मजुवा ग्राम भेगमा पोली हाउस निर्माण कार्य धमाधम

Share this news

मजुवा, 24 दिसम्बर(निसं): मजुवा ग्रामको प्रयासमा तथा बागबानी विभागबाट वितरण गरिएको पोली हाउस निर्माण कार्य केही ढिलो भएपनि धमाधम भइरहेको छ। गत वर्षहरू जस्तै यस वर्षपनि मजुवा ग्रामको प्रयासमा क्षेत्रका कृषकहरूलाई बागबानी विभागबाट 96 वटा पोली हाउसका सामाग्रीहरू प्रदान गरिएको थियो। तथापि धेरै मात्रामा निर्माण कार्य पूर्ण भइसकेको छ। तथा निर्माण कार्य हालमा पनि धमाधम भइरहेको छ भने त्यो पोली हाउस निर्माण गर्नैपर्ने हो त्यसैले न बनाउनेहरूले बनाउने काम चाँडै शुरू गरिदिने मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वङ्दी लेप्चाले आग्रह गरेको छ। उनले जानकारी दिए अनुसार हालसम्म लगभग 2 सय 50 वटा भन्दा धेरै पोली हाउसका सामाग्रीहरू विभागबाट प्रदान गरिसकेको छ। मजुवा ग्राम सम्पूर्ण भेग नै कृषि उत्पादन तथा ग्रामीण क्षेत्र रहेको कारण हामी कृषि उत्पादन गरेर नै जीविकोपार्जन गर्दछौं, यसैले हामीलाई सरकारी सहायताको खाँचो पर्ने जनाउदै मजुवा ग्राम क्षेत्रलाई जैविक खेति उत्पादन क्षेत्र घोषितको निम्ति पनि काम भइरहेको उनले जनाए। वास्तवमा हाम्रो मजुवा ग्राम क्षेत्रले अघिदेखि नै प्रायः जैविक रूपमा काम गर्दै आइरहेको तर विभागीय तौरमा पनि प्रमाणित हुनुपर्ने बताए। खेति उत्पादन र बजार व्यवस्था ठीक हुन नसकेको कारण नै किसानहरू खेतिपाती देखि निराश बनिरहेको छ। यसैले सरकार तथा विभागबाट पाइने सहुलियतहरू सठीक रूपमा प्राप्त गर्न सके खेतिपाती गरेर पनि जीवन धान्न सकिन्छ भन्ने भरोसा स्थानीय कृषकहरू कहाँ रहेको छ। खेतिपाती गर्ने प्रणाली र मलजल आदि भर्मिक कम्पोष्ट उत्पादन जस्तो विषयमा प्रशिक्षणको व्यवस्था हुनु पनि नितान्त जरूरी रहेको कृषकहरूले बताएकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ