सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

Share this news

दार्जीलिङ,1 5 नोभेम्बर (निसं): सुके माने भञ्ज्याङ समष्टिअन्तर्गत लामी नयाँ बस्ती गाउँलाई जोड्ने सड़क नै गत 4 अक्टोबरको पैहोले चुड़िएर झरेपछि उक्त गाउँका मानिसहरूलाई यातायात गर्न धेरै समस्या भइरहेको छ। आधा बाटोमा नै सड़क चुड़िएपछि स्थानीय माली समाजका प्रतिनिधिहरूले उक्त सड़क निर्माणको निम्ति दार्जीलिङका सांसद राजु विष्टलाई गुहार लगाउँदै पत्रचार गरेको जानकारी प्रेम थुलुङले दिएका छन्। आज प्रत्यक्ष रूपमा सांसदसित भेट्न नपाए पनि सांसदका कार्यालय सचिवसमक्ष उक्त चिट्ठी सुम्पिएको र कार्यालय सचिवले पनि सोझै उक्त चिट्ठी सांसदकहाँ पठाइदिने आश्वासन दिएको थुलुङले जनाए। उनले भने, बाटो चुड़िएको यत्रो दिन भइसक्यो, तर आज कतैबाट पनि बनिने छाँट छैन। त्यसैले हामीले सांसदलाई गुहार माग्दै पत्रचार गरेका हौं। सड़क नै चुड़िएको कारण आधा बाटोसम्म मात्र गाड़ी जान्छ। जसको मर्का हामीलाई परिरहेको छ। युवाहरू उक्त बाटो भएर पैदल आवात जावत गर्न सके तापनि विद्यार्थी साथै रोगी विरामीहरूलाई धेरै समस्या भइरहेको बताउँदै उनले भने, साथीहरूले जीटीएबाट पनि पह गर्दैछ भन्दैछ। 3 जगा पैहो गएको छ। आउने दिसम्बर महिनाभित्रसम्म उक्त सड़क नबनिए बंगाल विधानसभा चुनाउको कारण जनवरीदेखि आचार संहिता लाग्ने सन्देह व्यक्त गरे। उनले भने, जुनै भए पनि पार्टीले भए पनि उक्त सड़क बनाइदियोस् भन्ने हाम्रो अपिल छ। स्थानीय पञ्चायतलाई पनि भनेका हौं। पञ्चायतले पनि तारपोलिन मात्र दिन्छ। गाउँमा 106 परिवार रहेको पनि उनले बचाए। सड़क चुड़िएको कारण गाउँसम्म गाड़ी नआउँदा अरू बेला ग्यास सिलिण्डर बोक्नु 50 रूपिया लाग्थ्यो भने अहिले 150 रूपियाँ तिर्नु परिरहेको तीतो सत्य पनि उनले बताए। समाजद्वारा सांसदलाई सांसद कोषबाट चाँड़ो भन्दा चाँड़ो सुरक्षा देवल लगाइदिने गुहार लगाउँदै पत्रचार गरेको जानकारी प्रेम थुलुङले दिएका छन्।

Share this news
आजको रोजाइ
‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

आजको रोजाइ