पेशोक, 11 नोभेम्बर(निसं):गर्लाङ स्वर्ण गोल्ड कपको फाईनल खेल आइतबार गर्लाङ स्टेडियम-मा रंगार्ंग कार्यक्रमको साथमा समापन भयो। खचाखच खेलप्रेमी दर्शकहरुले भरिएको गर्लाङ स्टेडियम-मा इण्डिपेन्डेन्स ब्रदर्स स्पोर्टिङ क्लब (आईबीएससी)-को आयोजनामा गत पाँच अक्टोबरदेखि शुरु भएको गर्लाङ गोल्ड कप-को चुडान्त खेल आइतबार गर्लाङ स्टेडियम-मा विविध रंगार्ंग कार्यक्रमको साथ सम्पन्न भयो। जीटीए प्रमुख कार्यपाल अनित थापाको मुख्य अतिथ्यमा सम्पन्न उक्त चुडान्त खेल युकेएफसी खरसाङ अनि जर्जियन एफसी कालेबुङ माझ घमासान भएको खेलमा दुबै दलले निक्कै कसरत गर्दै आफ्नो खेल प्रदर्शन गरे भने मध्यान्तर अघि दुवै दलले एक एक गोल गरेर बराबरी बने भने मध्यान्तर पछि पनि एक एक गोल गरेर पुनः बराबरीमा आए पछि पेनल्टी शुटआउट्मा युकेअएफसी, खरसाङ गर्लाङ गोल्ड्कप 2025 को विजेता बन्यो। मुख्य अतिथि जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिन्सट्रेसन) प्रमुख कार्यपाल अनित थापा , जीटीएका मुख्य सल्लाहकार अमर लामा अनि विशिष्ट अतिथिवर्गको हातबाट विजेता दललाई नगद राशी चार लाख, गोल्ड कप, अनि उप-विजेता दललाई नगद राशी दुईलाख ,स्वर्णकप एवं पारितोषिक प्रदान गरियो। हजारौको संख्यामा खेलप्रेमीले भरिएको गर्लाङ स्टेडियम-को खेलले मानिसहरुमा निक्कै उत्साह जगाएको थियो । गर्लाङ गोल्ड कपको विजेता बने पछि युकेअएफसी खरसाङका दल कप्तानले खुशी व्यक्त गरे ।












