कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

Share this news

खरसाङ,  (निसं)ः जीटीए चिफ अनित थापाको सहयोग, खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पा अनि गाउँलेहरूको पहलमा र प्रयासमा कटलेरी रोड (फादर वेरी रोड) को पूलको निर्माण कार्य आरम्भ भएको हो भनी बताइएको छ।
खरसाङ नगरपालिकाको वार्ड न0 3 अन्तर्गत रहेको कटलेरी रोड (फादर वेरी रोड) को सन्त अल्फनसेस प्राइमेरी स्कूल नजिकको पुल वर्षाकालमा पुल नजिकै पैह्रो गएकोले क्षतिग्रस्त बनेको थियो। पुलको छेवैमा पैह्रो गएको रोडको मरम्मती गरिएको भए तापनि पुलको मरम्मती अहिलेसम्म भएको थिएन। वर्षाकालमा पुल छेवैमा सड़क पैह्रोले लगेकोले पुलमुनिको भाग भासिएर जोखिमपूर्ण बनेको थियो। पुल भत्किएर हुन सक्ने जोखिमलाई ध्यानमा राखेर यसलाई नयाँ निर्माण गर्नको निम्ति पूर्ण रुपमा भत्काइएको थियो।
यो सड़कमा पुल नभएपछि धेरै समयदेखि यतायत बन्द भएको थियो। यान-वाहनको निम्ति सड़क बन्द भएपछि सन्त जोसेफ प्राइमेरी स्कूल, सन्त अल्फन्सेस प्राइमेरी स्कूल अनि अन्य विभिन्न विद्यालयहरूमा अध्ययनको निम्ति जाने विद्यार्थी, वार्ड न0 2, 3, 4 का मानिसहरूले समस्याको सामना गर्न परिरहेका थिए।
भत्काइएको पुलको स्थानमा एउटा बाँसको फड़के निर्माण गरिएको थियो भने यसै फड़केबाट कटलेरीको खोल्सा तरेर विद्यार्थी अनि स्थानीय मानिसहरू आउ-जाउ गरिरहेका थिए।
यो सड़क सन्त अल्फन्सेस उच्चतर माध्यमिक विद्यालयदेखि देवीस्थान नजिक डाउहिल रोडमा जोड़िएको छ। सन्त अल्फन्सेस उच्चतर माध्यमिक विद्यालय नजिकबाट कटलेरी पाखा, सन्त अल्फन्सेस प्राइमेरी स्कूल, माथिल्लो डुमाराम, सन्त जोसेफ प्राइमेरी स्कूल, ल्याम्पपोष्ट हुँदै डाउहिल रोडमा निस्कने यो सड़क एउटा महत्वपूर्ण सड़क हो।
सोमवार 28 न0 खरसाङ शहर चिम्नी देवराली समष्टि को सभासद्‌‍ श्याम शेर्पाले सिचाई विभागका अभियन्ता जितु दर्नाल, सहअभियन्ता सुनिता लामा, नर्बु शेर्पा अनि अन्य कर्मचारीहरूलाई लिएर पुल निर्माण कार्यको निरीक्षण पनि गरे।
निरीक्षण पछि सभासद्‌‍ शेर्पाले बताए अनुसार अंग्रेज शासन कालमा निर्मित यो पुल अनि सड़कले उक्त क्षेत्रका मानिसहरूलाई धेरै सुविधा प्रदान गरेको थियो, गत वर्षाकालमा उक्त पुल नजिकको सड़क पैह्रोले लगेपछि पूल रहेको स्थानमा पनि भासिएको थियो। पुल रहेको जमिन भासिएको र पुल धेरै पुरानो भएकोले पुलमाथि गाड़ी कुदाउनु धेरै जोखमपूर्ण बनेको थियो। यसैले यस रोडमा गाड़ी कुदानु बन्द गरिएको थियो अनि नयाँ पुल निर्माण गर्न भनी जीर्ण पुल भत्काइएको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा वार्ड न03 का प्रतिनिधिहरूले पुल निर्माणको निम्ति लगातार प्रयास गरिरहेका थिए। तिनले भने, म आफैले पनि विभागीय कार्यमाथि निरन्तरता दिदै कार्य गरिरहेको थिएँ। यसरी सबैको प्रयास र पहलपछि पुलको निर्माण कार्य आरम्भ भएको छ। जीटीए चिफ अनित थापाले पुल निर्माणको निम्ति स्वीकृति प्रदान गरिदिएकोमा क्षेत्रवासीको तर्फबाट धन्यवाद दिन्छौँ।
सभासद्‌‍ श्याम शेर्पाको साथमा भागोप्रमो वार्ड न0 3 का सभापति प्रणित, सदस्य अशोक लामा, नारी शक्ति वार्ड न03 की समन्वयक डिम्पल लामा, झुमा राणा लेप्चा, करुणा प्रधान अनि अन्यान्यको उपस्थिति रहेको थियो। उपस्थित सबैले पुल निर्मणको कार्य शुरु गरिएकोमा हर्ष प्रक्ट गर्दै जीटीए चिफ अनित थापा अनि क्षेत्रीय सभासद्‌‍ श्याम शेर्पाप्रति धन्यवाद प्रकट गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ