सत्य साई बाबाको शतवार्षिकी जन्मोत्सव पालन

Share this news

मजुवा, 24 नोभेम्बर(निसं): श्री सत्य साई बाबाको शतवार्षिकी जन्मोत्सव भव्यताका साथ पालन। मजुवा, रेलिङ भेगमा साई अनुयायीहरूले भव्यताका साथ श्री सत्य साई बाबाको शतवार्षिकी जन्मोत्सव पालन गरेको छ। भीर गाउँ मजुवा समिति अनि रेलिङ समितिले विभिन्न कार्यक्रम गर्दै बाबाको शतवार्षिकी जन्मोत्सवको मनाएको छ। यसैगरि लंगुरदाङ श्री सत्य साई आध्यात्मिक केन्द्रमा विषेश कार्यक्रम गरेर पूर्व संस्थापकहरूलाई सम्बर्द्धना जनाएको छ। शतवार्षिकी जन्मोत्सवको विषेश कार्यक्रममा लंगुरदाङ माथिल्लो क्षेत्रबाट रथ शोभायात्रा गर्दै बाल बिकासका नानीहरूले, साई बाबाको दिव्य बचनहरू लेखिएका प्लेकार्डहरू बोकेर लंगुरदाङ खेलमैदान,स्कूल लाइन हुदै हिमाली विद्या निकेतन स्कूल परिक्रमा गरेर समिति आध्यात्मिक भवनमा आएर विसर्जन गरियो। दोस्रो चरणको कार्यक्रममा ॐकारम, त्रि गायत्रीबाट शुभारम्भ गरिएको कार्यक्रममा साई बाबाको शतवार्षिकी जन्मोत्सवको यस अवसरमा संस्थापकहरूको स्मरण गर्दै नौजना अग्रजहरूलाई सम्मान स्वरूप माल्यर्पण गरि तीनजना बाल बिकास गुरूहरूलाई स्मृति चिन्ह प्रदान गरिरहेको थियो।
लंगुरदाङ साई समिति अन्तर्गत रहेको विभिन्न केन्द्रबाट बाल बिकास नानीहरूले भक्ति भजनमा बाल बिकासका नानीहरूले नृत्यहरू प्रस्तुत गरेको थियो भने सत्य साई बाबाले दिनु भएको यस संगठनले कुमार्गदेखि सुमार्ग र नराम्रो कर्मदेखि आफुलाई बचाउन दिएको शिक्षा मानव समाजको निम्ति सर्वोत्कृष्ट रहेको छ। आजको यस कार्यक्रममा सयौंको उपस्थिति रहेको थियो यस शतवार्षिकी जन्मोत्सवको साक्षी बनिदिनु हुने सम्पूर्णलाई समितिको तर्फबाट मदन राई र संयोजक मिलन राईले कृतज्ञता जनाएको छ।


Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने