विकरन फाउण्डेसनद्वारा आशा गाई लाभार्थीहरुलाई हस्तान्तरण

Share this news

रिम्बिक,19 नोभेम्बर(निसं): विकरन फाउण्डेसनले प्राणी  संसाधन विकास (एआरडी) विभाग जीटीए-को पहलमा गौधन आशा गाई योजना अन्तर्गत पुलबजार-दार्जीलिङ खण्ड विकासको रिम्बिक-लोधोमा समष्टि अन्तर्गत लोधोमा ग्राम पञ्चायत-दुईको फेदीखोला निवासी पहिरो पीडितद्वयलाई गाई वितरण गरेको छ। लाभार्थीहरु क्रमैले गम्बु शेर्पा र अमर राई हुन्। फाउण्डेसनका संस्थापक विक्रम राईको नेतृत्वमा उनको टोली  लगायत जीटीए-का एआरडी विभागका अधिकारीहरू फेदीखोला प्राथमिक पाठशाला  प्रांगनमा पुगेर उनीहरूको बाहुलीबाट लाभार्थीहरुलाई क्रमैसँग गाई हस्तान्तरण गरेका छन्।यी गाईहरुको रिम्बिक एबीएचसी इञ्चार्ज डाक्टर सिवानी तामाङ अनि डाक्टर रमनाथ भट्टराईद्वारा स्वास्थ्य जाँच गरेपछि लाभार्थीहरुलाई हस्तान्तरण गरिएको हो। यस अवधि रिम्बिक फ्रेशका संस्थापक मिङमा गिर्मी शेर्पा, बिजनबारीका बीएलडीओ डाक्टर उत्तम मनी प्रधान, एलडीए डाक्टर कुमार शर्मा, ग्राम पञ्चायत प्रधान लाक्पा छेकी शेर्पा लगायत गाउँबासी उपस्थित रहेका थिए। विशेष गत 4 अनि 5 अक्टोबरको पहिरोले गाई वस्तु पुरिएर क्षति पुगेको थियो। यसैलाई मध्य नजर गरेर विकरन फाउण्डेसन अनि एआरडी विभाग जीटीए- ले गौधन आशा गाई योजना अन्तर्गत पहाडका विभिन्न क्षेत्रहरुमा जम्मा 24 वटा गाई पहिरो पीडितहरुलाई प्रदान गरिरहेको फाउन्डेसनका संस्थापक विक्रम राईले  बताएका छन्। एआरडी विभागद्वारा बनाइएको सूची अन्तर्गत नै पूलबजार दार्जीलिङ खण्ड, सुके , मजुवा अनि मिरिक क्षेत्रमा पनि  गाई वितरण गरिने उनले जनाए। गाई हस्तान्तरण गरेपछि यी गाईहरु आशा गाई योजनामार्फत वितरण गरिएको कारण यसको  नाम आशा- नै राखिदिने पनि लाभार्थीहरुलाई  विक्रम राईले अपिल गरे साथै गाई दाताहरुलाई पनि उनले धन्यवाद व्यक्त गरे। यसका साथै दुवै लाभार्थीले पहिरोको चपेटामा परेर आफ्नो गाईहरु मरेपछि धेरै दुःख भोग्नु परिरहेको समयमा विकरन फाउण्डेसन अनि जीटीए,  एआरडी विभागले गौ-धन , आशा गाई योजनामार्फत गाई प्रदान गरेर आफुहरुमाथि ठूलो गुण लगाएकोमा कृतज्ञता प्रकट गरेका छन्। यसका साथै गाउँ समाज अनि ग्राम पञ्चायतको तर्फबाट पनि खञ्जु शेर्पाले फाउण्डेसनलाई धन्यवाद दिएका छन्।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ