पैह्रो पिडितहरूको सहुलियतमा धाँधलीको खुलासा

Share this news

दार्जीलिङ, 19 नोभेम्बर (निसं):दार्जीलिङ-पुलबजार खण्ड विकास अन्तर्गत पैह्रो पीडितहरुले पाउनुपर्ने सहुलियतमा धाँधली भएको सचेत युवा समूहले खुलासा गरेको छ। सचेत युवा समूहद्वारा बिजनबारी खण्ड विकास अधिकारीलाई -6 बुदें ज्ञापन चडाउँदै पैह्रो पीडितहरूको सूची सन्तोषजनक नरहेको समूह संयोजक करण क्षेत्रीले जनाएका छन्। खण्ड विकास अधिकारीलाई चडाएको 6 बुदें ज्ञापन पत्रका चित्त नबुझ्दो आधारहरू। क्षति भएका सबै क्षेत्र तथा घर-परिवारमा खण्ड विकास कार्यालय तथा सम्बन्धित विभागबाट तुरून्तै घटना स्थलको भ्रमण गरी वास्तविक तथ्य परक विवरण संकलन गरियोस् । वास्तविक पिडितहरूको सूचि पुनः सत्यापन (पुन: प्रमाणीकरण) गरी मात्र सहायता/राहत रकम वितरण गरियोस्। गैरपात्र, मनपरी वा प्रभाव प्रयोग गरी सूचीमा नाम दर्ता गरिएका व्यक्तिहरूको नाम तुरून्तै हटाइयोस्। पहिले नै सत्यापन नगरी रकम वितरण गर्ने प्रक्रिया तत्काल रोक लगाइयोस् र आवश्यक सुधार समेत गरियोस्। राहत वितरण प्रक्रियामा पूर्ण पारदर्शिता तथा सार्वजनिक रूपले सूची प्रकासन सार्वजनिक खुलासा अनिवार्य गरियोस्। भविष्यमा यस्तो प्रकारको अनियमितता नदोहोऱ्याउन स्थानीय स्तरको अनुगमन समिति गठन गरियोस भनी उल्लेखित ज्ञापन पत्र सचेत युवा समुहका एक प्रतिनिधि टोलीले सोमबार दार्जीलिङ-पूलबजार खण्ड अधिकारीलाई भेट गरि बुझाएको छ। बिजनबारी खण्ड विकास अधिकारीले आस्वस्त गराउदै पीडितहरूको सही विवरण ग्राम पञ्चायतबाट बुझाउन सके जसको समाधान गरिदिने सचेत युवा समूहलाई दिएको छ। बिजनबारी खण्ड भरिको 23 वटा ग्राम पञ्चायतमा भएको पैह्रो पीडितहरूको नाममा आएको सहुलियतमा भएको धाँधली र अनियमितता माथी प्रश्न उठाउँदै जनताको पक्षमा खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र पेश गरेर 6 बुदें माँगको आधारहरू स्पष्ट बनाएको छ। कतिपय ग्राम पञ्चायतहरूमा सही काम गरेको हुन सक्छ तर धेरैवटा ग्राम पञ्चायतको निमुखा जनताको हक अधिकार को निम्ति कुराहरू राख्यौं। अब जिम्मा पीडितहरूको र सचेत नागरिक र समाजको हो। जसको नाम सूचीमा छुट्टाइयो , जसको घर भत्केर पैसा आएन, जसले नपाउनुपर्ने थियो पायो, जसको आशिंक क्षति लाई पूर्ण क्षति बनाइयो यस्तो अनियमितता भेदभाव र पक्षपात विरुद्ध  घरमा बसेर गुनासो पोख्ने कि? अघि निस्किएर आफ्नो हक अधिकार को निम्ति संघर्ष गर्ने? भनि प्रश्न गर्दै अब त्यो तपाईंहरूको जिम्मेवारी हो भनि अदृश्य रहेर दोष्यानेहरूलाई स्पष्ट गराएको छ।
 उनले म कैंजले ग्राम पञ्चायत लगायत वरिपरिका  सम्पूर्ण ग्राम वासी जनतालाई अपील गर्नु चहान्छु तपाईंहरू ज-सलाई यो अन्याय भयो भन्ने लाग्छ र यसमाथि असन्तुष्टि छ अघि निस्किएर आवाज बुलन्द पार्नुपर्छ, लडाइँमा  हाम्रो पनि सहभागिता हुनेछ भनि सचेत युवा समूहका मुल सचिव करण छेत्रीले विस्वास साथै यस्तो कार्यमा जीटीए-को पनि हेरविचार गर्ने दायित्व रहेको करण छेत्रीले थप जनाएका छन्।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ