चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

Share this news

दार्जीलिङ, 15 नोभेम्बर (निसं): आज चिल्ड्रेन्स डे को अवसरमा पोखेबुङ सेन्ट मार्गेट एकाडेमी स्कूलका कक्षा १ देखि नवीं श्रेणीका विद्यार्थीहरू दार्जीलिङको सानो रेल चढ़ेर बेस्सरी रमाए। विद्यार्थीहरू सितै स्कूलका शिक्षिकाहरूले पनि आज दार्जीलिङको रेलमा चढेर चिन्ड्रेन्स डे-मनाए। अरू बेला आँखाले मात्र देख्ने रेलमा आज आफूहरू चढेर यात्रा गर्नु पाउँदाको मज्जा र अनुभव नानीहरूको निम्ति छुट्टै थियो। आज चिल्ड्रेन्स डे को उपलक्ष्यमा
दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) द्वारा लाई निःशुल्क रूपमा दार्जीलिङ रेलवे स्टेशनदेखि घूम रेलवे स्टेशनसम्म निःशुल्क जोय राइड गराएको हो। आज डीएचआरले विद्यार्थी नानीहरूसित चिनड्रेन्स डे मनायो। नानीहरूलाई रेलमा चढ़ाउन अघि स्टेशन म्यानेजर सुमन प्रधानले नानीहरूलाई मिठाई अनि डीएचआरको लोगो भएको स-सासो झण्डाहरू वितरण गरे। डीएचआरले आज रेल यात्रा दुइचरणमा गराएको थियो। पहिलो चरणको रेल यात्रा बिहान ९:२० बजी गराइयो भने अर्को यात्रा ११:२० बजी गराइयो। विशेषगरी स्थानीय विद्यार्थीहरूले पनि दार्जीलिङको टोय ट्रेनबारे बुझोस् अनि रेल यात्रा गर्न सकोस् भन्ने उद्देश्यले आज प्रथमचोटि चिल्ड्रेन्स डे मा विद्यार्थीहरूलाई जोय राइड गराएको स्टेशन म्यानेजर सुमन प्रधानले बताए। डीएचआरले हरेक साल नै चिल्ड्रेन्स डे-पालन गर्दै आइरहेको भए तापनि आजको दिन प्रथमचोटि विद्यार्थीहरूलाई रेल यात्रा गराएको हो। डीएचआर निर्देशन रिसप चौधरीले गाउँ-घरका नानीहरूलाई निःशुल्क रेल यात्रा गर्ने सुविधा दिइरहेको बताउँदै उनले भने, गाउँ-घरका नानीहरूलाई पनि हामी रेल यात्रा गराउन चाहन्छौं। निःशुल्क जोय राइड गर्नको निम्ति डीएचआर निर्देशकलाई चिट्ठी लेख्नुपर्छ। यसरी नानीहरूलाई रेल यात्रा गराउन पाउँदा हामीलाई खुशी लागिरहेको छ। आज रेल चढ्ने नानीहरू कहिले पनि रेल चढ़ेका थिएनन्। आउने २९ अनि ३० नोभेम्बरको दिन घूम रेलवे स्टेशनमा विन्टर फेस्टीबल हुने र यसको समापन आगामी ७दिसम्बरको दिन चौरास्तामा हुने प्रधानले जानकारी दिए।


Share this news
आजको रोजाइ
‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

आजको रोजाइ