प्रधानमन्त्री मोदी र मन्त्री खट्टरप्रति सांसद बिष्टको कृतज्ञता ज्ञापन

Share this news

सांसद राजु बिष्टले प्रेस विज्ञप्ति जारी गर्दै खरसाङका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी अनि आवास एवम् शहरी विकास मन्त्री मनोहरलाल खट्टरप्रति अटल मिशन फर रेजुभेनेशन एन्ड अर्बन ट्रान्सफोर्मेशन (AMRUT 2.0) को माध्यमले खरसाङ नगरपालिका अन्तर्गत ६८५४ घरहरूलाई पिउने पानीको आपूर्तिको विकास र भिक्टोरिया क्षेत्रमा जलापूर्ति तलाउहरूको जिर्णोद्धार निम्ति ₹२१०.११ करोड़ आवण्टन गर्नुभएका लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। यो परियोजना दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रअन्तर्गत पर्ने सबै घरहरूलाई ओगट्ने योजनाको एक भाग हो जसका लागि केन्द्रीय सरकारले आफ्नो AMRUT योजनाअन्तर्गत ₹३६५८ आवण्टन गरेको छ। यसमा समावेश छन्: दार्जीलिङ नगरपालिकाको लागि ₹ २३८ करोड़ (यसअघि AMRUT 1.0 अन्तर्गत पहिले नै आवण्टन गरिसकिएको ₹ २०४.८४ करोड़का अतिरिक्त); कालेबुङ नगरपालिकाको लागि ₹ १९६.९७ करोड़ मिरिक नगरपालिकाको लागि ₹१८०.१६ करोड़ सिलगढ़ी नगर निगमको लागि ₹८९०.३ करोड़। यी परियोजनाहरू खरसाङ, र हाम्रो क्षेत्रका बाँकी भागका जनताका लागि एउटा भरपर्दो अनि भावी दिगो जलापूर्ति व्यवस्था उपलब्ध गराउन शुरु गरिएका छन्। यस उदार सहायताका साथ पिउने पानीको आपूर्ति र महत्त्वपूर्ण जलाशयहरूको संरक्षणसँग सम्बन्धित चीरकालिक चुनौतीहरूको प्रभावी ढङ्गले सम्बोधन गरिनेछ। दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रका जनताको तर्फबाट म एकचोटि फेरि प्रधानमन्त्री मोदीज्यू अनि आवास एवं शहरी विकास मन्त्री एम.एल. खट्टरज्यू प्रति हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको विकासका लागि उहाँहरूको गहिरो वचनवद्धताका लागि सांसद राजु बिष्टले हार्दिक आभार व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ