पेशोकमा तीन दिने आधार लिङ्क शिविरमा भीड 

Share this news

पेशोक: 24 डिसेम्बर(निसं):अहिले आधार कार्ड प्रत्येक कामकाजमा नभई नहुने भएकोछ। हरेक कार्यमा आधार कार्डको अनिवार्य देखिएको छ भने आधार कार्डमा आफ्नो मोबाईल नम्बर पनि अनिवार्य रुपमा लिङ्क गरिएको हुन पर्ने भनिएको कारण नै हरेक मानिसहरु मोबाईल नम्वर लिङ्क गर्न अतुर देखिन्छ । उक्त मोबाईल नम्बर आधार कार्डमा लिङ्क गरिने कार्यको शिविर  पेशोकमा भईरहेको छ। आधार कार्डमा मोबाईल नम्वर लिंक गरिने कार्यको आज दोस्रो दिन पनि भानिसहरुको भीड़ यथावत देखिएको छ भने विद्यार्थी नानीहरु देखि लिएर वरिष्ठ मानिसहरु पनि आफ्नो पालो पर्खेर लाईनमा उभिएका  थिए। शिविराको दोस्रो दिन पनि मानिसहरुको भीड़ त्यति नै देखियो।  चियाबगान सञ्चालनमा राहदा चिया श्रमिकहरुको निम्ति भनेर पनि यस प्रकारको आधार शिविर आयोजना गरिए तापनि यति धेरै मानिसहरुको मोबाईल नम्वर लिंक गर्न बांकी नै भएको कारण दोस्रो पनि भीड़ लागेको हुन सकने मानिसहरुको मत रहेको छ।

मंगलबार शिविरको दोस्रो दिन पनि मानिसहरुको भीड़ रहेकोछ। बुधबार शिविरको अन्तिम दिन भनिए तापनि मानिसहरूको सुविधालाई हेरेर शिविरको अवधि बडाउन सकिने तकड़ाह पोस्ट अफिसका एसपीएम नीमा योञ्जनले जनाएका छन्।भारतीय डाक विभागद्वारा आयोजना गरिएको यो आधार लिङ्क शिविरमा आम मानिसहरुको हितार्थ भारतीय डाकद्वारा भविष्य निधि, बीमा पलिसी, जमा पलिसी आदिबारे जानकारी गराइनुका साथै बीमा पनि गराइएको छ।  यसबारे आईपीपीबी कालेबुङका प्रबन्धक केसाङ्ग ल्हमु शेर्पाले जनाएकी छिन्। यता तकड़ाह पोस्ट अफिसका एसपीएम नीमा योजनाले हिजो देखि शुरू भएको शिविरमा आधार कार्डमा मोबाईल नामवर लिङ्क, ठेगाना परिवर्तन, संसोधन आदि आदि कार्यहरु  गरेको जानकारी दिए। ससाना नानीहरुको नयाँ आधार कार्ड बनाउने ,फोटो अपडेट आदि पनि गरिने बताए साथै नया बनाउनको निम्ति जन्म प्रमाण-पत्र अनिवार्य रुपमा लिएर आउँनु पर्ने  एसपीएम योञ्जनले थप जनाए। एसपीएम योञ्जनले आधार शिविर आयोजना गर्न भरपुर सहयोग गरिएकोमा विनय घिसिङ, विक्की थापा प्रति आभार व्यक्त गरे भने शिविर बुधबार पनि जारी रहने जानकारी गराउदै यसरी नै मानिसहरुको भीड भए शिविरको अवधिलाई बडाउन सकिने जनाए ।


Share this news
आजको रोजाइ
सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा