आपदामा परेका पीडितहरूलाई गाई प्रदान

Share this news

मिनरल स्प्रीङ 3 दिसम्बर(निसं): गत दिनमा विविध आपदामा परेका दुई घर परिवारलाई आज दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ प्राणी सम्पदा विकास विभागद्वारा गाई वितरण गरियो। दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ दवाईपानी ग्राम पञ्चायत वार्ड नम्बर 3 अन्तर्गत आँपबोटे गाउँ निवासी दिपराज सुब्बा अनि सोही खण्ड अधीनस्थ बदमताम ग्राम पंचायत वार्ड नम्बर 4 निवासी सुरज शर्मालाई आज विभागको तर्फबाट गाई हस्तान्तरण गरिएको छ। दवाईपानी ग्राम पञ्चायत  वार्ड नम्बर तीन अधीनस्थ आँपबोटे गाउँ निवासी दिपराज सुब्बाले अग्नि काण्डमा परी सर्वस्व गुमाएका थिए भने बदमताम निवासी सुरज शर्माले भल पैह्रोमा परी आफ्नो आय आर्जनको मुख्य साधन गाई गुमाउनु परेको थियो। दुवै व्यक्ति आपदा पीडित रहेको हुनाले उनीहरूलाई आज विभागको तर्फबाट गाई वितरण गरिएको विभागीय अधिकारीहरूले जनाएका छन् जसको उद्देश्य उनीहरूले पशु पालन गरी जीविकोपार्जन गर्न सकुन्।आज सम्पन्न गरिएको गाई वितरण कार्यक्रममा कर्म अध्यक्ष बुद्ध तामाङ, बीएलबीओ  डा. उत्तमकुमार प्रधान,एलबीए विष्णु कुमार शर्मा, ब्राण्डो गुरुङ, प्राणी मित्र सबिता शर्मा,सुमन गौतम,मन बहादुर छेत्री, आपदा पीडित लाभार्थी दिपराज सुब्बा,सुरज शर्मा लगायत दवाईपानी ग्राम पंचायतका प्रधान अशोक मुखिया उपस्थित थिए। यसरी विभागले पीडितहरु प्रति सहानुभूति पूर्वक पशु पालन गरी जीविकोपार्जन गर्न सक्ने एउटा व्यवस्थाको रूपमा गाई वितरण गरिदिएको खण्डमा विभाग प्रति आभारी रहेको दवाईपानी ग्राम पंचायतका प्रधान अशोक मुखियाले बताएका छन्। लाभार्थीको पक्षबाट बदमताम निवासी सुरज शर्माले विभागीय अधिकारीहरू अनि कर्मचारीहरू प्रति कृतज्ञ रहेको जनाएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ