श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

Share this news

लामागाउँ, 5 नोभेम्बर(निसं): बिहीबार मङसिरे पुर्णिामाको छेक पारी एक भव्य कार्यक्रमको साथमा लामागाउँमा 321औं श्रीजङा जन्म जयन्ती एवम् चासोक तङ्नाम भव्यताको साथमा सम्पन्न गरियो। दार्जीलिङ-पुलबजार खण्डको रेलिङ ग्रामको लामागाउँ स्थित युमा ताक्तेन परिसरमा आयोजित कार्यक्रममा साहित्यकार मनप्रसाद सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने उनीबाहेक साहित्यकार पुर्ण सुब्बासँगै दार्जीलिङ-बिजनबारी लगायत वरिपरिको क्षेत्रहरुबाट लिम्बू जातिका विशिष्ट व्यक्तिहरुसँगै विभिन्न स्थानहरुका फेदाङमाहरुसँगै सर्वसाधारण मानिसहरुको विशेषरूपमा उपस्थित रहेको थियो। आयोजक कमिटीका सभापति एमबी यक्सोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिम्बु सस्कार एव सस्कृती एव चासोक तोङनाम तथा श्रीजङाको लिम्बू जातीमा रहेको महत्त्वबारेमा उपस्थित बक्ताहरुले बृस्तित रूपमा जानकारी गराए भने कार्यक्रमको मुख्य उदेश्य आधुनिकताको नाममा जातीय संस्कारहरु लोप हुनु हुदैन भन्ने सन्देश नयाँ पिढीलाई दिनु रहेको आयोजक समितिले जनाएको छ। हाम्रो मुख्य उदेश्य नयाँ पिडीहरुमा जातीय मुन्दुम संस्कार एवं संस्कृतीका कुराहरु पुर्‍याउदै सम्पुर्ण जातीय गोष्ठीहरुले भुल्न हुदैन भन्ने सन्देश दिनु हो, आयोजक समिति सभापति एम बी यक्सोले बताए। यसको साथमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरुलाई समेत उनले आभार प्रकट गरेका छन्। विविध धार्मिक कार्यक्रमको साथमा आयोजना गरिएको कार्यक्रममा लिम्बु संस्कार तथा सस्कृतिलाई जगेडा गर्न प्रमुख भुमिका निभाएको भन्दै बिजनबारी क्षेत्रका विभिन्न स्थानका फेदाङमाहरु लगायत समाजका  बरिस्ठ व्याक्ती विशेषलाई सम्मान समेत जनाइयो।

Share this news
आजको रोजाइ
धान उठाउन लाग्दा मौसमले दियो साथ

धान उठाउन लाग्दा मौसमले दियो साथ

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

पहाड़मा अलग राज्यको माग फेरि गुञ्जयमान हुने संकेत

पहाड़मा अलग राज्यको माग फेरि गुञ्जयमान हुने संकेत

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

प्रत्येक दिन हुने जामको समस्याले हैरान साधारण मानिसहरू

प्रत्येक दिन हुने जामको समस्याले हैरान साधारण मानिसहरू

श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

क्यापको गेजिङ जिल्ला कार्यकारी परिषद्को समन्वय बैठक

क्यापको गेजिङ जिल्ला कार्यकारी परिषद्को समन्वय बैठक