Royal FC won the cash prize of the Ghumti Tea Garden football match
Royal FC won the cash prize of the Ghumti Tea Garden football match

घुम्ती चियाबारीको नगदराशि फुटबल जित्यो रोयल एफसीले

Share this news

घुम्ती चियाबारीमा भएको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि रोयल एफसीले जितेको छ। तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीको खेल मैदानमा युनाइटेड घुम्ती स्पोर्टिङ्ग क्लबको आयोजनामा गत 12 अक्टोबरदेखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्टको आज फाइनल खेल रोयल एफसी र अलिबक्स सेभेन खरसाङबीच सम्पन्न भएको छ।‌ उक्त खेलमा रोयल एफसी 1-0 को अन्तरले विजय बनेको छ। यस फाइलन खेलमा रोयल एफसीको तर्फबाट एक मात्र गोल निवेश राणाले‌ गरेका थिए भने यसै गोलको दममा रोयल एफसी 1-0 अन्तरले विजयी हुँदै च्याम्पियन बनेको छ। फाइनल खेलमा मुख्य अतिथिको रुपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा घुम्ती चियाबारीका प्रबन्धक जजर चौधरी, महानदी ग्राम पञ्चायतका प्रधान पासाङ शेर्पा, पूर्व फुटबल खेलाडी सुकराज छेत्री, पूर्व सैनिक लगायत स्थानीय वरिष्ठ व्यक्तिहरु उपस्थित रहेका थिए। यस फाइलनल खेलमा म्यान अफ् द म्याच रोयल एफसीको निवेश राणा चयन भएका छन्। त्यसरी नै म्यान अफ् द टुर्नामेन्ट अरुण तामाङ अनि सर्वाधिक गोलदाताको रुपमा मचेन्द्र प्रधान चयन भएका छन्।‌ त्यसरी नै फेयर प्ले अवार्ड मिक्स अफ् बोइज सिपाहीधुरालाई प्रदान गरिएको छ भने बेस्ट गोल किपर अभियान छेत्री, बेस्ट गोल नर्बु शेर्पा चयन भएका छन्। यस फुटबल टुर्नामेन्टमा जम्मा 20 वटा विभिन्न स्थानहरुका फुटबल टोलीहरुले भाग लिएका‌ थिए। यस फाइनल खेल विषयमा आयोजक समितिको तर्फबाट बसन्त राई र मनिषकुमार प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ