मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

Share this news

मजुवा, 3 दिसम्बर(निसं): कृषि सहनिर्देशक अभिनय बागदासलाई मजुवा ग्रामले सम्बर्ध्दना जनाएको छ। दार्जीलिङ- पुलबजार खण्ड विकास कृषि विभाग सहनिर्देशक अभिनय बागदास सरूवा भएर खण्ड विकास बिजनबारीबाट अन्यत्र गइरहेको हुनाले मजुवा ग्राम पञ्चायतको पक्षबाट विषेश कार्यक्रममा उनलाई शिरशोभ, अंगवस्त्र पहिराएर सम्बर्ध्दना पत्र प्रदान गरेको छ। विषेश मजुवा ग्राम पञ्चायत नै ग्रामीण तथा कृषि उत्पादन क्षेत्र भएको कारण स्थानीय वासीहरू 95 प्रतिशत नै कृषिमा निर्भर रहन्छ। यसैले कृषि सहनिर्देशक कार्यकालमा अभिनय बागदासले खण्ड विकास बिजनबारी क्षेत्रलाई जुन मार्गदर्शन गर्नु भयो सो मजुवा ग्राम पञ्चायतलाई पनि कृषिको दृष्टिले अघाडी बडाउनमा निरन्तर मार्गदर्शन र सहयोग तथा विभिन्न योजना र सुविधाहरूको प्रभावकारी कार्यान्वयनले यहाँका कृषकहरूलाई आत्मनिर्भर र सक्षम बनाउनुमा गरेको सहयोगको कदर गर्दै आज बागदासको सरूवाले कतै विस्वदिलो बनाएको पनि प्रधान रोगेन वङदी लेप्चाले बताएको छ। उनले अघि भने मजुवा ग्राम क्षेत्र कृषि उत्पादनमा प्रगतिशील बनोस, तपाईंले देखाउनु भएको सेवा-भावना साथै कृषि क्षेत्रमा दिनु भएको समर्पण सँधै प्रशंसा योग्य रहनेछ। आगामी दिनहरूमा तपाईंको नयाँ जिम्मेवारी तथा भविष्य अझै प्रगतिमय र प्रेरणादायी बनोस भन्ने प्रधान लेप्चाले शुभकामना दिए।
रंगीत मजुवा आरण्य बासमा भएको उक्त बिदाइ कार्यक्रममा बागदास अनि उनका पत्नीको उपस्थित रहेको थियो भने मजुवा ग्राम पञ्चायतको पक्षबाट प्रधान रोगेन वङदी लेप्चा, उपप्रधान सरिता सुब्बा लगायत स्थानीय समाज सेवकहरूको उपस्थिति रहेको जानकारी पञ्चायत प्रधान लेप्चाले दिए।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न