मालाताङ भलिबल एनवाईसी च्याम्पियन 

Share this news

कोलबुङ,22 नोभेम्बर(निसं): रंगारंग कार्यक्रमको साथमा मास्कोट युनाइटेड क्लब मालाताङद्वारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न उपाधी एनवाईसी नेजीको झोलीमा गयो। स्थानीय युवाहरूलाई मञ्च दिँदै खेलाडीहरु जन्माउने प्रमुख उदेश्यको साथमा दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ गोक-दुई ग्रामको मास्कोट युनाइटेड क्लब मालाताङद्वारा आयोजित भलिबल प्रतियोगिता बिहीबार रंगारंग कार्यक्रमको साथमा सप्पन्न गरियो भने उपाधी एनवाईसी नेजीले विजय बनेको छ।विविध रंगारंग कार्यक्रमको साथमा आयोजना गरिएको कार्यक्रममा पुल-बिजनबारी-गोक समष्टि सभासद भुपेन्द्र छेत्री प्रमुख अतिथिको रूपमा उपस्थित थिए,साथै भागोप्रमो समष्टि महासचिव विनय सुब्बा अधिवक्ता अमृत मादेन गोक-दुई ग्राम पञ्चायत  प्रधान, सम्पुर्ण वार्ड सदस्यसँगै प्रशासननीक अधिकारीको साथमा वरिपरि खेलप्रेमी दर्शकहरु बाक्लो उपस्थित रहेको थियो। यसैबीच रोमाञ्चक भएको प्रतियोगिताको फाइनल खेलमा एनवाईसी नेजी भलिबल दलले साजबोटे भलिबल दललाई दुईको विरुद्ध तीन कोटले पराजित गर्दै उपाधीसहितको पुरस्कार आफ्नो झोलामा हालेको छ। शुरुदेखि नै निक्कै रोमाञ्चक भएको खेलमा दुबै दलले एकपछि अर्को कोट जित्दै दुई-दुईको बराबरीमा पुगेपछि खेल निर्णयमा नपुगेकोले अन्तमा साजबोटेको सपनालाई चकनाचुर बनाउदै नेजीले बाजी मार्दै उपाधीसहितको खिताब जित्न सफल भयो। अर्कोतिर निक्कै कोशिश गर्दा गर्दै पनि सामन्य गल्तीको कारणले साजबोटे उपाधीबाट बन्चित हुनपुग्यो। प्रतियोगितामा उत्कृष्ट प्रदानकर्ता दल एवं खेलाडीलाई पुरस्कृत गरियो। यो प्रहिलो प्रयास थियो जहाँ सोचेभन्दा निक्कै सफल हुनपुग्यौ जसको निम्ति सम्पुर्ण दलहरू सगै दर्शकहरुप्रती आभारी छौं। आयोजक समिति महासचिव भानु शर्माले बताए भने।उनले भने, आगमी सालमा अझै बृहत रूपमा आयोजना गरिने उनले थप जनाए। अर्कोतिर यस्तो आयोजनाले ग्रामीण भेगका युवाहरूलाई उचित मञ्च हुनसक्ने तथा यस्तो स्तरीय प्रतियोगिता गाउँमा गर्न सफल गरेकोमा आयोजकलाई सभासद भुपेन्द्र छेत्रीले बधाई प्रकट गरे।  अघिदेखि  विभिन्न ग्रामीण दलहरूलाई लिएर आयोजना गरिएको प्रतियोगितामा लगभग ढेढ दर्जन दलहरूले भाग लिएका थिए भने प्रतियोगिताको विजेता तथा उपविजेता दललाई नगद राशी सहितको पुरस्कार प्रदान गरियो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ