National President of Vanvasi Kalyan Ashram
National President of Vanvasi Kalyan Ashram

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

Share this news

अखिल भारतीय वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सत्येन्दर सिंह प्रवासको क्रममा दार्जिलिङ जिल्ला अन्तर्गत सिटोङ आईपुगेका थिए। तिनी उत्तर बङ्गाल भ्रमण गर्दै कालेबुङ जिल्लाको प्रवास भेटघाट सकेर सिटोङ आइपुगे। यसै अवसरमा एक सवागत तथा कार्यकत्ता भेटघाट कार्यक्रम सिटोङ -१ स्थित श्रीश्रीश्री मृत्युञ्जय शिव मन्दिर परिसरमा आयोजना गरिएको थियो जहाँ राष्ट्रिय अध्यक्षलाई भव्य स्वागत गरेका थिए। सर्वप्रथम तिनी मन्दिर टोलमा निर्मित राई समुदायको माङ्खिमको पनि दर्शन गर्दै राई संस्कृतिबारे केह जानकारी लिएका थिए। उक्त कार्यक्रम वनवासी कल्याण आश्रमका जिल्ला अध्यक्ष उदय लामाको अध्यक्षतामा सम्पन्न भएको थियोे। सम्बोधनको क्रममा तिनले भारतको संस्कृति वन संस्कृति हो वन संस्कृति नै अरण्य संस्कृति हो अरण्य संस्कृति जनजाति संस्कृति हो अनि जनजाति संस्कृति शिव को संस्कृति अनि यही हिन्दु सनातनको संस्कृति रहेको बताए। जनजाति समाजको उद्भव स्थलनै वन हो प्रकृति हाम्रो आमा हो पर्यावरण हाम्रो जिँउने आधार हो भन्दै यी सबै कुराको संरक्षण गर्नुपर्ने बताए। साथै राष्ट्रिय अध्यक्ष सिंहले वनवासी समुदायको निम्ति संगठनले स्थापनाकालदेखि तिनीहरुको जीविका उपार्जन शिक्षा स्वास्थ आदि हरेक विषयहरु समेटेर उत्थान र सुरक्षाको निम्ति कार्य गरदै आएको बताए। यसैक्रममा आत्मीय स्वागतको निम्ति दार्जिलिङ शाखा्रति आभार जताएका थिए। कार्यक्रममा श्रद्धा जागरण समितिद्वारा भजनकीर्तन साथै शिशु शिक्षा केन्द्रका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा अखिल भारतीय खेलकुद प्रमुख फुलछिरिङ्रग लेप्चा, उत्तरबगांल संगठन मन्त्री खगेन्द्र सोरेन सह संगठन मन्त्री शरद चौहान, राई जाति प्रमुख सोमबहादुर राई लगायत दार्जिलिङ जिल्ला प्रान्त पदाधिकारी वर्ग ब्लक समिति पदाधिकारीवर्ग एंव कार्यकर्ताहरुको सहभागिता रहेको थियोे। सोमबहादुर राइले राई भाषामा स्वागत मन्तव्य राखेको कार्यक्रमलाई मधुकर मल्लले सचांलन गरेका थिए।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ