National President of Vanvasi Kalyan Ashram

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

Share this news

अखिल भारतीय वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सत्येन्दर सिंह प्रवासको क्रममा दार्जिलिङ जिल्ला अन्तर्गत सिटोङ आईपुगेका थिए। तिनी उत्तर बङ्गाल भ्रमण गर्दै कालेबुङ जिल्लाको प्रवास भेटघाट सकेर सिटोङ आइपुगे। यसै अवसरमा एक सवागत तथा कार्यकत्ता भेटघाट कार्यक्रम सिटोङ -१ स्थित श्रीश्रीश्री मृत्युञ्जय शिव मन्दिर परिसरमा आयोजना गरिएको थियो जहाँ राष्ट्रिय अध्यक्षलाई भव्य स्वागत गरेका थिए। सर्वप्रथम तिनी मन्दिर टोलमा निर्मित राई समुदायको माङ्खिमको पनि दर्शन गर्दै राई संस्कृतिबारे केह जानकारी लिएका थिए। उक्त कार्यक्रम वनवासी कल्याण आश्रमका जिल्ला अध्यक्ष उदय लामाको अध्यक्षतामा सम्पन्न भएको थियोे। सम्बोधनको क्रममा तिनले भारतको संस्कृति वन संस्कृति हो वन संस्कृति नै अरण्य संस्कृति हो अरण्य संस्कृति जनजाति संस्कृति हो अनि जनजाति संस्कृति शिव को संस्कृति अनि यही हिन्दु सनातनको संस्कृति रहेको बताए। जनजाति समाजको उद्भव स्थलनै वन हो प्रकृति हाम्रो आमा हो पर्यावरण हाम्रो जिँउने आधार हो भन्दै यी सबै कुराको संरक्षण गर्नुपर्ने बताए। साथै राष्ट्रिय अध्यक्ष सिंहले वनवासी समुदायको निम्ति संगठनले स्थापनाकालदेखि तिनीहरुको जीविका उपार्जन शिक्षा स्वास्थ आदि हरेक विषयहरु समेटेर उत्थान र सुरक्षाको निम्ति कार्य गरदै आएको बताए। यसैक्रममा आत्मीय स्वागतको निम्ति दार्जिलिङ शाखा्रति आभार जताएका थिए। कार्यक्रममा श्रद्धा जागरण समितिद्वारा भजनकीर्तन साथै शिशु शिक्षा केन्द्रका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा अखिल भारतीय खेलकुद प्रमुख फुलछिरिङ्रग लेप्चा, उत्तरबगांल संगठन मन्त्री खगेन्द्र सोरेन सह संगठन मन्त्री शरद चौहान, राई जाति प्रमुख सोमबहादुर राई लगायत दार्जिलिङ जिल्ला प्रान्त पदाधिकारी वर्ग ब्लक समिति पदाधिकारीवर्ग एंव कार्यकर्ताहरुको सहभागिता रहेको थियोे। सोमबहादुर राइले राई भाषामा स्वागत मन्तव्य राखेको कार्यक्रमलाई मधुकर मल्लले सचांलन गरेका थिए।


Share this news
आजको रोजाइ
वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

आजको रोजाइ