श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

Share this news

लामागाउँ, 5 नोभेम्बर(निसं): बिहीबार मङसिरे पुर्णिामाको छेक पारी एक भव्य कार्यक्रमको साथमा लामागाउँमा 321औं श्रीजङा जन्म जयन्ती एवम् चासोक तङ्नाम भव्यताको साथमा सम्पन्न गरियो। दार्जीलिङ-पुलबजार खण्डको रेलिङ ग्रामको लामागाउँ स्थित युमा ताक्तेन परिसरमा आयोजित कार्यक्रममा साहित्यकार मनप्रसाद सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने उनीबाहेक साहित्यकार पुर्ण सुब्बासँगै दार्जीलिङ-बिजनबारी लगायत वरिपरिको क्षेत्रहरुबाट लिम्बू जातिका विशिष्ट व्यक्तिहरुसँगै विभिन्न स्थानहरुका फेदाङमाहरुसँगै सर्वसाधारण मानिसहरुको विशेषरूपमा उपस्थित रहेको थियो। आयोजक कमिटीका सभापति एमबी यक्सोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिम्बु सस्कार एव सस्कृती एव चासोक तोङनाम तथा श्रीजङाको लिम्बू जातीमा रहेको महत्त्वबारेमा उपस्थित बक्ताहरुले बृस्तित रूपमा जानकारी गराए भने कार्यक्रमको मुख्य उदेश्य आधुनिकताको नाममा जातीय संस्कारहरु लोप हुनु हुदैन भन्ने सन्देश नयाँ पिढीलाई दिनु रहेको आयोजक समितिले जनाएको छ। हाम्रो मुख्य उदेश्य नयाँ पिडीहरुमा जातीय मुन्दुम संस्कार एवं संस्कृतीका कुराहरु पुर्‍याउदै सम्पुर्ण जातीय गोष्ठीहरुले भुल्न हुदैन भन्ने सन्देश दिनु हो, आयोजक समिति सभापति एम बी यक्सोले बताए। यसको साथमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरुलाई समेत उनले आभार प्रकट गरेका छन्। विविध धार्मिक कार्यक्रमको साथमा आयोजना गरिएको कार्यक्रममा लिम्बु संस्कार तथा सस्कृतिलाई जगेडा गर्न प्रमुख भुमिका निभाएको भन्दै बिजनबारी क्षेत्रका विभिन्न स्थानका फेदाङमाहरु लगायत समाजका  बरिस्ठ व्याक्ती विशेषलाई सम्मान समेत जनाइयो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ