बिजनबारे-रेलिङ आडक 24 देखि 28 दिसम्बरसम्म बन्द 

Share this news

 रेलिङ, 23 दिसम्बर (निसं):रेलिङ रोडमा अहिलेघडी मर्मत कार्य युद्धस्तरमा चलिरहेको छ। उक्त मर्मत कार्यलाई ध्यानमा राख्दै आगामी 24 देखि 28 दिसम्बरसम्म रेलिङ रोडलाई पाँच दिनका निम्ति  बन्द राखिने भएको छ। उक्त विषयमा सोमबार पत्रकारहरूलाई सम्बोधन गर्दै रेलिङ ग्राम पञ्चायतका उप-प्रधान एनडी राईले भने, सडक मर्मत कार्यको समय धेरै मात्रामा वाहन चलाचल भएको कारण काम गर्न धेरै असुविधा भइरहेको गुनासो आएको छ। रेलिङ रोड त्यसै त सानो, त्यसमाथि उकालो अनि ठण्डा महिना भएकोले गर्दा अलकत्र सडकमा जमिन बढी समय लाग्ने भएको छ। विशेष लोवर रेलिङ साई मन्दिर गोलाईदेखि हनुमान मन्दिर लोवर रेलिङ न्यु रोड जाने रोडसम्म काम हुँदा चार दिनको निम्ति बाटो बन्द राखिने निर्णय लिएको हो भनी उनले बताए। बिजनबारी अनि दार्जीलिङ जानु परेको खण्डमा वैकल्पिक मार्गको रूपमा कैँजलेको सडकलाई प्रयोग गर्नुपर्नेछ। यद्यपि, रातिको समय बाटो बन्द रहेतापनि बिहानको समय छुट दिँदै 8 बजेसम्म बाटो खुल्ला रहनेछ, जसमा मालवाहक वाहनहरू छोडेर सानो वाहनहरू मात्र गुड्नु दिइनेछ । यदि, कोहि बिमारी भएर आपतकालीन बिजनबारी तथा दार्जीलिङ जान परेको खण्डमा छुट दिइनेछ । यसका साथै सबैले आफ्नो बाटो सम्झेर बन्द अवधि कसैले पनि वाहनहरू नचलाइ दिने राईले अपील गरेको छ।
 यो सडक हाम्रो हो,सबैले हाम्रो सोचेर संक्षरण गरिनुपर्छ भन्दै हाम्रो बाटो हाम्रो आवाजको पक्षबाट देवाशीष गुरूङले सबैलाई निवेदन गर्दै  बन्दको अवधि कसैले पनि वाहन नचलाईदिने अनुरोध गरे। सबै मालिक तथा चालक सङ्गठनका साथीभाईहरूले बन्दको पालन गर्देै वैकल्पिक मार्गको रूपमा कैँजलेको बाटोलाई प्रयोग गरिदिने उनले आग्रह  गरेको छ। उक्त बाटो बन्द विषय लिएर पुलिस प्रशासन अनि सम्बन्धित निकायलाई पनि चाँडै जानकारी गराउने  गुरूङले बताए।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ