काङ्लातुम्बीपछि इम्फाल गोर्खाल्याण्ड एक्टिभिष्ट समूह पुगेको थियो। जहाँ स्थानीय सचेत समूहसँग फलदायी अन्तर्क्रिया भएको थियो। यसक्रममा मणिबहादुर मिश्र, अर्जुन जोगी, शिव बस्नेत अनि अन्य सचेत गोर्खाहरुको उपस्थितिमा गोर्खाल्याण्ड गठनको उपायहरूमाथि निक्कै गहन अनि गम्भीर चर्चा गरिएको संयोजक किशोर प्रधानले जनाए। संयोजक प्रधानसँगै समूहका सह- संयोजक बिक्रम छेत्री अनि अभियन्ता जोकमान थापाको टोली उत्तर पूर्वी राज्यको भ्रमणमा रहेको छ। उक्त अवसरमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहसँग कोहिमामा भएको अन्तरक्रिया कार्यक्रममा चाँदमारी गोर्खा युनियनका सचिव समीर थापाले आफ्नो विचार राखेका थिए।

