Awareness and Sensitization Program on Child Rights Act and Services

बालअधिकार ऐन र सेवामाथि जागरूकता र संवेदनशीलता कार्यक्रम

Share this news

बालअधिकार ऐन र सेवाहरू सम्बन्धमा जागरूकता र संवेदनशीलता कार्यक्रम, मिशन वात्सल्य योजना अन्तर्गत (महिला, बालबालिका, वरिष्ठ नागरिक र दिव्याङ्गजन कल्याण विभाग) जिल्ला बाल संरक्षण एकाइ (DCPU), सोरेङमा सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सोमबारिया, सोरेङ जिल्लामा आयोजन गरियो।
जिल्ला बाल संरक्षण एकाइ (DCPU), सोरेङले मिशन वात्सल्य योजना अन्तर्गत बालअधिकार ऐन र सेवाहरू सम्बन्धमा शिक्षक, अभिभावक, र सरोकारवालाबीच बाल संरक्षण प्रणालीको बुझाइ सुदृढ बनाउन उद्देश्यसहित जागरूकता र संवेदनशीलता कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमको शुभारम्भ श्रीमती मृदुला राई (DEO, DCPU) द्वारा न्यानो स्वागतसँगै भयो, जसले बालबालिकाहरूका लागि सुरक्षित र सहयोगी वातावरण सिर्जना गर्ने महत्त्वलाई जोड दिइन् र तिनीहरूको कल्याण सुनिश्चित गर्न सामूहिक जिम्मेवारीमा जोड दिइन्। त्यसपछि पिटर राई, जिल्ला बाल संरक्षण अधिकृत (DCPO) द्वारा सूचनापूर्ण ब्रीफिङ प्रस्तुत गरियो, जसले मिशन वात्सल्य योजना का उद्देश्यहरूको रूपरेखा दिँदै हेरचाह र संरक्षणको आवश्यकतामा रहेका बालबालिकाहरूका लागि उपलब्ध सेवाहरू र यसको प्रभावकारी कार्यान्वयनमा विद्यालय, परिवार र समुदायको महत्वपूर्ण भूमिकाबारे विस्तृत जानकारी दिएका थिए। श्रीमती टेक माया शर्माले, संरक्षण अधिकृत (IC) ले POCSO ऐन, २०१२ मा बोल्दै मुख्य प्रावधानहरू, अनिवार्य रिपोर्टिङ जिम्मेवारीहरू, र बालमैत्री संरक्षण प्रणालीहरूको व्याख्या गरिन्।
प्रकाश चन्द्र सुब्बा, सहायक श्रम आयुुक्त,ले बालश्रम सम्बन्धी कानुनहरूको अवलोकन, घटनाहरूको पहिचान, समयमै रिपोर्टिङ्गको महत्व प्रदान गरे र २००६ को बालविवाह निषेध ऐनबारे सचेतना सिर्जना गरे। श्रीमती अनुराग थापा, बालकल्याण समिति की अध्यक्ष, ले २०१५ को किशोर न्याय ऐन अनुसार बालकल्याण समिति र किशोर न्याय बोर्डका कार्यहरू विस्तृत रूपमा व्याख्या गरिन् र बालबालिकाको सुरक्षा र पुनर्स्थापनाको सुनिश्चिततामा शिक्षक, अभिभावक र संरक्षकहरूको जिम्मेवारीलाई औंल्याइन्। ठाकुर प्रसाद मिश्र, सुपरभाइजर CHLले चाइल्ड हेल्प लाइनको परिचय गराए, यसको महत्त्वलाई सुरक्षित बालबालिकाको वातावरण कायम राख्नका लागि सञ्चार र रिपोर्टिङ उपकरणको रूपमा प्रकाश पारे।
त्यसपछि, सोमबारे पुलीस चौकीका सब इन्स्पेक्टर किन्जाङ भुटियाले विद्यार्थीहरूको लागि सुरक्षा निर्देशिकाहरू साझा गरे र बालबालिकासँग सम्बन्धित अपराध रिपोर्ट गर्ने प्रक्रियाहरू व्याख्या गरे, सिक्किम एन्टी ड्रग्स एक्ट (SADA) 2006बारे जानकारी दिँदै प्रभावकारी बाल सुरक्षा सुनिश्चित गर्न सामुदायिक सहकार्यको महत्वमा जोड दिए। उक्त पहलको हिस्साको रूपमा, पिटर राई, DCPO,ले स्कूल प्रिन्सिपल र सब-इन्स्पेक्टरलाई स्कूल भित्र तथा सोमबारे पुलीस स्टेशनमा रिपोर्टिङ्ग मेकानिजमको दृश्यता बढाउनको लागि CHL नम्बर बोर्ड हस्तान्तरण गरे।
कार्यक्रमको अन्त्यमा सुश्री मृदुला राईले धन्यवाद ज्ञापन गरिन्, त्यसपछि सांगे डी. शेर्पा (GT आर्ट्स, स्कूल शिक्षक) ले समापन भाषण दिए, जसमा उनले कार्यक्रममा रहेको मूल्यको सराहना गरे र सहभागीहरूलाई विद्यार्थीहरूको कल्याणको लागि प्राप्त ज्ञान प्रयोग गर्न प्रोत्साहित गरे।


Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ