अब क्षेत्रीय राजनैतिक सुरक्षाको राजनीति हुनुपर्छ : अनित थापा

Share this news

दार्जीलिङ,18 नोभेम्बर(निसं): लोवर सिटोङमा नयाँ सडकको शिलान्यास समारोहमा सम्बोधन गर्दै गोर्खाल्याण्ड टेरिटोरोयल एड्मिनिस्ट्रेसन(जीटीए) चिफ एक्ज्युकेटिभ अनित थापाले अबको राजनीति क्षेत्रीय राजनैतिक सुरक्षाको राजनीति हुनुपर्छ भनी बताएका छन्।
जीटीएका मुख्य कार्यपाल अनित थापाले आइतबार लोवर सिटोङमा नयाँ सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय जनतालाई सम्बोधन गरे। उनले विगतका अपूर्ण वाचाहरूको आलोचना गर्दै भोटको अधिकार र स्थानीय विकासबीचको सम्बन्धलाई जोड दिए। शिलान्यास कार्यक्रममा बोल्दै थापाले भने, वर्षौंदेखि बाटो बनाइदिन्छु भनेर भोट त आयो तर बाटो बनेन। आज यहाँको दीर्घकालीन माग पूरा हुँदैछ। जुन गाउँलेले भोट हालेन, त्यही गाउँमा आज बाटो बनिँदैछ, यो इतिहास हो। उनले नो रोड,नो भोट आन्दोलनका कारण मतदाताहरूले आफ्नो अधिकार गुमाएको बताउँदै आगामी निर्वाचनमा सचेत भोट हाल्न आग्रह गरे।थापाले भने,चुनाउ आउँदा सबैले जाति र भावनात्मक मुद्दाको कुरा गर्छन्, माटोको कुरा गर्छन्, तर बाटो भुल्छन्। म मेरा विचार राख्छु, मानिसले मेरो काम मन परायो भने भोट दिन्छ, नपराए दिँदैन। म कसैलाई चम्काएर वा उक्साएर राजनीति गर्दिन। जीटीए चिफले गोर्खाको राजनीतिक अधिकार र क्षेत्रीय राजनीतिलाई जोड दिँदै भने,सुवास घिसिङले गोर्खालाई आफ्नो किपट फिर्ता दिएका थिए। अहिले त्यस किपटको सुरक्षा क्षेत्रीय शक्तिहरूले गर्नुपर्छ। हाम्रो राजनीतिक लडाई क्षेत्रीय दलहरूबीच हुनुपर्छ, राष्ट्रिय दललाई ल्याएर लड्ने लडाईमा हाम्रा आवाजहरू दबिन्छन्।थापाले स्पष्ट पारे कि उनी तृणमूल काँग्रेससँग गठबंधनमा भए पनि बीजीपीएम पार्टी क्षेत्रीय पहिचान र राजनैतिक संरक्षणका लागि स्थानीय, र विधान सभा चुनावहरू आफ्नै चुनाव चिह्नमा लड्नेछ। उनले भने,हामीले जीटीए र पञ्चायत चुनाव आफ्नै बुतामा लड्यौं, अन्य सबै दल एक भएर हाम्रो विपक्षमा उभिए।
उनले अझ भने, पहाडको राजनैतिक नेताहरूले गोर्खाको राजनैतिक सुरक्षा गर्नु पर्छ भन्ने कुरा बुझ्नुपर्छ नत्र भावी पिडीलाई गाह्रो पर्छ। हाम्रो लड़ाई हामी भित्र नै हुनुपर्छ। मेरो राजनीति हाम्रो क्षेत्रीय राजनैतिक सुरक्षाको निम्ति हुनेछ अनि प्रत्येक चुनाउ म आफ्नो चुनाउ चिन्हमा लड्नेछ। राष्ट्रिय चुनाउले हामीलाई त्यति फरक पार्दैन तर क्षेत्रीय चुनाउ हामी हाम्रो चुनाउ चिन्हमा लड्नेछौ।हालैको प्राकृतिक विपत्तिको सन्दर्भमा थापाले केन्द्रबाट आएका नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै भने,दिल्लीबाट आएका मन्त्रीहरू चिया पिएर फर्किए, तर मुख्यमन्त्रीले पीडितको घरदेखि रोजगारीसम्मको व्यवस्था गरेर देखाउनुभयो।उनले स्थानीय जनतालाई आग्रह गर्दै भने, चुनाव आउँदैछ। भोट मलाई होइन, आफ्नो गाउँ र विकासका लागि मतदान गरौं, थापाले थपे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ