पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

Share this news

जामुने 6 दिसम्बर(निसं): बलिउडका चर्चित फिल्म बर्फी अनि चर्चित नेपाली चलचित्र बितेका पल जस्ता फिल्म-हरुको छायांकन भएको रमणीय पर्यटक स्थल जामुने अहिले धेरै अवहेलित अवस्थामा रहेको छ। यस समय स्थानीय मानिसहरू लगायत धेरै मात्रामा पर्यटकहरु जामुनेमा आउने गर्थे। तर अहिले सुनसान र  हेलित अवस्थामा रहेको छ जामुने । गत चार अक्टोबर राती आएको मुसलधारे वर्षाले बोटिङ पोण्ड बालुवा र माटो पसेर आधा भाग नै पुरिएको छ भने शिव मन्दिर तर्फ रहेको सडक भेल बाढीले बगाएको छ। सो अहिले सम्म न सडकको निर्माण भएको छ न पोण्डको साफ सफाई गर्ने कार्य नै हुन सकेको छ। पूर्व जीटीए प्रमुख कार्यपाल विमल गुरुङको समयमा यसको निर्माण कार्य भएको हो। कार्यपाल गुरुङको समयमा हरेक वर्ष जनवरी महिनामा कृषि वागवानी मेला आयोजन गरेर कृषक
दाजु भाईहरुलाई कृषिको क्षेत्रमा प्रोत्साहन गर्दै उत्कृष्ट प्रजातिको वर-विजनहरु वितरण गरिन्थ्यो। कुन फसल कसरी गर्नु पर्ने सो बारे सेमिनार आयोजना गरेर
असल खेती ज्ञानहरु दिइन्थ्यो। यति मात्र नभएर उत्कृष्ट खेतीपाती गर्ने कृषकहरुलाई थप प्रेरणाको निम्ति पुरस्कार समेत दिईने गरिन्थ्यो। तर अहिले कृषकहरुको निम्ति कृषि मेलाको आयोजन लोप भएर गएको छ। यसरी नै पशु पालन गर्नेहरूको निम्ति पनि उक्त मेलामा उच्च प्रजातिको गाई,गोरू,सुँगुर,बाख्रा,कुखुरा, हाँस इत्यादि पनि वितरण गरिन्थ्यो। तर अहिले त्यो सहुलियत पनि पशु पालकहरुको निम्ति छैन। यस पुल बिजनबारी क्षेत्रको वासिन्दाहरूको निम्ति अत्ति जाडोको जनवरी महिना केवल कृषि वागवानी मेलामा भुलेर बित्ने गर्थ्यो। तर अहिले, गत 2017 देखि यसो जामुने सुनसान र अवहेलित अवस्थामा पुगिसकेको छ। अब यसको संरक्षण र सम्बर्द्धन हुने वा होईन कुनै सम्भावना देखिन्दैन। यस सन्दर्भ लोवर गोक निवासी सुबास लिम्बुले जामुनेको स्याहार सम्भार नभएकै कारण पर्यटक र स्थानीय मानिसहरू नआएको बताए। यो समय बनभोज खेल्न
स्थानीय मानिसहरूको भीड लाग्ने समय रहेको बताउँदै अहिले जामुने सुनसान रहेको उनले जानकारी दिए। जामुने धेरै बरोजगारहरुको निम्ति रोजगार हुने एक पर्यटक स्थल हो तर अहिले त्यो अवसर बेरोजगार हरुको निम्ति न्यून भएर गएको उनले जनाए। जामुने सम्बन्धित विभागले यसको संरक्षण र सम्बर्द्धन गरे बेरोजगारहरुको निम्ति रोजगारको ठुलो आधार हुनेछ। तर किन यसको संरक्षण र सम्बर्द्धन हुँदैन यही प्रश्नसँग जामुने ओझेलमा पर्दै गइरहेको छ भनी क्षेत्रवासी बताउँछन्।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

आजको रोजाइ