चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

Share this news

दार्जीलिङ, 15 नोभेम्बर (निसं): आज चिल्ड्रेन्स डे को अवसरमा पोखेबुङ सेन्ट मार्गेट एकाडेमी स्कूलका कक्षा १ देखि नवीं श्रेणीका विद्यार्थीहरू दार्जीलिङको सानो रेल चढ़ेर बेस्सरी रमाए। विद्यार्थीहरू सितै स्कूलका शिक्षिकाहरूले पनि आज दार्जीलिङको रेलमा चढेर चिन्ड्रेन्स डे-मनाए। अरू बेला आँखाले मात्र देख्ने रेलमा आज आफूहरू चढेर यात्रा गर्नु पाउँदाको मज्जा र अनुभव नानीहरूको निम्ति छुट्टै थियो। आज चिल्ड्रेन्स डे को उपलक्ष्यमा
दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) द्वारा लाई निःशुल्क रूपमा दार्जीलिङ रेलवे स्टेशनदेखि घूम रेलवे स्टेशनसम्म निःशुल्क जोय राइड गराएको हो। आज डीएचआरले विद्यार्थी नानीहरूसित चिनड्रेन्स डे मनायो। नानीहरूलाई रेलमा चढ़ाउन अघि स्टेशन म्यानेजर सुमन प्रधानले नानीहरूलाई मिठाई अनि डीएचआरको लोगो भएको स-सासो झण्डाहरू वितरण गरे। डीएचआरले आज रेल यात्रा दुइचरणमा गराएको थियो। पहिलो चरणको रेल यात्रा बिहान ९:२० बजी गराइयो भने अर्को यात्रा ११:२० बजी गराइयो। विशेषगरी स्थानीय विद्यार्थीहरूले पनि दार्जीलिङको टोय ट्रेनबारे बुझोस् अनि रेल यात्रा गर्न सकोस् भन्ने उद्देश्यले आज प्रथमचोटि चिल्ड्रेन्स डे मा विद्यार्थीहरूलाई जोय राइड गराएको स्टेशन म्यानेजर सुमन प्रधानले बताए। डीएचआरले हरेक साल नै चिल्ड्रेन्स डे-पालन गर्दै आइरहेको भए तापनि आजको दिन प्रथमचोटि विद्यार्थीहरूलाई रेल यात्रा गराएको हो। डीएचआर निर्देशन रिसप चौधरीले गाउँ-घरका नानीहरूलाई निःशुल्क रेल यात्रा गर्ने सुविधा दिइरहेको बताउँदै उनले भने, गाउँ-घरका नानीहरूलाई पनि हामी रेल यात्रा गराउन चाहन्छौं। निःशुल्क जोय राइड गर्नको निम्ति डीएचआर निर्देशकलाई चिट्ठी लेख्नुपर्छ। यसरी नानीहरूलाई रेल यात्रा गराउन पाउँदा हामीलाई खुशी लागिरहेको छ। आज रेल चढ्ने नानीहरू कहिले पनि रेल चढ़ेका थिएनन्। आउने २९ अनि ३० नोभेम्बरको दिन घूम रेलवे स्टेशनमा विन्टर फेस्टीबल हुने र यसको समापन आगामी ७दिसम्बरको दिन चौरास्तामा हुने प्रधानले जानकारी दिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ