कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

Share this news

मजुवा, 6  दिसम्बर (निसं): कृषकहरू डल्ले खोर्सानीको खेतिप्रति आकर्षित साथै लाभान्वित भएको देखिन्छ। विभिन्न थरीका जंगली जनावरहरूको रगरगीले सताएपछि कतिपय कृषकहरू डल्ले खोर्सानीको खेतिप्रति आकर्षित बनेका छन्। दार्जीलिङ पहाडको निकै चर्चित तथा नामी कोशेली डल्ले खोर्सानी नामैले मानिसहरूलाई मोहित बनाउछन्। उक्त डल्ले खोर्सानीको खेती धेरै तापमानमा तथा धेरै ठण्डामा पनि उत्पादन हुन नसक्ने यसको धेरै प्रजातिमा पाइन्छ। विभिन्न रोगव्याधिले सताउन थालेको डल्ले खोर्सानीको खेति गर्ने तरिका आआफ्नै ढाँचामा गर्ने गरेको पाइन्छ। हालमा मल्चिङ् प्रयोग गरेर गरिएको यसको खेतिमा सकारात्मक तथा राम्रो फसल लागेको कृषक मिरा राईले बताए। उनको अनुभवमा जनवरी महिनाको अन्ततिर वीजन छरेर मार्चको तथा अप्रेल महिनाको दोस्रो हप्तासम्म पिकिङ आउट पटेट- गरिएको विरूवा जुन महिनाको पहिलो 10 दिनभित्रमा मल्चिङ् गरेर रोपन गर्न सके सेप्टेम्बरदेखि फसल लाग्ने गर्छन्। साधारण मल जलमा ध्यान दिएर जैविक रूपमा गाईको मल, भार्मि कम्पोस्ट तथा कुखुराको सुलीमा राम्रो फस्टाउने गरेको र डल्लेको सुगन्ध पनि यथावत् तिख्खर बस्ने गरेको उनिहरूको अनुभव रहेको छ। किटनाशक औषधिहरूमा पनि जैविक घरेलु उत्पादन औषधि प्रयोग गर्ने गरे खोर्सानीको जुन राग छ,त्यो अति पिरो अनि स्वादिष्ट हुने उनीहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ