मंगर संघ भारत सिटोङ जोनल समिति गठन

Share this news

दार्जीलिङ,17 नोभेम्बर(निसं): केन्द्रीय समिति अध्यक्ष कमल मंगर, महासचिव शंकर राना, उपाध्यक्ष आइडी थापा मंगर, सहसचिव सञ्जीव थापा मंगर, सल्लाहकार अदिप थापामंगर, कार्यकारी सदस्य मनिष राना, बीबी मंगर लगायत अन्य पदाधिकारीगणको उपस्थितिमा सिटोङ खासमल अनि सिन्कोना बगान अन्तर्गतका विभिन्न शाखा प्रतिनिधिहरूलाई लिएर एउटा महत्वपूर्ण सभा नस्पति गाउँ स्थित  आशा थापा मंगर स्मृति सामुदायिक भवनमा  सम्पन्न भयो। सभाले सर्वसम्मतीमा नयाँ क्षेत्रीय समिति निम्न प्रकारले गठन गरियोम जसमासभापति श्री सुरत थापा मंगर,उ पसभापति प्रदीप थापा मंगर,सचिव श्री  राजेन थापा मंगर,सहसचिव मनिकुमार थापा मंगर,
कोषाध्यक्ष तारा थापा मंगर,सह-कोषाध्यक्ष  रूपेन्द्र थापामंगर कार्यकारिणी सदस्यहरूमा बीबी मंगर, सन्देश थापा मंगर, भाइसेन थापा मंगर, बुद्ध थापा मंगर, महेन्द्र थापामंगर, रूपेन थापामंगर, जगत थापामंगर, विकास थापामंगर, मनोज थापा मंगर थिए। सभालाई केन्द्रीय अध्यक्ष  कमल मंगर, महासचिव शंकर राना, उपाध्यक्ष आइडी थापा मंगर, सल्लाहकार अदिप थापा मंगर  अनि भाषा संस्कृतिविद्ध बीबी मंगरले सम्बोधन गरे । वक्ताहरूले वर्तमानमा संस्थाको गतिविधि अनि  भावी कार्यक्रमहरू माथि प्रकाश पारे अनि सबैलाई सचेत भइ जातिको पारम्परिक धर्म संस्कार,  रीतिथिति,  भेष भुषा, भाषाको संरक्षणसँगै उन्नतिको निम्ति अघि आउन पर्ने आवश्यकतामाथि जोड दिए।


Share this news
आजको रोजाइ
पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला