प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

Share this news

दार्जीलिङ, 6 दिसम्बर(निसं) निसं): प्रतिष्ठित शैक्षिक संस्थान सेन्ट रोबर्टस् हायर सेकेण्डरी स्कूलले शैक्षिक सत्र 2024-25- को अन्तिम दिन सुक्रबार अग्रीम क्री क्रिसमस दिवस पालन गर्दै  अङ्ग्रेजी भाषा शिक्षक राजा लामाद्वारा सम्पादित विद्यालयको मुखपत्र दि रोबर्टियन पोस्ट ( वर्ष : 5, अङ्क: 5)-को विधिवत् लोकार्पण गरयो भनी विद्यालयका सह शिक्षक तथा मिडिया इन्चार्ज सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जनाएका छन्।
विद्यालयका सह शिक्षक तथा मिडिया इन्चार्ज सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जनाए अनुसार, विद्यालयका प्रधानाध्यापक रेभरेन् फादर माईकल सिंहको मार्गदर्शनमा सह शिक्षक डेनिस लेप्चा, ऐत कुमार सुब्बा र रिचर्ड लेप्चाको संयोजकत्वमा सम्पन्न आजको कार्यक्रममा सह शिक्षक त्रिरत्न मोक्तानले क्रिसमस दिवसको औचित्य बारे प्रकाश पारे।
यसैबीच  एघारौँ लगायत बाह्रौँ कक्षाका विद्यार्थी कलाकारहरूले प्रभु इशुख्रीष्टको महिमामय भजनहरू प्रस्तुत गरे। ती मध्ये पनि सह शिक्षक पवन महिमा गुरुङले तयार पारेकाे वृत्त चित्र क्रिसमस एउटा कथा खुबै आकर्षणीय ढङ्गमा प्रदर्शन गरियो।
यसमा विशेष रूपले सहशिक्षक प्रणय सिंहको नेतृत्वमा सेन्ट रोबर्टस्  अर्केष्ट्राका विद्यार्थी कलाकारहरूले मार्मिक धुन र भक्तिसंगीत प्रस्तुत गरे।
यसका साथै सह शिक्षक डेनिस लेप्चाले सबैकाे कल्याणका लागि औपचारिक रूपमा परमेश्वरप्रति प्रार्थना चढाए। कार्यक्रमको उत्तरार्द्धमा प्रधानाध्यापक लगायत टिचर्स को-ओर्डिनेटर रभरेन फादर सञ्जोक राई र राजा लामाले विद्यालयको वार्षिक मुखपत्र दि  रोबर्टियन पोस्ट- को विधिपूर्वक लोकार्पण गरेको कुरो विद्यालयका सह शिक्षक तथा मिडिया इन्चार्ज सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जनाएका छन्।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

आजको रोजाइ