Sixth Schedule Agreement Day Observance
Sixth Schedule Agreement Day Observance

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीद्वारा २१औं छैटौं अनुसूची सम्झौता दिवस समारोह भब्य रुपमा पालन गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई भूषण देवानले संचालन गरेका थिए। गोरामुमो शीर्ष नेतृत्व पारस गुरुङ प्रमुख अतिथि रहेको समारोहमा प्रमुख वक्ताको रुपमा एनबी छेत्री, गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राई, भ्रातृसंगठनका सम्पूर्ण प्रतिनिधिवर्ग साथै गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थितिमा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको तस्बीरमा दीप प्रज्वलन गरि विभिन्न संस्कृतिक कार्यक्रम बीच छैटौं अनुसूची सम्झौता दिवस समारोह सम्पन्न गरिएको थियो। गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राईले आफ्नो वक्तव्य राख्दै भने, अब सम्पूर्ण क्षेत्रीय पार्टीले पनि छैटौं अनुसूची भन्नु पर्छ। भारत सरकारद्वारा गोर्खाहरुको मुद्दाको निम्ति नियुक्ति गरेको सरकारी वार्ताकारलाई एउटै आवाज भएर बताउनु पर्छ। सरकारी वार्ताकार बीजेपीले पठाएको भन्ने हल्ला पिट्दैछ। तर सरकारी वार्ताकार भारत सरकारले पठाएको हो।
छैटौं अनुसुचीको सम्झौतामा भारतको केन्द्र सरकार, राज्यसरकारले हस्ताक्षर गरेको छ हाम्रोमा डकुमेन्ट छ। सुवास घिसिङले छैटौं अनुसूची मागेको कारण यो भूभागलाई गोर्खाहरुको नाममा रेजिस्ट्रेसन गराउनुको निम्ति हो। छैटौं अनुसूची भनेको गोर्खाको किपट हो। जीटीए के हो भन्दै आनन्द राईले प्रश्न गरे। दागोपापले गोर्खाहरुलाई सुरक्षा दिएको छ जीटीएले खोइ सुरक्षा दिएको ? बेची खायो पहाडको नेताहरुले, आनन्द राईले आफ्नो वक्तव्यको क्रममा भने। प्रमुख वक्ताको रुपमा बोल्दै एनबी छेत्रीले भने, २०१९ देखि गोरामुमोले भित्र-भित्र गोर्खाहरुको मुद्दाको निम्ति काम गरिसकेको छ, हामीले हल्ला गरेको छैनौं। गोरामुमो आफ्नो मुद्दामा एक इन्च पनि पछि हटेको छैन। गोर्खाल्याण्ड भयो भने पनि माटोको ग्यारेन्टी छैन। तर छैटौं अनुसूची भयो भने माटोको ग्यारेन्टी हुन्छ। सुवास घिसिङले माटोको सुरक्षाको निम्तिनै आन्दोलन गर्नु सिकाएको हो। हामीलाई बंगालले दबाएर राखेको छ आरक्षणमा हामीलाई छुट्टाएको छ। यी सबै कुराबाट मुक्ति पाउनु भनेको नै छैटौं अनुसूची एउटा औषधि हो। २००५ मा छैटौं अनुसूची भएको भए आज न त हाम्रो जमीन अरुलाई बेच्नु पाउँथ्यो न त किन्नु पाउँथ्यो। २०१९ मा हामी बीजेपी गठबन्धनमा जादा पनि गोरामुमोले एउटा ज्ञापनपत्र दिएका थियौं त्यसमा गोरामुमोले छैटौं अनुसुची भन्दा मुनिको ब्यवस्था मान्दैनौं। यदि केन्द्र शासित राज्य दिन्छौं भने छैटौं अनुसुचीको आत्मा हुन पर्छ भनेर ज्ञापनपत्रमा उल्लेख गरेका छौँ।
दागोपापको समयमा नर्सिङ्गको कोटामा ५० मा ४९ जना पहाडको विद्यार्थीहरुको कोटा हुन्थ्यो अहिले मात्र १ जना हुन्छ यस्तो छ पहाडको अवस्था जीटीए बोल्नु सक्दैन। कोलकाता संग बोल्नु वाक्य बसेको जस्तै हुन्छ जीटीए। अहिले चुनावको समयमा बाटो र सार्वजनिक भवनको शिलान्यास गर्दैछ। बाटो र सार्वजनिक भवनले गोर्खाहरुको सुरक्षा गर्छ ? गोरामुमोले माटोको सुरक्षा नभएको सम्झौतामा पट्ट्कै हस्ताक्षर गर्ने छैन। गोरामुमो आफ्नो मुद्दाप्रति एक इन्च पनि पछि हटेको छैन। जीटीएको चुनावमा हामीले नजानु भन्दा र्‍याल चुहाउँदै नाच्दै गएको हो, यदि जीटीएको चुनाव सबैले बहिष्कार गरेको भए आज हाम्रो समस्याको समाधान भइसक्ने थियो। तर अब जीटीएको आयु लामो नभएको एन बी छेत्रीले आफ्नो वक्तव्यको क्रममा बताए।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

आजको रोजाइ