Baganlar Mati, Baganlar Jal

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले, पश्चिम बंगाल, सरकारद्वारा राज्यका सबै निम्न उच्च विद्यालयदेखि उच्चत्तर तहसम्मका विद्यालयहरूमा राज्यको गीत ‘बागंलार माटी, बागंलार जल’ गीत बिहानको प्रार्थना सभाको समय गाइनुपर्ने राज्य सरकारको अध्यादेश जारी गरिएको भए तापनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अलग एवं स्वायत्त व्यवस्था रहेको कारणले उक्त अध्यादेश जीटीएक्षेत्रका विद्यालयहरूमा लागु नहुने सबैलाई अवगत गराएका छन्। उक्त अध्यादेशको सन्दर्भमा दार्जीलिङ पहाड़मा पनि विभिन्न प्रकारको चर्चा-परिचर्चाहरू चलिरहेको छ। दार्जीलिङ पहाड़को आफ्नै छुट्टै विशेषता छ। यहाँ विविध भाषा- संस्कृति र परम्पराहरू रहिआएको छ भने दार्जीलिङवासीले हरेक धर्म परम्परालाई सम्मानजनक दृष्टिकोणले हेरिने गरिएको छ। यसरी विविधतामाझ अनेकताको एउटा ज्वलन्त उदाहरणको रूपमा दार्जीलिङ पहाड़ले आफ्नो अस्तित्व कायम राखिरहेको भए तापनि यहाँको राजनैतिक, भौगौलिक तथा पारम्पारिक व्यवस्थामा भने सैयौं वर्षदेखि केही पृथकता छ। दार्जीलिङ पहाड़को आफ्नै सांस्कृतिक पहिचान र परम्परा रहिआएको छ र मानिसहरूको भावना यसैसित जड़ित छ। यसैले दार्जीलिङ पहाड़को सांस्कृतिक परम्परालाई सम्मान गर्दै राज्य सरकारको उक्त गीत पहाड़का विद्यालयहरूमा लागु नहुने थापाले सबैलाई अवगत गराएका छन्। दार्जीलिङ पहाड़का सबै विद्यालयहरूमा राष्ट्रगीतभन्दा अघि आफ्नै विद्यालय गीत, प्रार्थना गीतहरू गाइने प्रचलन छ र सोही प्रचलनलाई सम्मान अनि मान्यता दिँदै दार्जीलिङ पहाड़का विद्यालयहरूमा आजसम्म जे परम्परा रहिआएको छ सोही परम्परा नै यथावत् रहने उनले बताएका छन्।


Share this news
आजको रोजाइ
एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम