रेलिङमा नि:शुल्क स्वास्थ्य जाँच शिविर  सम्पन्न 

Share this news

रेलिङ, 24 दिसम्बर (निसं): रेलिङमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। आज रेलिङ युनाइटेड एसोसिएशन-को मुख्य आयोजनामा तथा कालेबुङ दृष्टि फाउन्डेसनको सहयोगमा नि:शुल्क रूपमा स्वस्थ्य जाँच शिविर सम्पन्न गरियो।  स्थानीय रेलिङ निम्न बुनियादी पाठशाला भवनमा भएको शिविरमा कालेबुङ दृष्टि फाउण्डेशन सभापति डा अब्दुल हक , सचिव कल्पना छेत्री, जनरल फिजिशियन एमडी डा. डीके ब्यानर्जी, ल्याब टेक्नीशियन वाशिम अकरम , सदस्य मोहम्मद कमरूद्दीन  आदिको विशेष उपस्थिति रहेको थियोे ।
आजको शिविरमा आँखाका रोगीहरूले नि:शुल्क रूपमा आँखा जचाँए भने आवश्यक परेकाहरूले डाक्टरको परामर्श अनुसार शुलभ मुल्यमा चस्मा पनि लिएका छन। यसका साथै जनरल फिजिशियन डक्टारद्वारा रोगीहरूको रोग जाँच गरेर नि:शुल्क रूपमा दवाई प्रदान गरियो भने ल्याप टेक्नीशियन वाशिम अकरमद्वारा अत्याधुनिक मसिनको सहयोगमा शरीरमा भएका रोगीहरूको रोग हटाउन थेरेपी पनि गरियो । जसमा रक्त परीक्षण, सुगर परीक्षण, आँखा, हड्डी सम्बन्धि आदिको विशेष रूपमा परीक्षण गरिएको निशुल्क जाँच शिविरको फायदा धेरै जनसाधारणहरूले उठाएको जानकारी आयोजक समितिले दिएको छ।

Share this news
आजको रोजाइ
सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा