सत्य साई बाबाको शतवार्षिकी जन्मोत्सव पालन

Share this news

मजुवा, 24 नोभेम्बर(निसं): श्री सत्य साई बाबाको शतवार्षिकी जन्मोत्सव भव्यताका साथ पालन। मजुवा, रेलिङ भेगमा साई अनुयायीहरूले भव्यताका साथ श्री सत्य साई बाबाको शतवार्षिकी जन्मोत्सव पालन गरेको छ। भीर गाउँ मजुवा समिति अनि रेलिङ समितिले विभिन्न कार्यक्रम गर्दै बाबाको शतवार्षिकी जन्मोत्सवको मनाएको छ। यसैगरि लंगुरदाङ श्री सत्य साई आध्यात्मिक केन्द्रमा विषेश कार्यक्रम गरेर पूर्व संस्थापकहरूलाई सम्बर्द्धना जनाएको छ। शतवार्षिकी जन्मोत्सवको विषेश कार्यक्रममा लंगुरदाङ माथिल्लो क्षेत्रबाट रथ शोभायात्रा गर्दै बाल बिकासका नानीहरूले, साई बाबाको दिव्य बचनहरू लेखिएका प्लेकार्डहरू बोकेर लंगुरदाङ खेलमैदान,स्कूल लाइन हुदै हिमाली विद्या निकेतन स्कूल परिक्रमा गरेर समिति आध्यात्मिक भवनमा आएर विसर्जन गरियो। दोस्रो चरणको कार्यक्रममा ॐकारम, त्रि गायत्रीबाट शुभारम्भ गरिएको कार्यक्रममा साई बाबाको शतवार्षिकी जन्मोत्सवको यस अवसरमा संस्थापकहरूको स्मरण गर्दै नौजना अग्रजहरूलाई सम्मान स्वरूप माल्यर्पण गरि तीनजना बाल बिकास गुरूहरूलाई स्मृति चिन्ह प्रदान गरिरहेको थियो।
लंगुरदाङ साई समिति अन्तर्गत रहेको विभिन्न केन्द्रबाट बाल बिकास नानीहरूले भक्ति भजनमा बाल बिकासका नानीहरूले नृत्यहरू प्रस्तुत गरेको थियो भने सत्य साई बाबाले दिनु भएको यस संगठनले कुमार्गदेखि सुमार्ग र नराम्रो कर्मदेखि आफुलाई बचाउन दिएको शिक्षा मानव समाजको निम्ति सर्वोत्कृष्ट रहेको छ। आजको यस कार्यक्रममा सयौंको उपस्थिति रहेको थियो यस शतवार्षिकी जन्मोत्सवको साक्षी बनिदिनु हुने सम्पूर्णलाई समितिको तर्फबाट मदन राई र संयोजक मिलन राईले कृतज्ञता जनाएको छ।

Share this news
आजको रोजाइ
जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

आजको रोजाइ