India-South Africa 3rd T20: Probable playing 11, match timings and live streaming details

भारत-द. अफ्रिका तेस्रो टी-२०: सम्भावित प्लेइङ्ग-११, खेल समय र लाइभ स्ट्रिमिङ विवरण

Share this news

भारत र दक्षिण अफ्रिकाबीचको पाँच खेलको टी–२० शृङ्खलाको तेस्रो खेल आइतबार हिमाचल प्रदेश क्रिकेट सङ्घ (एचपीसीए) स्टेडियम, धर्मशालामा हुँदैछ। कटक र नयाँ चण्डीगढमा सम्पन्न पहिलो दुई खेलपछि शृङ्खला १–१ को बराबरीमा छ।
घरेलु टोली भारत तेस्रो खेल जित्दै शृङ्खलामा २–१ को अग्रता बनाउने लक्ष्यमा हुनेछ भने दक्षिण अफ्रिका घरेलु टोलीलाई दबाबमा पार्दै अर्को जित हासिल गर्ने प्रयासमा रहनेछ।
पहिलो टी–२० मा बलिङ्गमा उत्कृष्ट प्रदर्शन गरेको भारत दोस्रो खेलमा भने पूर्ण रूपमा लयबाहिर देखिएको थियो। तेस्रो खेलमा भारतले बलियो पुनरागमन गर्ने अपेक्षा गरिएको छ। यद्यपि दोस्रो खेलमा भारतीय ब्याटिङ्ग ठूलो चिन्ताको विषय बनेको थियो। विशेषगरी कप्तान सूर्यकुमार यादव र उपकप्तान शुभमन गिलको कमजोर प्रदर्शनले टोली व्यवस्थापनलाई सोच्न वाध्य बनाएको छ। आगामी वर्ष हुने आइसीसी टी–२० विश्वकप २०२६ लाई ध्यानमा राख्दै यी दुवै खेलाडीले छिट्टै फर्ममा फर्किनु आवश्यक देखिन्छ।
दक्षिण अफ्रिकाको कुरा गर्ने हो भने पहिलो खेलमा ब्याटिङ्ग ध्वस्त भएको प्रोटियाज टोलीले दोस्रो खेलमा जबरजस्त सुधार गर्दै भारतलाई तीनै कुरामा पछि पार्दै शृङ्खला बराबरीमा ल्याएको थियो। दक्षिण अफ्रिका धेरै प्रयोग नगरी आफ्नो सफल रणनीतिलाई निरन्तरता दिने सम्भावना छ।
टोली संयोजनका हिसाबले आइतबारको खेलका लागि दुवै टोलीले प्लेइङ–११ मा कुनै ठूलो वा बाध्यकारी परिवर्तन गर्ने सम्भावना कम देखिएको छ। भारतले भने नयाँ चण्डीगढमा भएको कमजोर प्रदर्शनपछि एक वा दुई परिवर्तन गर्न सक्ने आँकलन गरिएको छ।
खेल समय:
तेस्रो टी–२० खेल आइतबार साँझ ७:०० बजे (भारतीय समय) सुरु हुनेछ।


Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ