भारतीय अन्तराष्ट्रिय व्यपार मेलामा पेशोकको वर-पीपल एसएचजी

Share this news

पेशोक, 20 नोभेम्बर(निसं): दार्जीलिङ,19 नोभेम्बर(निसं): नयाँ दिल्लीमा भईरहेको 44 वाँ भारतीय अन्तराष्ट्रिय व्यपार मेलामा पेशोकको वर-पीपल एसएचजीको सहभागिताले दार्जीलिङ पहाडमा हर्षको माहौल छाएकोछ।भारतको राष्ट्रीय राजधानी नयाँ दिल्लीको प्रगति मैदानमा भईरहेको भारतीय अन्तराष्ट्रिय स्तरको व्यापार मेलामा रंगली-रंगलीयट खण्डको लामाहट्टा ग्राम पञ्चायत अंतर्गत पर्ने पेशोक चियाबारी, डाक बंगलो गाउँको वर-पिपल स्वनिर्भर समूहले सहभागी जनाएकोछ। गत 14 नोभेम्बरदेखि शुरू भएको उक्त भारतीय अन्तर्राष्ट्रिय व्यापार मेला आगामी 27 नोभेम्बरसम्म चल्ने वर-पिपल स्वनिर्भर समूहका सुशीला राई अनि दोरीना तामंगले जनाएका छन् । उक्त मेलामा पेशोक चियाबारीका स्वनिर्भर समूह वर-पिपल स्वनिर्भर समूह द्वारा तैयार पारिएका अनि उत्पादन गरेका उत्पादहरु जस्तै ग्रीन टी, डल्ले खोर्सानीको पेस्ट, पिकल लगायत चियाबारीमा पाइने तितेपाती जस्ता झार-पातबाट बनाईएका उत्पादहरु उक्त मेलामा राखिएको सुशिला राई अनि दोरिना तामाङले हिमालय दर्पणलाई बताएकी छन्।दिल्लीबाट राई अनि तामाङले देशको राजधानी दिल्लीको प्रगति मैदानमा भईरहेको यो भारतीय अंतराष्ट्रीय स्तरको व्यापार मेलामा आफूहरुले सहभागी जनाउन पाउनु ठूलो सौभाग्य रहेको जनाए। मेलामा आफूहरुले गत 15 नोभेम्बर देखि स्ट्लमा विभिन्न उत्पादहरु राखेको बताउँदै भारतेय अन्तरराष्ट्रीय स्तरको  व्यापार मेलामा धेरै मानिसहरुले स्ट्लको भ्रमण गर्दै उत्पादनहरुको खरीद गरेको जनाइन्।  सुशीला राईले वर-पिपल स्वनिर्भर समूहलाई यी उत्पादहरु तैयार गर्नको निम्ती  बिल गेट्स फाउंडेसन अनि  डिडब्लूएस द्वारा आर्थिक सहयोग साथै मसिन प्रदान गरिएको जनाईन्।उनी भारतीय अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागीता जनाउन पाएकोमा स्वनिर्भर समुहलाई हरेक कुरूमा सहयोग प्रदान गर्ने डीड्ब्लुएस अनि बील गेट्स फाउण्डेसन प्रति आभारी रहेको बताउदै आफ्ना स्वनिर्भर समुहका अन्य सदष्यहरु जसले यी उत्पादहरु तयार गर्न सहयोग गरे उनीहरु प्रति आभारी रहेको दोरिना तामङ अनि सुशिला राईले थप जानकारी जनाइन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ