जीटीए-मा वर्क डन सिस्टम अविलम्ब बन्द हुनुपर्छ : भाजपा

Share this news

दार्जीलिङ,16 नोभेम्बर(निसं): भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला समिति महासचिव सुजेन्द्र राईले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिट्र्सन)- मा कुनै पनि विकासको काममा वर्क डन सिस्टम अविलम्ब बन्द हुनुपर्छ। गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिट्र्सन-ले वर्क डन सिस्टम अविलम्ब बन्द गर्नुपर्छ। यस्तो प्रथाले कुनै सरकारी  योजना गुणस्तरीय छैन। ठेकादारहरुले पनि वाध्यताले यस्ता काम गर्नु परिरहेको र कामको गुणस्तर नरहेको व्यापक जनगुनासो छ। वास्तवमा सिस्टम विना  गरिएको यस्ता योजनाहरु सबै जनताको आँखा छल्ने प्रयास मात्रै हुन्। उनले भनेका छन्, यस्ता कामहरुका कारणले न त ठेकादारहरुलाई ढुक्कपन छ। न त कुनै काम गुणस्तरीय छ।  यसप्रकारको सिस्टम-ले भ्रष्टाचार मात्रै बडिरहेकोछ। अब ठेकादारहरु पनि होशियार बसुन्। सत्ताको गुलाम हुने चरित्र बन्द गरुन्। जीटीए क्षेत्रका जनताले पनि बिकाशको सवालमा यस्तो अवैधानिक र सिस्टम बिनाको कामहरु गराउनु हुँदैन भन्ने पक्षमा होशियार हुनुपर्छ।राईले भनेका छन्,  हालमा यस्तो वर्क डन मार्फत गरिएको कामहरुका जिटीएलाई बक्यौता राशी झण्डै 2 सय 50 करोड पुगेको छ। यो बक्यौता राशी जीटीएको लागि क्यान्सर नै भएकोछ। भोलिको दिनमा यो बक्यौता राशी कसले कसरी र किन समाधान गर्छ ? जसले काम दियो, उनीहरू पद मुक्त भइसकेका हुनेछन्।घाँटीमा पासो झै हुनेछ। सरकारले जिटीएलाई फण्ड प्रदान नगरी गरिएको यस्ता कामहरूका वास्तविक वैध्यता हुँदैन। जिटीएमा राज्य सरकारको उदासीनताको कारण आवश्यकता बमोजिम पर्याप्त फण्ड दिँदैनन्।जसको कारणले  जिटीएका  ठेकादारहरु सबै  रुनु न हाँस्नु पर्ने स्थितिमा रहेको प्रचुर हल्ला छन्।
जीटीए-लाई बक्यौता बडाउँदै सिस्टम-लाई ताकमा राखेर गरिने यस्ता अवैधानिक योजनाहरु अविलम्ब बन्द हुनुपर्छ।  पहाडबाट यस्तो प्रथा नै हटाउनुपर्छ। जनताको निम्ति उपयुुक्त हुनेछ, राईले थपे।

Share this news
आजको रोजाइ
दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

आजको रोजाइ