Royal FC won the cash prize of the Ghumti Tea Garden football match

घुम्ती चियाबारीको नगदराशि फुटबल जित्यो रोयल एफसीले

Share this news

घुम्ती चियाबारीमा भएको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि रोयल एफसीले जितेको छ। तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीको खेल मैदानमा युनाइटेड घुम्ती स्पोर्टिङ्ग क्लबको आयोजनामा गत 12 अक्टोबरदेखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्टको आज फाइनल खेल रोयल एफसी र अलिबक्स सेभेन खरसाङबीच सम्पन्न भएको छ।‌ उक्त खेलमा रोयल एफसी 1-0 को अन्तरले विजय बनेको छ। यस फाइलन खेलमा रोयल एफसीको तर्फबाट एक मात्र गोल निवेश राणाले‌ गरेका थिए भने यसै गोलको दममा रोयल एफसी 1-0 अन्तरले विजयी हुँदै च्याम्पियन बनेको छ। फाइनल खेलमा मुख्य अतिथिको रुपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा घुम्ती चियाबारीका प्रबन्धक जजर चौधरी, महानदी ग्राम पञ्चायतका प्रधान पासाङ शेर्पा, पूर्व फुटबल खेलाडी सुकराज छेत्री, पूर्व सैनिक लगायत स्थानीय वरिष्ठ व्यक्तिहरु उपस्थित रहेका थिए। यस फाइलनल खेलमा म्यान अफ् द म्याच रोयल एफसीको निवेश राणा चयन भएका छन्। त्यसरी नै म्यान अफ् द टुर्नामेन्ट अरुण तामाङ अनि सर्वाधिक गोलदाताको रुपमा मचेन्द्र प्रधान चयन भएका छन्।‌ त्यसरी नै फेयर प्ले अवार्ड मिक्स अफ् बोइज सिपाहीधुरालाई प्रदान गरिएको छ भने बेस्ट गोल किपर अभियान छेत्री, बेस्ट गोल नर्बु शेर्पा चयन भएका छन्। यस फुटबल टुर्नामेन्टमा जम्मा 20 वटा विभिन्न स्थानहरुका फुटबल टोलीहरुले भाग लिएका‌ थिए। यस फाइनल खेल विषयमा आयोजक समितिको तर्फबाट बसन्त राई र मनिषकुमार प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा