Pathashree-Rastashree" Scheme: Scam and Analysis -
Pathashree-Rastashree" Scheme: Scam and Analysis -

प.ब. सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण –

Share this news

पश्चिम बंगाल सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण
–विनय तामाङ “जोजो”
दार्जीलिङ।

​पश्चिम बंगाल सरकारले राज्यका ग्रामीण र शहरी क्षेत्रहरूमा सडक पुर्वाधारको विकास र मर्मतका लागि पथश्री अभियान अनि पछिबाट पथश्री-रास्ताश्री योजना सन् २०२० देखि शुरु गरेको थियो। यस योजनाको प्राथमिक उद्देश्य राज्यभरका बिग्रिएका सडक खण्डहरूको मरमती गर्नको साथै नयाँ सडकहरू निर्माण गरी ग्रामीण तथा शहरी क्षेत्रहरूमा यातायात सम्पर्कलाई सुधार गर्नको निम्ति थियो। ​यी कार्यहरू समय-सीमाभित्र ‘मिशन मोड’ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
​ पथश्री अभियान अन्तर्गत राज्यभरिका करिब ७,००० भन्दा बढी सडक खण्डहरूमा लगभग १२,००० किलोमिटर मर्मत गर्ने घोषणा गरिएको थियो भने पछिबाट पथश्री-रास्ताश्री परियोजना अन्तर्गत ग्रामीण र शहरी क्षेत्रमा २०,००० किलोमिटर भन्दा बढी नयाँ सडकहरू निर्माण मर्मत गर्ने घोषणा गरिएको छ- जसमा ग्रामीण क्षेत्रमा १५,०११ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएको थियो अथवा छ। राज्यको ​बजेट: २०२४-२०२५ को पथश्री-रास्ताश्री परियोजनाका लागि राज्यको कोषबाट ८,४८७ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरिएको छ।
​ दार्जीलिङ पहाड़ी क्षेत्रहरूमा पथश्री योजना अन्तर्गत कति रकम वा कति किलोमिटर सडकका लागि विशिष्ट आवन्टन गरिएको छ भन्ने बारेमा ठोस र छुट्टै तथ्याङ्क आधिकारिक रूपमा सम्बन्धित विभागले कागत-पत्रमा सार्वजनिक रूपमा भने गरेका छैन अथवा उपलब्ध छैन- R.T.I. गरेपनि पाइन्न। ​यद्यपि,पश्चिम बंगाल सरकारले दार्जीलिङ जिल्लामा पथश्री परियोजना अन्तर्गत हालै भर्चुअल माध्यमबाट सडक निर्माण कार्यको शिलान्यास गरेपश्चात जानकारी अनुसार जसमा १५५ सडक निर्माण गर्ने कुरा उल्लेख गरिएको छ। दार्जीलिङ ​पहाडी क्षेत्रको विकासका लागि कोष – राज्य सरकारले दार्जीलिङ र कालेबुङ लगायतका पहाडी क्षेत्रमा ग्रामीण पूर्वाधार विकासका लागि १५औं वित्त आयोग अन्तर्गत २०० करोड रुपैयाँको कोष प्राप्त गर्ने अपेक्षा गरेको खबर पनि आएको थियो, जुन ग्रामीण सडक र अन्य विकास कार्यहरूमा खर्च हुनेछ भनिएको थियो। ​अन्तिम र आधिकारिक आवन्टन (Specific Allocation) मुताबिक दार्जीलिङ पहाडी क्षेत्रका लागि पथश्री योजनाको हालैको चरण अन्तर्गतको सटीक र अन्तिम आवन्टन रकम (Actual Final Allocation Amount) वा किलोमिटरको तथ्यांकका लागि तपाईंले पश्चिम बंगाल सरकारको ग्रामीण विकास तथा पञ्चायत विभागको आधिकारिक पोर्टल वा दार्जीलिङ जिल्ला प्रशासनको आधिकारिक वेबसाइट जाँच गर्न सर्वसाधारणले सक्नेछन् भन्ने कुराहरूपनि आइरहेको छ। किनकि कुनै पनि सरकारी योजनाहरूको जिल्ला स्तरीय विवरण सम्बन्धित निकायहरूले प्रकाशित गर्ने प्रावधान रहिआएको छ। दार्जीलिङ जिल्ला पथश्री योजना अन्तर्गत सडक निर्माणको हालैको तथ्यांक ​अनुसार दार्जीलिङ जिल्लाका लागि भएको सडक निर्माण र मर्मत सम्बन्धी केही पछिल्ला तथ्यांकहरूको जानकारी पश्चिम बंगाल सरकारको पथश्री-रास्ताश्री परियोजनाको घोषणा र कार्यान्वयनको प्रारम्भिक चरणहरूमा आधारित छन्। दार्जीलिङ यसमा पहाडी र तराई दुवै क्षेत्र समावेश छ। कुल प्रस्तावित सडकको संख्या १५५ सडक खण्ड यो पथश्री पहल अन्तर्गत दार्जीलिङ जिल्लामा निर्माण/मरमतका लागि प्रस्तावित सडकहरूको संख्या हो। प्रस्तावित कुल लम्बाइ ९९.३७ किलोमिटर यी १५५ सडक खण्डहरूको संयुक्त अनुमानित लम्बाइ रहेको छ। अनुमानित लागत लगभग रू° ६१.३० करोड यो दार्जीलिङ जिल्लामा यी सडकहरूको निर्माण कार्य पूरा गर्नका लागि अनुमानित गरिएको कुल लागत आधिकारिक सुत्रबाट भनिएको छ।
अब महत्वपुर्ण कुरा के छ भने, पश्चिम बङ्गालको पथश्री योजना अन्तर्गत सडक निर्माण तथा मर्मत ​२०२० मा शुरु भएको ‘पथश्री अभियान’ जुन पछिबाट ‘पथश्री-रास्ताश्री’ को रूपमा विस्तार भएपछि पश्चिम बङ्गाल राज्यभरि १२,००० किलोमिटर भन्दा बढी सडक निर्माण वा मर्मत गर्ने लक्ष्य राखिएको थियो। ​शुरूवातमा ७,००० भन्दा बढी सडक खण्डहरू मर्मत गर्ने जसमा कुल १२,००० किलोमिटर सडक समावेश थियो । यस योजना अन्तगर्त कति कार्य भए यसको कुनै आधिकारिक आँकड़ा सम्बन्धित विभागले आजसम्म दिनसकेका छैन। यस्तो स्थितिमा यसै महिना दिसम्बर,२०२५ मा यस योजनाको चौथो चरण अन्तर्गत २०,००० किलोमिटर भन्दा बढी नयाँ सडक निर्माण र स्तरोन्नति गर्ने घोषणा गरिएको छ, जसमा ग्रामीण क्षेत्रमा १५,०११ किलोमिटर र शहरी क्षेत्रमा ५,०१९ किलोमिटर सडक समावेश छ।
दार्जीलिङ पहाडी क्षेत्रहरूमा ‘पथश्री योजना’ अन्तर्गत २०२० देखि २०२५ सम्ममा कति किलोमिटर सडक निर्माण वा मर्मत भयो भन्नेबारे विशेष र सटीक तथ्यांक सार्वजनिक स्रोतहरूमा तत्कालै उपलब्ध गर्न सकिएको छैन। ​राज्य सरकारको योजना सामान्यतय: सबै जिल्लाहरूमा लागु हुन्छ तर दुःखको कुरो दार्जीलिङ पहाडी क्षेत्रका लागि भएको विशेष प्रगति वा उपलब्धिहरू बारे जिल्ला स्तरमा विस्तृत तथ्यांक भने प्राप्त गर्न सम्भव देखिएन।
पश्चिम बङ्गाल सरकार भारी ऋणग्रस्त भएको छ, साथै ऋणको आँकडा दिनप्रतै दिन लगातार बढ़ी नै रहेको छ । यसैले विभिन्न प्रतिवेदनहरूमा राज्यको वित्तीय अवस्था र ऋण व्यवस्थापनबारे चिन्ता विषय बन्न गएको छ। सरकारको २०२४-२५ को बजेट अनुमान अनुसार, राजस्व घाटा (Revenue Deficit) यसप्रकार छ। सकल राज्य घरेलू उत्पादन (GSDP) को प्रतिशतको रूपमा: १.७% ​रकमको रूपमा रू° ३१,९५२ करोड रहेको छ – यो अनुमानित घाटा २०२३-२४ को संशोधित अनुमान (१.७% GSDP) को लगभग बराबर रहेको छ तथापि रकमको हिसाबले २०२३-२४ को संशोधित अनुमानभन्दा रू° ३,६९९ करोड बढी रहेको अनुमान गरिएको छ। यद्यपि, २०२४-२५ को संशोधित अनुमान र २०२५-२६ को बजे अनुमानपनि उपलब्ध छन् – २०२४-२५ को संशोधित अनुमानमा २.४% GSDP को राजस्व घाटा रू° ४३,२६२ करोड़ अनि ​२०२५-२६ को बजेट अनुमान १.७% GSDP को राजस्व घाटा रू° ३५,३१५ करोड़ रहेको छ। साल २०२५ को सनदर्भमा पश्चिम बङ्गाल सरकारको ऋणको (कर्जा) बोझ निकै उच्च र बढ्दै गइरहेको छ। ​कुल बाँकी दायित्वहरू (Outstanding Liabilities) को एक प्रतिवेदन अनुसार, २०२५ मा पश्चिम बङ्गालको कुल बाँकी दायित्वहरू लगभग रू° ७.१४ लाख करोड रहेको छ।
गत ​मार्च २०२५ सम्म अनुमानित ऋण: राज्य वित्त विभागको तथ्याङ्क अनुसार, ३१ मार्च, २०२५ सम्म पश्चिम बङ्गालको कुल संचित ऋण रू° ६,९३,२३१.६६ करोड पुग्ने सम्भावना छ। ​GSDP को अनुपात (Debt-to-GSDP Ratio): २०२५-२६ को बजेट अनुमानमा ऋणलाई कूल राज्य घरेलु उत्पादन (GSDP) को ३६.८८% मा मुल्यांकन गरिएको थियो। यद्यपि, २०२४-२५ को संशोधित अनुमानहरूमा यो ४०% को नजिक भएको कुरापनि अघि आएको छ। नियन्त्रक एवं महालेखा परीक्षक (CAG) को चेतावनी: २०२५ मा जारी गरिएको सीएजीको एक प्रतिवेदनले पञ्जाबसँगै पश्चिम बङ्गालमाथि पनि भारी ऋणको बोझको चेतावनी दिएको थियो अनि भनिएको थियो कि राज्यले ऋण लिएको रकम सम्पत्ति सिर्जना गर्नुको सट्टा राजनैतिक लाभ उठाउन दैनिक खर्चहरूमा लगाम लगाइरहेको बताएको थियो। अब पश्चिम बङाल राज्यको यस्तो संकटमय वित्तीय (आर्थिक) स्थितिमा के पश्चिम बङाल सरकारले घोषणा गरिएको वा लागु गरिएको “पथश्री-रास्ताश्री” योजना लगायत अन्य योजनाहरूले जनता लाभाविन्त होला त ??? कि यो २०२६ को चुनावको निम्ति जनतालाई लट्टाउने Anesthesia Injection त मात्र हो ? अनेकानेक शंकाहरूको घेराभित्र परेको छ।।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ