बिजनबारी, 23 दिसम्बर (निसं): सोमबार बिजनबारी बजारमा भव्यताको साथमा प्री-क्रिशमस पालन गर्यो। पुलबजार- बिजनबारीका चर्चहरूको मुख्य आयोजनामा भएको कार्यक्रममा प्रमुख वाक्तका रूपमा पास्टर जेम्स सुब्बा उपस्थित थिए भने उनीबाहेक अतिथिहरूमा क्षेत्रीय सभासद भुपेन्द्र छेत्री, पुलबजार-बिजनबारी ग्राम पञ्चायतका प्रधान पदमा सुब्बा, योगेन्द्र राई, पुनम दर्नाल, बरिष्ट साहित्यकार मनप्रसाद सुब्बा, पहाडी तराई क्रिश्चियन माइनोरेटीका महासचिव पास्टर असीम राई , शिक्षक पुष्पमणि प्रधान लगायत छिमेकी राज्य सिक्किमबाट आएका अतिथि कलाकारहरूमा सन्तोष बराइली, गुडविन आदिको विषेश उपस्थिति रहेको थियोे।
आजको कार्यक्रममा प्रमुख वक्त पास्टर जेम्स सुब्बाले आफ्नो विचार राख्दै भने, – प्रभु यीशुले यस धर्तीमा जन्म लिनु भयो, कसका लागि भन्दा हामी मानव जातिलाई बचाउनका लागि जन्म लिनु भएको थियोे। हामीले जिउदो हुँदा नै प्रभुलाई चिनोै, असल कर्म गराैँ। सत्यको बाटो हिडाैँ। हामी विवेकशील प्राणी हाैँ, त्यसैले गर्दा हामीले उहाँको महिमालाई बुझाैँ भनी उनले आशीर्वाद वचन राखेँ।
अमित सिङ्कोकद्वारा सञ्चालित कार्यक्रममा क्यारल गीत, भजन, नृत्य आदि प्रस्तुति गरिएको थियोे भने कार्यक्रममा विभिन्न व्यक्ति विषेशलाई सम्मान पनि जनाएको थियोे । स्थानीय बिजनबारी बजारस्थित टिनटिन कम्प्लेक्स नजिक भएको कार्यक्रममा विभिन्न चर्चहरूका अगुवा साथै ईसाई धर्मअनुयायीहरूले व्यापक रूपमा सहभागीता जनाएको जानकारी दिएको छ।











