश इण्डिया कम्पनीले यो भूमिलाई अधिग्रहण गरे तब यो अति महत्वपूर्ण भूमिलाई जान्ने प्रयास तिनीहरूले गरे तबसम्म यस स्थानको नाम “कुरसोङ” भनेर लेप्चाहरूले उनीहरूलाई परिचय गराएका थिए। कुरसोङ रीप नै यो स्थानको आकर्षनीय वस्तुपरक नाम थियो र हो। कुरसोङ रीप भनेको सेतो सुनखरी हो, आजसम्म मनपराउनेहरूले यो फूललाई आफ्नो परिवेशमा जतन गरेर राख्ने गरेका छन्‌‍। परिचय अधि बढ़्‌‍दै जांँदा यसको सुगन्ध र मुग्धताले ह्वाइट् अर्किडले जानिन थालियो। यस कुुरसोङ अर्थात्‌‍ ह्वाइट् अर्किडको क्षेत्र चिया कमान, रेलवे लाइन अनि सड़क मार्गले निमिट्यान्न पारे पनि कुरसोङ धोबीखोलाको माथिल्लो भाग ल्याम्प पोस्ट माथिको भागमा अम्बके, क्यामुना, तारपीन र लाप्चे काउलोको रूखमा लटरम्म फुल्थ्यो र अझ पनि फुल्छ। ओल्ड मिलिटेरी रोड तथा डाउहील रोड चढ़ने उकालो सड़क, बाटो, धर्मशाला अनि ब्लुमफिल्ड लाईब्रेरीको माथिल्लो भागदेखि कुरसोङ कलेज महाविद्यालयको परिसरमा पर्याप्त सुनखरी फूल फुल्थ्यो, जसलाई लेप्चाहरूले कुरसोङ रीप भन्थे।

तिनले अघि भनेका छन्‌‍, ब्रिटिश कालीन शब्द उच्चारणको अपभ्रंशले आज आएर यति विकट स्थिति सृजना भइसकेको छ, खरसाङ, कर्सेओंङ, कुर्सियोङ, कर्सियाङ इत्यादि विकृत शब्दले यस स्थानलाई सम्बोधन गरिन्छ, जसले कुनै अर्थ बोकेको हुंँदैन। यसरी अनर्थ शब्द प्रयोगले यहांँको पहिचान मेटिएर जान कति बेर लाग्दैन। कतिपय ब्याङ्कहरूमा कुर्सीओङ लिखित टोकन दिइन्छ। सनादालाई अपभ्रंश पारेर आज सोनादा अथवा सुनदह भन्छन्‌‍, यस्ता उदाहरण धेरै छन्‌‍। कुरसोङ महकुमा एक विशाल जन समुहको विकासशील क्षेत्र हो, जहाँ सामाजिक महत्वकांक्षा, सांस्कृतिक परिदृश्यको संकेत झल्किन्छन्‌‍, यसर्थ यो एक जन सरोकारको विषय हो। यस ऐतिहासिक तथ्यांकमाथि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने सजग महानुभावहरूको उपस्थिति अनिवार्य छ।

तिनले हिमालय दर्पणको उल्लेख गर्दै भनेकी छिन्‌‍, 22 दिसम्बरको दिन हिमालय दर्पणमा प्रकाशित दार्जीलिङ जिल्ला अन्तर्गत खरसाङ्को वास्तविक नाम र जनमानसको अन्योलताबारे प्रकाश पार्दै लापारवाहीसित कसैले कर्सेओंग, कुर्सियोङ, कुर्सियाङ अनि खारसाङ लेखिएको बारे जनमानसको सचेतना जगाउनलाई समचारको निम्ति हिमालय दर्पणलाई धन्यवाद दिन्छौँ। हिमालय दर्पणले औलाएको त्रुटीप्रति अवश्य पनि शिक्षित तथा सरोकारवाला र सम्बन्धितहरूको विवेकको दृष्टिकोण निश्चय पर्नेछ तथा अधिकारीहरूले अवश्य पनि ध्यान दिनेछन्‌‍ भन्ने मेरो पनि अनुरोध छ।

तिनले पहाड़का विभिन्न स्थान लेप्चा भाषामा रहेको दावी गर्दै भनेकी छन्‌‍, कुनै पनि देश, ठाउँ वा स्थान आदिको नामकरणको पछि कुनै न कुनै प्राकृतिक, कुनै लोक कथा, कुनै घटना, किंवदन्ती अनि इतिहास अवश्यनै रहेको हुन्छ, त्यसरीनै यस पहाड़ी भेक सिक्किम, दार्जीलिङ कालेबुङ आज विभिन्न जातिहरू बसोबास गरिरहेता पनि लेप्चा जातिलाई यहाँको सबैभन्दा आदिम जाति मानिन्छ, यसैले वर्तमान पहाड़की रानी भनेर प्रशिद्धि पाएकी दार्जीलिङ, कालेबुङ जिल्ला अर्तगत्‌‍का महकुमा खरसाङ, मिरिक अनि सिलगढ़ीका ठाउँहरूका मौलिक नाम लेप्चा भाषामानै राखिएका थिए भन्ने इतिहास र लोककथा साक्षी छन्‌‍। हिमालयदेखि तराई, पूर्वमा भुटानदेखि पश्चिममा नेपाल सिमासम्मका प्रत्येक गाउँ, ठाउँ, पहाड़ पर्वत, वन-जंगल, खोलानाला, भीर-पहरा, झील-झरना, तीर्थस्थल आदिले लेप्चा बुनियादी नामहरू बोकि बांँचिरहेका हामी पाउंँछौ। यी स्थानहरूको मौलिक नामकरणको तथ्याङ्कबारे किंवदन्तीमा मात्र सिमित नभएर लेप्चा खालेन अर्थात्‌‍ मुन्धुममा वर्णित पवित्र नामहरू हुन्‌‍। यहाँको ऐतिहासिक तथ्यांकबारे यी स्थानहरूका सही नामहरूको मुल्यांकन हुनैपर्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ