प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

Share this news

दार्जीलिङ, 6 दिसम्बर(निसं) निसं): प्रतिष्ठित शैक्षिक संस्थान सेन्ट रोबर्टस् हायर सेकेण्डरी स्कूलले शैक्षिक सत्र 2024-25- को अन्तिम दिन सुक्रबार अग्रीम क्री क्रिसमस दिवस पालन गर्दै  अङ्ग्रेजी भाषा शिक्षक राजा लामाद्वारा सम्पादित विद्यालयको मुखपत्र दि रोबर्टियन पोस्ट ( वर्ष : 5, अङ्क: 5)-को विधिवत् लोकार्पण गरयो भनी विद्यालयका सह शिक्षक तथा मिडिया इन्चार्ज सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जनाएका छन्।
विद्यालयका सह शिक्षक तथा मिडिया इन्चार्ज सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जनाए अनुसार, विद्यालयका प्रधानाध्यापक रेभरेन् फादर माईकल सिंहको मार्गदर्शनमा सह शिक्षक डेनिस लेप्चा, ऐत कुमार सुब्बा र रिचर्ड लेप्चाको संयोजकत्वमा सम्पन्न आजको कार्यक्रममा सह शिक्षक त्रिरत्न मोक्तानले क्रिसमस दिवसको औचित्य बारे प्रकाश पारे।
यसैबीच  एघारौँ लगायत बाह्रौँ कक्षाका विद्यार्थी कलाकारहरूले प्रभु इशुख्रीष्टको महिमामय भजनहरू प्रस्तुत गरे। ती मध्ये पनि सह शिक्षक पवन महिमा गुरुङले तयार पारेकाे वृत्त चित्र क्रिसमस एउटा कथा खुबै आकर्षणीय ढङ्गमा प्रदर्शन गरियो।
यसमा विशेष रूपले सहशिक्षक प्रणय सिंहको नेतृत्वमा सेन्ट रोबर्टस्  अर्केष्ट्राका विद्यार्थी कलाकारहरूले मार्मिक धुन र भक्तिसंगीत प्रस्तुत गरे।
यसका साथै सह शिक्षक डेनिस लेप्चाले सबैकाे कल्याणका लागि औपचारिक रूपमा परमेश्वरप्रति प्रार्थना चढाए। कार्यक्रमको उत्तरार्द्धमा प्रधानाध्यापक लगायत टिचर्स को-ओर्डिनेटर रभरेन फादर सञ्जोक राई र राजा लामाले विद्यालयको वार्षिक मुखपत्र दि  रोबर्टियन पोस्ट- को विधिपूर्वक लोकार्पण गरेको कुरो विद्यालयका सह शिक्षक तथा मिडिया इन्चार्ज सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जनाएका छन्।

Share this news
आजको रोजाइ
मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

धान उठाउन लाग्दा मौसमले दियो साथ

धान उठाउन लाग्दा मौसमले दियो साथ