इशान गुरुङ मामिलामा सीबीआई जाँचको माग गर्दै माटोको मायाद्वारा खरसाङमा जुलुस

Share this news

खरसाङः माटोको माया फाउण्डेशन सेवा संस्थाको आयोजनामा बेपत्ता भएका सेभोक निवासी किशोर इशान गुरुङ मामिलामा सीबीआई जाँचको माग गर्दै खरसाङ्मा ऱ्याली निकालियो। खरसाङ्को आईएनए बस टर्मिनशबाट आरम्भ गरिएको उक्त ऱ्यालीले राष्ट्रिय राजमार्ग 110 हुँदै अस्पताल मोड़बाट वर्द्धवान रोड भएर रेलवे स्टेशनमा पुगेर एउटा पथसभा पनि गऱ्यो। ऱ्यालीमा सहभागी माटोको माया फाउण्डेशन सेवा संस्थाका सदस्य अनि अन्य विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि अनि सदस्यहरूले आ-आफ्नो हातमा इशान गुरुङलाई चाँड़ो भन्दा चाँड़ो खोजी निकाल्न पर्ने, यस मामिलाको सीबीआई चाँच हुन पर्ने माग गरिएका नाराहरू लेखिएको प्लाकार्डहरू बोकेका थिए। ऱ्यालीमा सहभागीहरूले इशान गुरुङलाई चाँड़ो खोजिनिकाल्ने माग गर्दै यस मामिलाको जाँच सीबीआईद्वारा गरिन पर्छ भन्दै नारा पनि लगाएका थिए। रेल स्टेशनमा सम्पन्न भएको पथसभामा बोल्दै संस्थाका केन्द्रीय समिति प्रमुख समन्वयक मणिन्द्र गोर्खाले भने, एक गरीब परिवारका इशान गुरुङ बेपत्ता भएको आज तीन महिना पुगिसक्यो, आजसम्म तिनको कुनै पत्तो लागेको छैन। वर्तमान समयमा एउटा कुकुर-बिरालो हराउदा त पुलिसमा प्राथमिकी दर्ता गरिन्छ। सक्रियताको साथमा खोजी हुन्छ अनि पाइन्छ भने इशान गुरुङ एक गरीब परिवारको छोरा भएकोले आजसम्म तिनको खोजीमा कुनै ठोस नतिजा प्राप्त हुन सकेको छैन। तिनको खोजी तीब्र होस्‌‍, तिनलाई चाँड़ो भन्दा चाँड़ो खोजि निकालेर तिनका आमा-बाबाको हातमा सुम्पियोस्‌‍ भन्ने माग गर्दै यस मामिलाको जाँच सीबीआईद्वारा गरियोस्‌‍ भनी माग गर्दै हामीले यो ऱ्यालीको आयोजना गरेका हौँ। वर्तमानमा यस्ता अपहरणका काण्डहरू गाउँ-बस्तीमा पनि हुन थाल्यो। वर्तमानमा अभिभावकहरू धेरै सतर्क रहन पर्छ, आफ्नो नानीहरूको अधिक भन्दा अधिक ख्याल राख्नु पर्छ भन्ने सचेतना फैलानको निम्ति पनि यो ऱ्यालीको आयोजना गरिएको हो। तिनले गुनासो गर्दै भने, आज एमपी, एमएलए, एसपी, डीएसपी अथवा कुनै धनी व्यक्तिको नानी हो भने सायद 24 देखि 72 घण्टा भित्रमा खोजि निकालिन्थ्यो होला तर गरीब आमा-बाबाका छोरा भएकोले इशान गुरुङ्को अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छेन। तिनी अहिले कहाँ छन्‌‍, कस्तो अवस्थामा छन्‌‍ केही थाहा छैन, तिनको आमा-बाबाको अवस्था सोचनीय बन्दै गइरहेको छ। तिनले कथित इशान गुरुङ अपरण मामिलामा सीबीआई जाँच हुन पर्ने माग गरे। पथ सभामा बोल्दै संस्थाको खरसाङ शाखा समिति प्रमुख समन्वयक रचिता छेत्रीले भनिन्‌‍, आज इशान गुरुङ हराएको तीन महिना पुरा भइसकेको छ। अहिलेसम्म इशान गुरुङ्को कुनै पत्तो लागेको छैन। आफ्नो छोरा हराएका ती गरीब माता-पिताको अवस्था वर्तमानमा कस्तो भइसकेको छ, त्यो हामी कल्पना मात्र गर्न सक्छौँ। तपाई-हाम्रो पनि घरमा छोरा-छोरी छन्‌‍। हाम्रो नानी हरायो भन्दा हामीलाई केही क्षण समय काट्न कति गाह्रो हुन्छ, ईशानका माता-पिताले तीन महिना आफ्नो छोरा पाउने आशामा बिताइसकेका छन्‌‍। यी माता-पितामाथि अहिले कस्तो अवस्था होला त्यो हामीले कल्पना मात्र गर्न सकेका छौँ। हामी इशान गुरुङलाई खोजी निकाल्न पर्छ भनी यो ऱ्यालीको आयोजना गरेका हौँ। यसका साथै हामीले जनसाधरणमा सचेतना फैलाउनको निम्ति पनि ऱ्यालीको आयोजना गरेका हौँ। छेत्रीले ऱ्यालीमा सहभागी जनाएकोमा सबै सङ्घ-संस्थाका प्रतिनिधिहरू, सदस्यहरूलाई धन्यवाद दिइन्‌‍ अनि यस मामिलामा न्यायलयको ढोका ढकढकाउने पनि बताइन्‌‍। पथसभालाई इशान गुरुङ्का माता-पिताले पनि सम्बोधन गर्ने प्रयास गरे तापनि तिनीहरू आफ्नो छोराको सम्झना गर्दै भक्कानिएपछि बोल्न सकेनन्‌‍। सभामा ईशान गुरुङ्का मामा तथा गाउँ-समाजका प्रतिनिधि रुपेन तामाङ, संस्थाका कार्यकारिणी समिति सदस्य शिव राई अनि अन्यान्यले पनि वक्तव्य राखेका थिए। ऱ्यालीमा खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री प्रधानले पनि सहभागी जनाएकी थिए।


Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ