फोसेप-द्वारा पैह्रो पीडितहरुलाई आर्थिक सहयोग 

Share this news

दार्जीलिङ,20 नोभेम्बर(निसं): दार्जीलिङ पहाडको एक सक्रिय अनि जन सेवारत गैरसरकारी सरकारी संस्था फोसेप(फेडरेशन अफ सोसाइटिज फर इन्भाइरोमेन्टल प्रोटेक्सन)-द्वारा मिरिक सौरेनी क्षेत्रका पैह्रो पीडितहरुलाई आर्थिक सहयोग गरेकोछ भने यसरी पहाडमा मानवीय गल्तीहरुको कारण भलपैह्रो गइरहेको फोसेप महासचिव पर्यावरणविद भरतप्रकाश राईले बताउदै पहाडवासीलाई सतर्कताको सन्देश दिएका छन्।सामाजिक कल्याणको भावना लिएर दार्जीलिङको फेडरेशन अफ सोसाइटिज फर इन्भाइरोमेन्टल प्रोटेक्सन(फोसेफ)-ले मिरिक अन्तर्गत थर्बु 9 माइल, सौरेनी डाड गाउँ र लोवर तोकलाङ गाउँ र सौरेनी क्षेत्रका विभित्र गाउँ-बस्तीका 26 जना पैड़ो पीडितहरुलाई आर्थिक सहायता प्रदान गर्‍यो। यस सहयोग कार्यक्रममा पर्यावरणविद एवं फोसेप महासचिव भरत प्रकाश राई, मिरिक पञ्चायत समिति अध्यक्ष कैलाश खवास, फोसेप सदस्य जीवन कुमार राई,सुरेनी-एक ग्राम पञ्चायत उपप्रधान अजित छेत्री, ग्राम पञ्चायत सदस्य विकास शर्माको विशेष उपस्थिति रहेको थियो।
फोसेप महासचिव भरत प्रकाश राईले भनेका छन्, गत 4 अक्टोबरको दिन गएको विनाशकारी भलपैह्रो प्रभावित भएका पीडितहरुलाई दुःखको घडीमा सहयोग प्रदान गर्नु फोसेपको मुल उद्देश्य रहेको बताउँदै पीडितहरुको वर्तमान दयनीय अवस्थालाई ध्यानमा राख्दै उनिहरुलाई केन्द्र एवं राज्य सरकारले शीघ्र पुनर्वासको व्यवस्था मिलाउनु आवश्यक रहेको बताए। उनले भने, सरकारले लगभग एक महिना अघि पैह्रो पीडितहरुलाई दिएको अश्वासन कुनै स्थितिमा पनि पूरा गर्न जरुरी छ। पीडितहरुलाई आश्वासनले होइन तर हातले कर्म गरेर देखाई दिने सरकारसमक्ष आग्रह गरे। एक प्रश्नको जवाबमा राईले पहाडमा भलपैह्रो जानुको पछाडि मानव जाति नै जिम्मेवार रहेको बताउँदै निरीक्षण एवं परीक्षण नगरी सडक बनाउँदा विशेष गरी नालाको प्रवन्धन उचित रुपमा नगरिएका कारण तथा काममा लापरवाहीको परिणामस्वरुप नै सडक छेउछाउका स्थानहरू विशेष भाल पैडोको चपेटमा परेको र मानिसहरु मृत्युको मुखमा परेका दुःखद घटनाहरु आँखा अधि रहेका बताए। ग्रामीण क्षेत्रमा बाटो बनाउँदा नालीहरु खुल्ला बनाउन पर्ने ग्राम पञ्चायतले निर्देश दिनपर्ने बताउँदै, उनले सेमिनार र सभाहरुमा प्राकृतिक आपदा मोचनबारेमा ठूला-ठूला कुरा गरिए तापनि व्यवहारिकतामा यो सटीक ढंगमा लागू गर्न नसकिएकोमाथि बिन्ता व्यक्त गरे। राईले मानिसहरुमा पर्यावरण अनि प्राकृतिक आपदा बारेमा सदैव सचेत रहने आग्रह पनि गरे। कार्यक्रममा फोसेप सदस्य एवं वरिष्ठ सामाजिक कार्यकर्ता जीवन कुमार राईले पैह्रो पोडितहरुलाई पूनर्वास आजको आवश्यकता रहेको र सम्बन्धित सरकारले गम्भीरतापूर्वक यस विषयमा पहल गर्न सके मात्र पीडितहरुले न्याय पाउने बताए। कार्यक्रममा फोसेपका कोसाध्यक्ष दोर्जे लामा, मिगमा शेर्पा, रेशभ छेत्री, निलम सार्की, रश्मि भारती लगायत अन्यको उपस्थिति थियो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ