पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

Share this news

जामुने 6 दिसम्बर(निसं): बलिउडका चर्चित फिल्म बर्फी अनि चर्चित नेपाली चलचित्र बितेका पल जस्ता फिल्म-हरुको छायांकन भएको रमणीय पर्यटक स्थल जामुने अहिले धेरै अवहेलित अवस्थामा रहेको छ। यस समय स्थानीय मानिसहरू लगायत धेरै मात्रामा पर्यटकहरु जामुनेमा आउने गर्थे। तर अहिले सुनसान र  हेलित अवस्थामा रहेको छ जामुने । गत चार अक्टोबर राती आएको मुसलधारे वर्षाले बोटिङ पोण्ड बालुवा र माटो पसेर आधा भाग नै पुरिएको छ भने शिव मन्दिर तर्फ रहेको सडक भेल बाढीले बगाएको छ। सो अहिले सम्म न सडकको निर्माण भएको छ न पोण्डको साफ सफाई गर्ने कार्य नै हुन सकेको छ। पूर्व जीटीए प्रमुख कार्यपाल विमल गुरुङको समयमा यसको निर्माण कार्य भएको हो। कार्यपाल गुरुङको समयमा हरेक वर्ष जनवरी महिनामा कृषि वागवानी मेला आयोजन गरेर कृषक
दाजु भाईहरुलाई कृषिको क्षेत्रमा प्रोत्साहन गर्दै उत्कृष्ट प्रजातिको वर-विजनहरु वितरण गरिन्थ्यो। कुन फसल कसरी गर्नु पर्ने सो बारे सेमिनार आयोजना गरेर
असल खेती ज्ञानहरु दिइन्थ्यो। यति मात्र नभएर उत्कृष्ट खेतीपाती गर्ने कृषकहरुलाई थप प्रेरणाको निम्ति पुरस्कार समेत दिईने गरिन्थ्यो। तर अहिले कृषकहरुको निम्ति कृषि मेलाको आयोजन लोप भएर गएको छ। यसरी नै पशु पालन गर्नेहरूको निम्ति पनि उक्त मेलामा उच्च प्रजातिको गाई,गोरू,सुँगुर,बाख्रा,कुखुरा, हाँस इत्यादि पनि वितरण गरिन्थ्यो। तर अहिले त्यो सहुलियत पनि पशु पालकहरुको निम्ति छैन। यस पुल बिजनबारी क्षेत्रको वासिन्दाहरूको निम्ति अत्ति जाडोको जनवरी महिना केवल कृषि वागवानी मेलामा भुलेर बित्ने गर्थ्यो। तर अहिले, गत 2017 देखि यसो जामुने सुनसान र अवहेलित अवस्थामा पुगिसकेको छ। अब यसको संरक्षण र सम्बर्द्धन हुने वा होईन कुनै सम्भावना देखिन्दैन। यस सन्दर्भ लोवर गोक निवासी सुबास लिम्बुले जामुनेको स्याहार सम्भार नभएकै कारण पर्यटक र स्थानीय मानिसहरू नआएको बताए। यो समय बनभोज खेल्न
स्थानीय मानिसहरूको भीड लाग्ने समय रहेको बताउँदै अहिले जामुने सुनसान रहेको उनले जानकारी दिए। जामुने धेरै बरोजगारहरुको निम्ति रोजगार हुने एक पर्यटक स्थल हो तर अहिले त्यो अवसर बेरोजगार हरुको निम्ति न्यून भएर गएको उनले जनाए। जामुने सम्बन्धित विभागले यसको संरक्षण र सम्बर्द्धन गरे बेरोजगारहरुको निम्ति रोजगारको ठुलो आधार हुनेछ। तर किन यसको संरक्षण र सम्बर्द्धन हुँदैन यही प्रश्नसँग जामुने ओझेलमा पर्दै गइरहेको छ भनी क्षेत्रवासी बताउँछन्।

Share this news
आजको रोजाइ
मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

धान उठाउन लाग्दा मौसमले दियो साथ

धान उठाउन लाग्दा मौसमले दियो साथ