Syrians Mark One Year Since Damascus Power Shift With Massive Flag-Waving Celebration
Syrians Mark One Year Since Damascus Power Shift With Massive Flag-Waving Celebration

सिरियामा सत्ता परिवर्तनपछि एक वर्ष: वर्तमान अवस्था र आगामी दिशा

Share this news

दमास्कसमा सत्तापलटको एक वर्ष पूरा भएकाे अवसरमा राष्ट्रिय झन्डा बोकेर उत्सव मनाउन ठूलो भीड जम्मा भयो । यहाँ विगत एक वर्षदेखि हेलिकोप्टरबाट खसेको बम–बारुदले ज्यान जाने पीर छैन । निर्धक्क बाँच्न पाउनु आफैंमा एक उत्सव हो ।

• सिरियामा असद सत्ताको पतनपछि एक वर्ष बित्दा देश पुनर्निर्माण र शान्तिको प्रयासमा जुटेको छ, तर विभिन्न पक्षबीचको झडप र विगतका घाउ अझै बाँकी छन्।

• राष्ट्रपति अहमद अल साराको नेतृत्वमा नयाँ संविधान निर्माण र संक्रमणकालीन न्याय प्रक्रियामा काम भइरहेको छ, यद्यपि सबै समुदाय सन्तुष्ट छैनन्।

• अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार देखिए पनि आन्तरिक चुनौती, इजरायली हस्तक्षेप र आर्थिक पुनर्निर्माणका कठिनाइहरू सिरियाको भविष्यका लागि मुख्य चुनौती बनेका छन्।

ठिक एक वर्षअघि । ८ डिसेम्बर २०२४, विद्रोहीहरु मार्चपास गर्दै दमास्कसतर्फ अघि बढे । हायात तारिर अल साम (एचटिएस) समुहका अहमद अल साराले यस भीडको नेतृत्व गरेका थिए ।

राष्ट्रिय सेनासँग उनीहरुलाई रोक्नसक्ने सामथ्र्य नै थिएन । २७ नोभेम्बरमा इदलिबस्थित आधार इलाकाबाट एचटिएस विद्रोहीहरुले निर्णायक आन्दोलन थालेयता नै सेना रक्षात्मक हुँदै गएको थियो ।

एलिप्पोमा नोभेम्बरको अन्त्यमा असदको सत्ताले विद्रोहीहरुलाई कमजोर बनाउन विमानस्थल र मुख्य सडकहरु बन्द गरेर सर्च अपरेशन चलाउने असफल प्रयास गरेको थियो । तर, प्रतिरोधमा जनसागर ओर्लिएपछि सत्ताको दिनगन्ती सुरु भयो ।

अन्ततः होम्स हुँदै दमास्कसमा पुगेर विद्रोहीले विजयी झन्डा फर्फराए । ‘दुष्ट असद अपदस्थ भइसकेका छन्,’ विद्रोहीहरुले घोषणा गरे । आक्रोशित भीडले सोधिरहेको थियो : असद कहाँ छन् ?? त्यसको जवाफ उत्तर रुसी समाचार एजेन्सीले केहीबेरमै दियो । ‘बसर अल असद र उनको परिवार रुसमा सकुशल आइपुगेका छन् । रुस सरकारले उनीलाई शरण दिने निर्णय गरेको थियो ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ