रेड पाण्डा सिक्किम च्याम्पियन लंगुरदाङ गोल्ड कप-25 

Share this news

मजुवा, 17 नोभेम्बर(निसं): (देशबहादुर कुलुङ): लंगुरदाङ गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको सफल आयोजनामा सम्पन्न, चौंथो सत्र गोल्ड कप फुटबल प्रतियोगिता-2025 रेड पाण्डा च्याम्पियन बन्यो। रेलिङ-कैंजले समष्टि कार्यकारी सभासद सतिश पोखरेलको अध्यक्षतामा सम्पन्न खेलको प्रमुख अतिथि जीटीए सभा अध्यक्ष अञ्जुल चौहानको विशेष  उपस्थिति रहेको थियो भने विशिष्ठ अतिथिहरूमा ग्याछो भोटिया, सञ्जय राई लगायत अन्य विशिष्ट जनहरूको उपस्थितिमा सम्पन्न फाइनल खेल जर्जियन एफसी बनाम रेड पाण्डा सिक्किमको माझ भएको खिताबी लडाइँ खेलमा 1 को विरूद्ध 1 गोल गरेर यथावत् समय सकिएपछि पेनल्टी सुटाउट-मा जर्जीयन एफसीले हारको सामना गर्न पर्‍यो भने रेड पाण्डा सिक्किमले लंगुरदाङ गोल्डकप चौथो एडिसनको च्याम्पियन्स बन्दै आकर्षक ट्रफी सहित नगद पुरस्कार 2 लाख 50 हजार रुपियाँ हत्यायो भने जर्जीयन एफसीले उपविजेताको पुरस्कार नगद 2 लाख सहित ट्रफीमा चित्त बुझाउनु परेको छ।  फाइनल खेलको अध्यक्ष, प्रमुख तथा विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रदान गरिएको पुरस्कारहरूमा आजको उत्कृष्ट खेलाडीको पुरस्कार सोनुहाङ सुब्बा रेड पाण्डा सिक्किम, पहिलो गोल दाग्ने एलिस राई रेड पाण्डा, प्रतियोगिता भरि कै सर्बोत्कृष्ट खेलाडी देवशिष राई जर्जियन एफसी, उत्कृष्ट दल सीएसए सिक्किम, उत्कृष्ट गोलरक्षक निगम सिङ दार्जीलिङ पुलिसलाई प्रदान गरियो। अध्यक्षको सम्बोधन राख्दै सभासद पोखरेलले भने लंगुरदाङले प्रत्येक वर्ष गोल्डकप आयोजना गरेको हुनुपर्छ। जबसम्म सतिश पोखरेल रहेको हुन्छ लंगुरदाङको गोल्डकप भईरहेको हुनपर्छ। अब आगामी 2026 को एडिसनमा शान्ति ग्रामको अनि धोत्रे शेर्पा गाउँको बाटो भएर पनि लंगुरदाङ गोल्डकपमा आउन सकिन्छ भन्दै गाडीको पक्का सडक निर्माण हुने संकेत दिए। यसैगरि आगामी 2027 को एडिसनमा बतासे भीरगाउँ भएर पनि अलकत्रे बाटोबाट लंगुरदाङ आइपुग्न सकिन्छ भन्दै, यो सतिश पोखरेलको वचन हो भनि स्थानीय वासीहरूलाई विश्वास  दिलाए। यसैगरि जीटीए सभा अध्यक्ष चौहानले पनि सम्बोधन राखेको थियो। विभिन्न रंगारंग कार्यक्रममा बिजनबारी सप्तर्षि एकाडेमीका व्याण्ड, लंगुरदाङ हिमाली विद्या निकेतनका सामुहिक नृत्य प्रस्तुती लगायत स्थानीय प्रतिभाहरूको गायनका साथमा सम्पन्न खेलमा विशिष्ट व्याक्तित्वहरूलाई सम्मन स्वरूप स्मृति चिन्ह प्रदान गरिएको थियो।एलजीएसए-का मुलसचिव सनिप सुब्बाद्वारा सञ्चालन गरिएको फाइनल खेलमा दर्शकहरूले खचाखच भरिएको उक्त लंगुरदाङ खेलमैदानमा सम्पन्न ए डिभिजन सेभेन साइडको यस एडिसन गोल्डकप फुटबल प्रतियोगितामा नेपाल, सिक्किम, कालेबुङ, खरसाङ अनि दार्जीलिङका उत्कृष्ट 16 वटा दलहरूले सहभागिता जनाएको थिए। आजको खेल निर्णायकहरू प्रमुख रोबर्ट राई, सहयोगीहरू शिसन मगर, आदर्श थापा अनि फोर्थ अम्पायर आदित्य राई रहेको थियो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ