रेडक्रस बिल्डिङ जाने बाटो जोखिम अनि जिर्ण अवस्थामा

Share this news

दार्जीलिङ,16 नोभेम्बर(निसं): दार्जीलिङ शहरमा रहेको रेड क्रस सोसाइटी बिल्डिङ-मा जाने बाटो मुल गेट नजिकको अवस्था अति नै जोखिमपूर्ण साथै कुनै पनि समय यसमा दुर्घटना हुन सक्ने अवस्थामा पुगिसकेको छ, दार्जीलिङ रेड क्रस सोसाइटी एक दार्जीलिङ पहाडको गरिमामय संस्थान हो। यस यस रेडक्रस सोसाइटीको बिल्डिङ भित्र विभिन्न गैर सरकारी संस्थानहरूको कार्यले पनि रहेको छ। जसमा दैनिक मानिसहरू आउने जाने गर्छन्। ती मानिसहरूलाई बिल्डिङको मूल गेटमा भएको खतरनाक बाटोले कुनै दिन दुर्घटनामा पुर्‍याउन सक्छ भन्ने बिल्डिङ भित्रका कार्यालयका कर्मचारीहरु साथै अधिकारीहरु बताउँछन्। रेड क्रस सोसाइटी बिल्डिङ केही नजिक ठूलो झोडा भएकोले त्यस झोडामा कुनै प्रकारको सुरक्षा व्यवस्था नगरिएकोले नै रेडक्रस सोसाइटी बिल्डिङ भित्र जाने बाटोलाई क्षति पुर्‍याइरहेको स्थानीय मानिसहरु बताउँछन्। नजिकको झोडा निकै खोपिएर गइसकेको छ वरिपरि नजिक पहिरो पनि गइसकेको छ, यसै झोडा नजिक रहेको एक सार्वजनिक शौचालयलाई पनि निकै खतरामा  पुर्‍याइसकेको छ। गत वर्ष पनि झोडामा पहिरो गएकोले यहाँ स्थित टनबुल उच्चतर माध्यमिक विद्यालय जाने सडकलाई नै क्षति पुर्‍याएको थियो निकै जोखिम पनि बनाएको थियो भनी स्थानीय मानिसहरु साथै विद्यालय पक्षले बताएकोछ। यो बाटो भएर रेडक्रस बिल्डिङ भित्र मात्र नभएर त्यस परिसरमा बसोबासो गर्ने मानिसहरूको निम्ति पनि यो सडक अन्य स्थानसित सम्पर्क  हुने एक मुख्य बाटो हो। यदि यो बाटो भत्कियो भने त्यस क्षेत्रवासी पनि अन्य स्थानमा जान सक्ने छैनन् ,गत केही वर्ष अगाडिदेखि बिस्तारै बिस्तारै यो सडकको मुनितिर दबिँदै गइरहेको देखिँदैछ, यसरी प्रतिवर्ष दबिँदै गएकोले सडकको माथिल्लो सतह दबिएर चर्किसकेको छ, कुनै कुनै पनि समय यो सडक पहिरो गएर झोडामा पुग्न सक्ने रेडक्रस क्षेत्रवासी बताउँछन्। दार्जीलिङ नगरपालिका वार्ड नम्बर 15 अन्तर्गत पर्ने यस क्षेत्रमा रेड क्रस सोसाइटी बिल्डिङ साथै केही जनसाधारणहरु पनि बस्ने गर्छन्। यस क्षेत्रको वरिपरि ट्रर्नबुल उच्चत्तर माध्यमिक विद्यालय अनि केही माथि नेपाली कन्या उच्चतर माध्यमिक विद्यालय, नजिक रिङ्ग मल अनि सबैभन्दा नजिक पूर्व दार्जीलिङ विधायक तथा पुर्वी  दार्जीलिङ नगरपालिका अध्यक्ष अमरसिंह राई का घर पनि पर्दछ दार्जिलिङ नगरपालिका क्षेत्रमा यस प्रकारको समस्याहरू जस्तै अव्यवस्थित झोडानाला सडकहरूको जिर्ण अवस्था साथै नगरपालिकाको कानुन विरुद्ध अवैध अतिक्रमण साथै चार तलाभन्दा पनि अधिक बिल्डिङहरू निर्माण ले दार्जिलिङ नगरपालिकालाई दिनप्रतिदिन विकास होइन उन्नति होइन अधोगतितिर लगिरहेको दार्जीलिङ पहाडका सचेत व्यक्तिहरूको भनाइ छ । दाजिङ नगरपालिका एक ऐतिहासिक साथै विरासत बोकेको नगरपालिका हो तर पनि दार्जीलिङ नगरपालिकाले दार्जीलिङ शहरलाई सुधार र व्यवस्थित गर्न सक्षम बनिरहेको छैन भनी सहरवासीको गुनासो छ। प्रत्येक चुनाउमा दार्जीलिङ नगरपालिकालाई सुन्दरीकरण गर्ने, अतिक्रमण,अवैध निर्माण साथै अव्यवस्थित क्षेत्रलाई व्यवस्थित अनि असल नगरपालिका बनाउने नारा लिएर विजयी बनेको सत्ताधारी पार्टीहरूले पनि चुनाउपछि दार्जीलिङ नगरपालिका क्षेत्रलाई सुधार होइन आफ्नो निजी स्वार्थ साथै राजनीतिक बढोत्तरीको मात्र काम गर्ने परम्परा रहेको दार्जीलिङ पहाडवासी बताउँछन्। दार्जीलिङ नगरपालिकाले पटकपटक कोशिस अनि कार्यक्रमहरू सुरु गरेता पनि दार्जीलिङ नगरपालिकाको सकारात्मक पहल अनि व्यवस्थित अभियानलाई टुङ्गो नलगाई रोकिने गरिन्छ साथै नगरवासीले पनि सहयोग नगरेको देखिन्छ दार्जिलिङ नगरपालिकामा नगरवासीले विश्वास गरेको जस्तो विकासको कार्य नभएको अनि नगरपालिकाले नगरवासीलाई विश्वास गरेको जस्तो सहयोग नगरिदिएको यस प्रकारको दोबर समस्याले नै दार्जीलिङ नगरपालिका विकास अनि सुधार हुन सकेको छैन भन्ने दार्जीलिङ पहाडका सचेत व्यक्ति हरू बताउँछन्।

Share this news
आजको रोजाइ
दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

आजको रोजाइ