लामाहट्टामा दुई दिवसीय धार्मिक अनुष्ठान सम्प्न्न: 

Share this news

लामाहट्टा-पेशोक: 22 नोभेम्बर(निसं): गत 19 नोभेम्बरदेखि भएको विशेष धार्मिक अनुष्ठान बिहिबार विशेष पुजा, अभिषेक अनि वाङ अभिषेक गर्दै समापन गरियो। अप्पर लामाह्ट्टा वार्ड नम्बर 15  अवस्थित थेक्छेन छ्योइलिङ म्हाँणी गुम्बामा यङलेसा, फार्पिङ नेपालबाट आएका महामहिम गेलोङ कलसाङ रिन्पोर्छेको विशेष उपस्थितिमा उक्त अनुष्ठान सम्पन्न गरिएको थियो भने बिहिबार महामहिम रिन्पोर्छेले थेक्छेन छ्योइलिङ म्हाँणी गुम्बा प्रस्थान गरे भनी पुजा आयोजक समितिले बताएकोछ। थेक्छेन छ्योइलिङ म्हाँणी गुम्बा संचालन समितिका सचिव निमा नर्बु शेर्पा साथै समितिका अन्य पदाधिकारीको अथक प्रयास साथै पहलमा यङ्लेसा फार्मिङ नेपाल राष्ट्रदेखि महामहिम गेलोङ कलसाङ रिन्पोर्छेको आगमन गराउन गरिएको पहलको क्षेत्रवासी साथै संलग्न दवाईपानी, ग्लेनबर्न, आदि क्षेत्रका बौद्ध गुम्बा संचालन समिती अनि गावँवासी भक्तजनद्वारा सराहना गरिएकोछ। महामहिमको आगमनमा विशेष पुजा, मनलम आदि सम्पन्न गरिनुका साथै बिहिबारको दिन गुम्बामा सम्पन्न पुजा, कुसुम म्हेण्ड्ल चढाईने कार्य सम्पन्न भएको थियो । उत्तरार्धको कार्यक्रममा स्थानीय लामहट्टाका एक बौद्ध लामा भिक्षुलाई स्थान ग्रहणको अभिषेक गरिनुका साथै भगनवान बुद्धको वाणीलाई सरल भाषामा पठन गरिएको थियो। उनै महामहिम गेलोङ कालसाङ रिन्पोर्छेको बहुली बाट साँझ पाँच बजे देखि वाङ अभिषेकको कार्यक्रम शुरु गरिएको संचालन समितिले जनाएको छ।

Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने