मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

Share this news

मजुवा, 3 दिसम्बर(निसं): कृषि सहनिर्देशक अभिनय बागदासलाई मजुवा ग्रामले सम्बर्ध्दना जनाएको छ। दार्जीलिङ- पुलबजार खण्ड विकास कृषि विभाग सहनिर्देशक अभिनय बागदास सरूवा भएर खण्ड विकास बिजनबारीबाट अन्यत्र गइरहेको हुनाले मजुवा ग्राम पञ्चायतको पक्षबाट विषेश कार्यक्रममा उनलाई शिरशोभ, अंगवस्त्र पहिराएर सम्बर्ध्दना पत्र प्रदान गरेको छ। विषेश मजुवा ग्राम पञ्चायत नै ग्रामीण तथा कृषि उत्पादन क्षेत्र भएको कारण स्थानीय वासीहरू 95 प्रतिशत नै कृषिमा निर्भर रहन्छ। यसैले कृषि सहनिर्देशक कार्यकालमा अभिनय बागदासले खण्ड विकास बिजनबारी क्षेत्रलाई जुन मार्गदर्शन गर्नु भयो सो मजुवा ग्राम पञ्चायतलाई पनि कृषिको दृष्टिले अघाडी बडाउनमा निरन्तर मार्गदर्शन र सहयोग तथा विभिन्न योजना र सुविधाहरूको प्रभावकारी कार्यान्वयनले यहाँका कृषकहरूलाई आत्मनिर्भर र सक्षम बनाउनुमा गरेको सहयोगको कदर गर्दै आज बागदासको सरूवाले कतै विस्वदिलो बनाएको पनि प्रधान रोगेन वङदी लेप्चाले बताएको छ। उनले अघि भने मजुवा ग्राम क्षेत्र कृषि उत्पादनमा प्रगतिशील बनोस, तपाईंले देखाउनु भएको सेवा-भावना साथै कृषि क्षेत्रमा दिनु भएको समर्पण सँधै प्रशंसा योग्य रहनेछ। आगामी दिनहरूमा तपाईंको नयाँ जिम्मेवारी तथा भविष्य अझै प्रगतिमय र प्रेरणादायी बनोस भन्ने प्रधान लेप्चाले शुभकामना दिए।
रंगीत मजुवा आरण्य बासमा भएको उक्त बिदाइ कार्यक्रममा बागदास अनि उनका पत्नीको उपस्थित रहेको थियो भने मजुवा ग्राम पञ्चायतको पक्षबाट प्रधान रोगेन वङदी लेप्चा, उपप्रधान सरिता सुब्बा लगायत स्थानीय समाज सेवकहरूको उपस्थिति रहेको जानकारी पञ्चायत प्रधान लेप्चाले दिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ