आपदामा परेका पीडितहरूलाई गाई प्रदान

Share this news

मिनरल स्प्रीङ 3 दिसम्बर(निसं): गत दिनमा विविध आपदामा परेका दुई घर परिवारलाई आज दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ प्राणी सम्पदा विकास विभागद्वारा गाई वितरण गरियो। दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ दवाईपानी ग्राम पञ्चायत वार्ड नम्बर 3 अन्तर्गत आँपबोटे गाउँ निवासी दिपराज सुब्बा अनि सोही खण्ड अधीनस्थ बदमताम ग्राम पंचायत वार्ड नम्बर 4 निवासी सुरज शर्मालाई आज विभागको तर्फबाट गाई हस्तान्तरण गरिएको छ। दवाईपानी ग्राम पञ्चायत  वार्ड नम्बर तीन अधीनस्थ आँपबोटे गाउँ निवासी दिपराज सुब्बाले अग्नि काण्डमा परी सर्वस्व गुमाएका थिए भने बदमताम निवासी सुरज शर्माले भल पैह्रोमा परी आफ्नो आय आर्जनको मुख्य साधन गाई गुमाउनु परेको थियो। दुवै व्यक्ति आपदा पीडित रहेको हुनाले उनीहरूलाई आज विभागको तर्फबाट गाई वितरण गरिएको विभागीय अधिकारीहरूले जनाएका छन् जसको उद्देश्य उनीहरूले पशु पालन गरी जीविकोपार्जन गर्न सकुन्।आज सम्पन्न गरिएको गाई वितरण कार्यक्रममा कर्म अध्यक्ष बुद्ध तामाङ, बीएलबीओ  डा. उत्तमकुमार प्रधान,एलबीए विष्णु कुमार शर्मा, ब्राण्डो गुरुङ, प्राणी मित्र सबिता शर्मा,सुमन गौतम,मन बहादुर छेत्री, आपदा पीडित लाभार्थी दिपराज सुब्बा,सुरज शर्मा लगायत दवाईपानी ग्राम पंचायतका प्रधान अशोक मुखिया उपस्थित थिए। यसरी विभागले पीडितहरु प्रति सहानुभूति पूर्वक पशु पालन गरी जीविकोपार्जन गर्न सक्ने एउटा व्यवस्थाको रूपमा गाई वितरण गरिदिएको खण्डमा विभाग प्रति आभारी रहेको दवाईपानी ग्राम पंचायतका प्रधान अशोक मुखियाले बताएका छन्। लाभार्थीको पक्षबाट बदमताम निवासी सुरज शर्माले विभागीय अधिकारीहरू अनि कर्मचारीहरू प्रति कृतज्ञ रहेको जनाएका छन्।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न