Trump claims Zelensky is still not ready to sign the peace proposal

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

Share this news

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्ति वार्तामा हस्ताक्षर गर्न अनिच्छुक रहेको आरोप दोहोर्याएका छन्। मियामीमा तीन दिनसम्म चलेको अमेरिकी र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता शनिबार सकिएपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। ट्रम्पका अनुसार, रुस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले कूटनीतिक पहललाई तीव्र पारिरहे पनि जेलेन्स्कीले शान्ति प्रस्तावप्रति आवश्यक गम्भीरता नदेखाएको दाबी छ। आइतबार राति पत्रकारहरूसँग बोलेका उनले भने, “राष्ट्रपति जेलेन्स्कीले अझैसम्म प्रस्ताव पूरा रूपमा पढेका छैनन् भन्ने सुन्दा मलाई दुःख लाग्छ। उनका नागरिकहरू शान्तिको पक्षमा छन्, मेरो बुझाइमा रुस पनि वार्तामा रुचि राख्छ। तर जेलेन्स्की तयार भइसकेका छन् कि छैनन् भन्नेमा म आश्वस्त छैन।”

जेलेन्स्कीले भने अमेरिकाको प्रयासलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै शान्तिका लागि सहकार्य जारी रहने बताएका छन्। युक्रेन सधैं शान्तिमै अडिग रहेको र अमेरिकासँग मिलेर कूटनीतिक मार्ग खोज्ने बताए।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले व्हाइट हाउसले अघि सारेको शान्ति प्रस्तावलाई हालसम्म औपचारिक रूपमा स्वीकार गरेका छैनन्। गत सातामा उनले ट्रम्पको प्रस्ताव व्यावहारिक नभएको टिप्पणी गरेका थिए।

रुस र युक्रेनबीचको पछिल्लो वार्ता प्रयास पनि भूमी र सुरक्षा सम्बन्धी जटिलतामा अड्किएको छ। युद्धमा कब्जा गरिएका क्षेत्रहरू रुससँगै रहने उनीहरूको आग्रह छ, जसलाई युक्रेनले मान्न अस्वीकार गरेको छ। साथै, युक्रेनले नाटोमा नजाने कागजी प्रतिबद्धता चाहिएको रुसको माग छ। यता, युक्रेनले भविष्यमा रुसबाट पुनः आक्रमण नहुने सुरक्षा ग्यारेन्टी खोजिरहेको छ।


Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

आजको रोजाइ