ड्ब्लुबीभिएचए-द्वारा बाल दिवस पालन 

Share this news

बडामंगवा-पेशोक:23 नोभेम्बर(निसं):गत आठ बर्ष देखि बाल-बालिकाहरुलाई लिएर कार्य गर्दै आएको वेस्ट बेंगाल भोलेन्टीयर हेल्थ एसोसिएसन (ड्ब्लुबिभिएचए)-ले अवेर गरेर भए पनि हिजो एक कार्यक्रम बीच बाल दिवस पालन गर्‍यो। रंगली-रंगलीयट खण्ड् पञ्चायत समितिका सभापति सुरज छेत्री मुख्य अतिथि रहेको उक्त बाल दिवस कर्यक्रममा तक्लिङ -एक ग्राम पञ्चायत प्रधान चँद्नी तामङ, लगायत पञ्चायत सदष्यहरु पवन तामङ, इजाक लेप्चा, बडामंगवा एमएसके-कि प्रधान अध्यापिका विनम थापा, पञ्चायत स्तरीय सभापति डि बि छेत्री, तक्लिङ-दुई ग्राम पञ्चयतका सदस्य, आशा कार्यकर्त, आंगनबाडी कार्यकर्ता आदि विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।ड्ब्लुबिभिएचए-का संयोजक मिक्कल प्रधानले संचालन गर्दै उक्त बाल दिवस पालन गरिनुको तात्पर्य बारे जानकारी गराउदै गत 14 नोभेम्बरको दिन नै भव्यताको साथ बाल दिवस कार्यक्रम पालन गरिने भए तापनि उक्त दिन आमन्त्रित अतिथिवर्गाको व्यस्तताको कारण सम्भव नभएको प्रष्ट पारे भने फिल्ड कर्मी सोनाम सादाले ड्ब्लुभिएचए-ले विगत आठ बर्ष देखि यस् क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिए भने सादाले अन्य क्षेत्रहरुले आ-आफ्नै तरिकाले सेवाकार्यको विषय रोजे तापनि आफुहरुले एडोलेसन्स विषय माथि कार्य गर्ने अठोट गरे बापत आज पर्यन्त निरन्तर कार्य गर्दै आएको आफ्नो सम्बोधनमा सादाले प्रष्ट पारे। बाल दिवस बिशेष भारतका पुर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको जन्म दिनलाई पालन गरिएको भन्दै तक्लिङ-एक ग्राम पञ्चायत प्रधान चाँदनी तामङले आफ्नो सम्बोधन गर्दै प्रकाश पारिन।
कार्यक्रमका मुख्य अतिथि रंगली रंगलीयट खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीले बाल दिवस खासैमा प्रतिदिन नै पालन गरिएको आभाष गराउदै उपस्थित बाल बालिकाहरु, अतिथिवर्गलाई लिएर खेलको माध्यम बाट नचाएर बाल दिवसको महत्व बारे जानकारी दिए।
विगत दिनमा क्षेत्रको प्रतिनिधित्व गर्दै कलकत्तामा आयोजित राज्य स्तरीय कार्यशालामा सहभागी नानीहरुलाई उपहार दिएर सम्मान जनाईनुका साथै उपस्थित सम्पुर्ण बाल-बालिकाहरुलाई परिक्षामा प्रयोग हुने कार्ड्बोर्ड ,पेन्सिल आदि प्रदान गरिएको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ