भाजपा खरसाङ विधानसभा क्षेत्रको सभा सञ्जीव लामाको उपस्थितिमा सम्पन्न

Share this news

खरसाङः भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको उपस्थितिमा भाजपा खरसाङ विधानसभा क्षेत्रको सभा सम्पन्न भयो। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भाजपाको सांगठनिक सभाको अध्यक्षता भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गरेका थिए भने सभालाई पञ्चायत समिति सदस्या रोमा ठटालले सञ्चालन गरेका थिए। सभामा भाजपा दार्जीलिङ जिल्ला महासचिव सोनाम लामाले स्वागत सम्भाषण राखेका थिए। सभामा खरसाङ क्षेत्रको माइनोरिटीको संयोजकको रूपमा फैजल मिया अहमदलाई चयन गरिएको छ। सभामा भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, उपाध्यक्ष आरबी लामा, सोसियल मिडिया प्रभारी चन्दन प्रसाद, जिल्ला सचिव विनय प्रसाद, राज्य सदस्यहरु मनोज देवान र हरि निरौलाले पनि वक्तव्य राखेका थिए। वक्ताहरुले भारतीय जनता पार्टीको सांगठनिक गतिविधि, मतदाता विशेष गहन संसोधन एसआईआर, आगामी चुनाव लगायत अन्य विषयमा वक्तव्य राखेका थिए। सभामा विशेष गरेर अहिले चलिरहेको एसआईआर सम्बन्धमा कुनै समस्या भए समाधानको लागि भाजपा तत्पर रहेको र जनसाधारणको समस्या समाधानको लागि कार्य गर्न आह्वान्‌‍ गरियो। यसको साथै आगामी बंगाल विधानसभा चुनावको विषयमा पनि चर्चा परिचर्चा गरिएयो। सभामा खरसाङ्का वरिष्ठ अधिवक्ता रमेश अग्रवाल पनि उपस्थित रहेका थिए। सभामा खरसाङ विधानसभा क्षेत्र अन्तर्गत पर्ने विभिन्न मण्डलहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले आफु दार्जीलिङ जिल्ला अध्यक्ष बनेपछि पहिलोपटक खरसाङ्मा सांगठनिक सभा आयोजना गरेको बताउँदै सभामा पार्टीको सांगठनिक चर्चा, एसआईआर विषय र आगामी चुनावलाई लिएर चर्चा परिचर्चा गरिएको बताएका छन्‌‍। उनले भाजपा राजनैतिक पार्टी भएकोले कुनै पनि चुनाव लड्न तयार रहेको र जनताको पक्षमा सदैव बोल्न तयार रहेको पनि बताएका छन्‌‍। हामी राजनीति सेवाको रुपमा गरिरहेका छौं र जनताको असुविधा र समस्या विषयमा बोल्न र खड़ा हुन सदैव तयार रहेको पनि बताएका छन्‌‍। उनले इन्टरलोक्युटर नियुक्ति विषयमा पनि पत्रकारहरुलाई जानकारी गराउँदै इन्टरलोक्युटरको दिल्लीमा कार्यालय खोलिएको र उनी दार्जीलिङ्मा आएर गोर्खाहरुको समस्या विषयमा यहाँको स्टेक होल्डरहरूसित सभा गर्ने जानकारी गराएका छन्‌‍। पत्रकारहरुले सोधेको एक प्रश्नको उत्तरमा उनले इन्टरलोक्युटर कहिले आउने त्यो अहिले नै भन्न नसकिने तर उनी आएर यही बसेर यहाँको स्टेक होल्डरहरूसित सभा गर्ने जानकारी गराएका छन्‌‍। उनले यस विषयमा भने, इन्टरलोक्युटरलाई लिएर पहाड़मा विवाद सिर्जना गरे पनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले इन्टरलोक्युटर विषयमा विरोध गर्दै दुईपल्टसम्म प्रधानमन्त्रीलाई पत्रचार गरेको कुराबाट स्पष्ट हुन्छ कि इन्टरलोक्युटर महत्वपूर्ण छ भने। त्यसैले इन्टरलोक्युटर विषयमा कन्फ्युजन नहुँदा पनि हुन्छ। भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले वर्तमानमा चलिरहेको मतदाता सूचीको विशेष गहन संसोधन एसआईआर विषयमा भने, एसआईआर विषयमा दु:ख पायो भने यसमा तृणमूल त भागोप्रमोले भाग नलिनु नि त। यो एसआईआर भाजपाको होइन तर यो त निर्वाचन आयोगको नितान्त स्वतन्त्र रूपमा आयोजना गरेको हो जुन 2002 मा पनि भएको थियो। एसआईआर विषयमा कसैलाई केही समस्या भएमा भाजपाको बीएलए, मण्डलका प्रतिनिधिहरु र हामी पनि छैाँं। खाटी भारतीयहरुलाई एसआईआरमा कुनै असुविधा नहुने तर डबल नागरिकता भएकाहरुको चै ग्यारेन्टी लिन सक्दैनौंँ। खाटी भारतीयहरुका लागि हामी सहयोग गर्न तयार छैाँं।
दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गत 4 अक्टोबरको राती आएको अविरल वर्षाका कारण पहाडमा आएको प्राकृतिक प्रकोपमा पहाडमा भष्ट्राचार भएको पनि आरोप लगाएका छन्‌‍। उनले यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भने, राज्य सरकारले डिजास्टर घोषणा गरेन। यदि केन्द्र सरकारले डिजास्टर घोषणा गरेको भए केन्द्रबाट पनि फण्ड आउने थियो। तर यहाँ केन्द्रबाट मृतकहरुलाई दुई लाख रुपियाँ गरेर अनि घाइतेहरुलाई पचास हजार गरेर प्रदान गरिने राशिको लागि पनि कुनै रिपोर्ट बुझाएका छैनन्‌‍। यसले गर्दा पाउने सहुलियतहरु पनि पाएका छैनन्‌‍। लामाले यस विषयमा पहाडमा भष्ट्राचार भएको आरोप लगाउँदै भने, पीड़ितहरुमा पञ्चायत प्रधानको नाम रहेको छ। सभासदको छोराको नाम रहेको र यतिसम्म कि नवौँ श्रेणीमा पढ्ने नानीको पनि पीड़ितको लिस्टमा नाम भएकोले अचम्म भएको छ। तर पैह्रो पीड़ितहरुको नाम चाहीँ छोडिएको छ। सञ्जीव लामाले अब पहाडमा परिवर्तन आउनुपर्छ। जनताले पनि बुझेर यस्ताहरुलाई चौकीबाट हटाउनुपर्छ। भारतीय जनता पार्टी सदैव जनताको हित र अधिकारको लागि बोल्नेछ। निमुखा जनताको लागि बोल्छौंँ। भ्रष्टाचारपूर्ण कामको सही ढंगमा विरोध जनाउनेछौँ। लामाले पीड़ितहरुको लागि भाजपाले सही रुपमा छानबीन गर्ने र अधिकारीहरुसित बसेर कुरा बुझ्ने अनि गल्ती सच्चाएन भने अघिल्लो कदम चालिने पनि बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ