देवकोटा संघको श्रमदान यथावत 

Share this news

मजुवा, 30 नोभेम्बर(निसं): अप्पर सिङ्गबुङ डेरा देवकोटा संघको आयोजनामा श्रमदानद्वारा भइरहेको बाटो मर्मत कार्यमा वरिपरिको संघसंस्थाहरू लगायत गाउँलेहरूको विषेश सहायता र प्रयासमा असुविधा भएकोमा ठाउँहरूमा सोलिङ लगाउदै, कंक्रिट ढलाई लगाएर गरिरहेको बाटो मर्मति कार्य सफलता पूर्वक सम्पन्न भइरहेको बताएको छ। यसै क्रममा प्रायः दैनिक रूपमा गर्दै आएको श्रमदान कार्य हिजो पनि शिक्षक एसके बाङदेल गोलाईमा कंक्रिट ढलाईको काम भयो। यसैगरी दुई दिन सोलिङ बनाउने कामपछि शनिबारको दिन 30 व्याक सिमेन्टको ढलाई लगाउने योजना रहेकोले आगामी मंगलबारसम्म कुनै पनि वाहन यातायात बन्द रहने जनाएको छ। यस सुकार्यको निम्ति सबै वाहन चालकहरूले सहयोग गरिदिने आयोजक तथा प्रबन्धक समितिको पक्षमा धिरेन सुब्बाले आग्रह गरेका छन। मजुवा ग्राम पञ्चायत अन्तर्गत शवाजी खोलादेखि अप्पर सिङ्गबुङ डेरा वीच बतासेको बाटो मर्मति कार्य धमाधम भइरहेको छ जहाँ बाटो मर्मति कार्यको अठाह्रौं दिनपनि श्रमदानदाताहरू उत्साह पूर्वक खटिए। प्रायः दैनिक रूपमा भइरहेको श्रमदान कार्यमा सबैले योगदान दिइरहेको आयोजक समितिका सदस्य सुब्बाले जनाएको छ। रंगीत-मजुवा शवाजी खोलादेखि अप्पर सिङ्गबुङ डेरा हुँदै कालो पानीको बाटो अब केही दिनसम्म मर्मति कार्य चल्ने उनले बताए। यस कार्यले जनसाधारणहरूलाई भइरहेको असुविधाको निम्ति खेद प्रकट गर्दछौं भनि उक्त बाटोमा हिंड्ने सबै दैनिक सवारी साधन अनि शुभचिन्तकहरूलाई अब केही दिनको निम्ति सहयोग गरिदिन आयोजक समिति देवकोटा संघले प्रत्यक्ष अप्रत्यक्ष सबैप्रति विनम्र आग्रह गरेकोछ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ